सभागृहमा–गिताको पुनरुत्थान्

राजनीति समाचार

काठमाडौं । पार्टी एकताको वर्षदिन नबित्दै आफू राजेन्द्र लिङदेनसँग प्रतिस्पर्धा गर्दा अध्यक्ष पदमा पराजित भएपछि पार्टी विभाजन गरी राप्रपा नेपाल ब्युताएका कमल थापा चार वर्षपछि भागवत गीताको पुनरउत्थान गर्दै राप्रपासँग पार्टी मिलाउन पुगेका छन् । मुसा उपनाम पाएका कमल थापाले गीता देखाएर पार्टी नफुटाउने भनेका थिए । पार्टीका संस्थापक पूर्व प्रधानमन्त्री लोकन्द्र बहादुर चन्दको मन्त्रीमण्डलमा बसेर उनकै विरुद्धमा राप्रपाकै सूर्यबहादुर थापाले चलाएको अन्तर्घाती डिजाइनमा सरिक हुँदा मुसा उपनाम पाएका हुन् ।

पूर्वपञ्चहरु सत्ताका खेलाडी हुन् । कुनै बेला चन्दलाई महान राष्ट्रवादी बनाएर नेकपा एमालेले प्रधानमन्त्री बनाउँदा कांग्रेसले उदारवादी पञ्च महान् प्रजातन्त्रवादी भनेर उनै सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाउँदा कमल थापा चन्दकोविरुद्ध आएको अविश्वासको पक्षमा खडा भएका थिए । गीताको ब्रमस्वले ध्वस्त भएपछि सूर्य चिन्हको राप्रपा बन्न लजाएनन् ।
थापाले राप्रपा नेपालको चुनाव चिन्ह गाई छाडेर ०७९ को निर्वाचनमा मकवानपुरबाट एमालेको सूर्य चिन्ह लिएर प्रतिस्पर्धा गर्दा राप्रपाकै दीपक सिंहसँग पराजित भएका थिए ।

शाही कालमा गृहमन्त्री थापाले राष्ट्र बैंकको ढुकुटी लुट्ने प्रयास गरेको आरोप पनि सहेकै हुन् । संविधान जारी गर्दा राजाकाबारेमा पार्टीको धारणा राख्न नसक्दा त्यतिबेला पूर्वराजा ज्ञानेन्द्र शाहबाट उनी गलहत्याएका थिए । राजा र हिन्दूत्वको नाममा ज्ञानेन्द्रको खर्चमा मेची–काली रथ यात्रा गरेका कमल थापालाई आज राप्रपासँग पार्टी मिलाउनुपर्ने वाध्यता आउनुको कारण धरातल समाप्त हुनु हो ।

कुनै बेला राप्रपा, राप्रपा नेपाल एकता अभियानको बीचमा पार्टी एकता घोषणा गर्दा पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले गीता छोएर पार्टी विभाजन नगर्ने कसम खाएका थिए । राष्ट्रिय सभागृहमा घोषणा गर्दा कार्यकर्ताको भीड निकै थियो । काठमाडौंका भुवन पाठक, विक्रम पाण्डेजस्ता नेताहरुले कमल थापाको स्वार्थगत भावनालाई महत्व नदिई पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलाई सघाएका थिए ।

पञ्चायतले लगानी गरेर हुर्काएका कमल थापा, दिपक बोहराजस्ता युवाहरुबाट पञ्चायती व्यवस्थाको स्थायित्व हुन्छ भन्ने विश्वास स्व. सूर्यबहादुर थापाले गरेनन् भने लोकन्द्र बहादुर चन्दले गर्ने स्थिति थिएन । राप्रपामा शक्ति प्रयोग आफ्नो स्वार्थमा गर्ने कमल थापालाई आज राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले लिनुपर्ने वाध्यता आउनुको कारण जनतामा हिन्दूत्व र राजाका बारेमा सन्देश लैजान नै हो । राजेन्द्र आफै पनि महामन्त्रीहरु धवल शमशेर राणा, कुन्ती शाही, भुवन पाठक, विक्रम पाण्डेजस्ता नेताहरुबाट घेरिँदै गएका छन् । उनीहरुलाई ओठे जवाफ दिन पनि हिजो उसकै नेतृत्वमा पार्टी महामन्त्री हुँदा उनकै विरुद्ध गुटबन्दी गरेर थान्को लगाएपछि राप्रपाबाट राप्रपा नेपाल जन्मेको अध्यक्ष लिङदेनले स्वीकारेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *