चाकडीवाज हावी हुँदा रवि र बालेनको उदय

राजनीति समाचार

रामचन्द्र बस्नेत
आगामी फागुन २१ मा हुने निर्वाचनको लागि निर्वाचन आयोगले गत आइतवारबाट आचासंहिता लागु गरेको छ । सो आचारसंहिता लागु भइसकेपछि कर्मचारी सरुवा, बढुवा, नियुक्ति गर्न पाइँदैन । त्यसैगरी चुनावी मैदानमा उत्रिएकाउम्मेदवारलाई लक्षित गरेर व्यक्तिगत बढाइचाढई गरी सन्चारमाध्यमहरुले समाचार सम्प्रेषण गर्न पाउँदैनन् । सामाजिक सञ्जाल, भित्तेलेखन, पोस्टरपम्लेट तथा नारा जुलुस गर्दा निर्वाचन आयोगको आचारसंहिता उल्लंघन हुने गतिविधि गर्न पाइँदैन ।

तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछाने र बालेन्द्र शाह (बलेन)हरुले सामाजिक सञ्जालको दुरुपयोग गरी निर्वाचन आचारसंहिता उल्लंघन हुने गरी स्वदेशदेखि विदेशसम्म प्रचार–प्रसार गरिरहेका छन् । उनीहरुले ‘रुटिन अफ नेपाल’ नामक सामाजिक सञ्जाल फेसबुक पेज प्रयोगकर्ता भिक्टर पौडेललाई प्रयोग गरेर निर्वाचन आचार संहिता उल्लंघन गरिरहेका छन् । बालेन शाहले आफू काठमाडौंको मेयर निर्वाचित हुनुभन्दा २÷३ वर्ष अगाडिदेखि रुटिन अफ नेपाल फेसबुक पेज प्रयोगकर्ता भिक्टर पौडेललाई प्रचार–प्रसार गर्न लगाएका थिए । त्यसकै प्रभावमा बालेनले २०७९ सालको स्थानीय निर्वाचनमा काठमाडौंको मेयर निर्वाचित हुन सफल भएका थिए ।

उनी मेयरमा निर्वाचित भएपछि काठमाडौं महानगरपालिकाको गतिविधि उनै भिक्टर पौडेलको रुटिन अफ नेपाल नामक फेसबुक फेजमार्फत प्रचार–प्रसार गर्दै आएका थिए । उनै बालेन अहिले काठमाडौंको मेयरबाट राजीनामा दिएर रास्वपामा प्रवेश गरी प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका बनेका छन् । बालेन र रास्वपाका सभापति रवि लामिछानेले त्यहीँ ‘रुटिन अफ नेपाल’ नामक फेसबुक पेजसँगै विभिन्न युटुब च्यानलहरु प्रयोग गरी निर्वाचन आचासंहिता उल्लंघन हुने चुनावी प्रसार–प्रसार गरिरहेका छन् । सर्वसाधारण जनाता पनि त्यही सामाजिक सञ्जालमा रमाएर धारणा बनाइरहेका छन् । तर, रवि र बालेनसँग न कुनै राजनीतिक एजेन्डा छ न त कुनै सिद्धान्त नै छ । जनता भने सामाजिक सञ्जालको प्रभावमा परेर उनीहरुकै पछि लागिरहेका छन् ।

उता, सिद्धान्त, निष्ठा, भिजन र एजेन्डा भएका दलहरु भने कतिपय पार्टीगत आन्तरिक झगडामा रुमलिएका छन् भने कतिपय टिकट वितरणमा असन्तुष्टि जनाउँदै पार्टीभित्र भाँडभैलो मच्चाइरहेका छन् । त्यो असन्तुष्टि र भाँडभैलोबीच चुनावी मैदानमा उत्रिएका दलहरुले स्पष्ट चुनावी एजेन्डा र नयाँ भिजन पनि ल्याउन सकेका छैनन् । दलनिकट पत्रकारहरुले पनि त्यस्ता विषयमा कुनै चासो देखाएका छैनन् । दल निकट पत्रकारका संघ, संगठनका नेताहरु जो पार्टीको दानापानी खाने छन् उनीहरु अधिकांश कुनै मिडियामा आबद्ध नभएको पाइन्छ ।

कतिपय सरकारी मिडियामा जागिरे छन् । सरकारी मिडियामा जागिर खाने पत्रकारहरुले आफूनिकट राजनीतिक दलको फेबरमा प्रचार गर्न सक्दैनन् । तर, दलहरुबाट आफूनिकट पत्रकारले पाउने सुविधा भने तीनै सरकारी कर्मचारी पत्रकारले पाइरहेका हुन्छ । आफूलाई पत्रकार दावी गर्ने अधिकांश त्यस्ता व्यक्तिहरु बिहानदेखि साँझसम्म कोही जयनेपाल, कोही लालसला त कोही हजुरजस्तो लोकप्रिय नेता कोही छैन भन्दै आ–आफ्ना पार्टीका आफू निकट नेताहरुमाझ भ्रम फैलाउने काम गर्दछन् । नेताहरुले पनि त्यस्तै व्यक्तिका कुरामा विश्वास गरेर मख्ख पर्ने गरेका छन् । त्यस्ता पत्रकारहरु न पार्टी र नेताको बारेमा कुनै राम्रो लेख, चरना लेख्छन् न सामाजिक सञ्जाल र टेक्नोलोजीमा अवेस्त नै छन् । न त पार्टी, उम्मेदवार र देशको बारेमा वास्तविकता समाचार सम्प्रेषण गर्न प्रेरित नै गर्दछन् । त्यसले गर्दा दलका नेता र जनप्रतिनिधिहरुले गरेको राम्रो कामको प्रचार–प्रसार नभएर जनसाधरणमा नकारात्मक प्रचारवाजी भइरहेको छ ।

उता, स्वरोजगारमुलक र पार्टीको मिसन पत्रकारिता गर्ने श्रमजीवी पत्रकारहरु भने आर्थिक, भौतिक र राजनीतिक रुपमा पछिपरिरहेका छन् । तर, चुवका बेला तीनै मिसन पत्रकारिता गर्ने पत्रकार र मिडियाले दलहरुको पक्षमा समाचार संप्रेषण गर्ने गरेका छन् । दलहरुको फेबरमा समाचार सम्प्रेषण गर्ने मिसान पत्रकारहरु सधैं दलबाट पीडित भइरहेका छन् । दलहरुले पार्टीको मिसन पत्रकारिता गर्ने पत्रकारलाई बेवास्ता गर्दा जनताबीच दलका नेताहरु बद्नाम भइरहेका छन् । त्यसले गर्दा दलनिकट संघ, संगठनमा स्वरोजगारमूलक समिसन पत्रकारहरुको नेतृत्व हुन आश्वक देखिन्छ । राजनीति दलका नेताहरुले त्यस्ता विषयमा ध्यान नदिँदा राम्रो काम गर्नेहरु जनतामाझ नराम्रो देखिन पुगेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *