ananta gurung

नेपाली जनताले नयाँ प्रमं खोजीरहेकाछन

राजनीति लेख

अनन्त गुरुङ

पटक पटक ओली, देउवा र प्रचण्ड मात्रै नेपालको प्रधानमंत्री भएको दृश्यहरु हेर्दा हेर्दा नेपाली जनता निरास भएकाछन । उहाँहरुको अनुहार टिभीमा देख्ने बित्तिकै नेपाली जनतालाई दिगदारीमहसुस हुन थालेकोछ । पहिलो पटक दलहरु सत्तामा आउँदा नेपाली जनताको मनमा जुन उत्साह जागेको थियो त्यो सबै अब घोर निरासामा रुपान्तरित भईसकेको छ । दलहरुको शासन कालमा जुन बिकास र परिवर्तन नेपाली जनताले खोजेका थिए त्यो अब आकासको फल आँखा तरी मर भनेको जस्तो बनीसक्यो । दलहरुले बिकासको लक्ष समृद्ध नेपाल र सुखी नेपाली जनता भने पनि व्यवहारमा आफैलाई समृद्ध र आफन्तलाई सुखी बनाउने काम मात्रै गर्दै आएकाछन । यस्ता स्थापित पुराना दलका शीर्ष नेताहरुको चालामाला देखीसके पछि आम नेपाली जनता चिढिएर राजनीतिक विकल्पको खोजीमा लागेकाछन । त्यहि राजनीतिक विकल्पको रुपमा अहिले राबि र बालेन जस्ता युवा नेताहरुले नेतृत्व गरिएको राष्ट्रिय स्वतंत्र पार्टीको उदय भएको हो ।

राबि र बालेन नेपाल राष्ट्र रे नेपाली जनताको लागि राजनीतिक नेतृत्वको विकल्प मात्रै नदिने भएर नेपाल राष्ट्रको अवस्थालाई नै परिवर्तन गर्ने हिम्मत आँट जुटाईरहेकाछन । पुराना दलका शीर्ष नेताहरुले उहाँ रबिलाई अनेकौ झुटा मुद्दाहरु लगाएर निष्तेज पार्न खोजे पनि नेपालीजनताको साथ रबिको पक्षमा भएको हुँदा सफल हुन सकीरहेका छैनन् । जति जति चुनावको मिति नगिजिदै गईरहेको छ उति उति नेपाली जनताको ठुलो हिस्सा रबि र बालेनको पक्षमा बन्दै गएकाछन । यो कुरा पुराना दलका शीर्ष नेताहरुले पनि रबि र बालेनको सभाहरुमा नेपाली जनताको भौतिक भिडलाई देखीसके पछि मनैमन महसुस गर्न थालेकाछन । यस भन्दा अघि उहाँहरुले रबि र बालेनको सभाहरुमा देखीएको नेपाली जनताको भिडलाई एआईको करामत भएको बताईरहेका थिए । जसरी पुराना दलका शीर्ष नेताहरुको घरमा जलेका देशी बिदेशी नोटहरुको चाङ देखाईयो उसरी नै रबि र बालेनको सभाहरुमा उर्लिएको भिड पनि देखाईएको हो भन्ने तर्क पुराना दलका शीर्ष नेताहरु र अन्य नेताहरुले दिईरहेका थिए ।

चुनाव हार्ने डरले एमाले शीर्ष नेता निवर्तमान प्रधानमंत्री ओली झापा ५ मा जरा गाडेर बसेकाछन भने उता नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेता संयोजक प्रचण्ड रुकुम पूर्वमा जरा गाडेर बसेकाछन । बाँदर झै भिरहरु, ओरालो, उकालो र बनजंगलमा प्रचण्ड असिना पासिना गरी हिडेको भिडियो छाँया चित्रहरुले सामाजिक सञ्जाल छ्यापछ्याप्ती भएकाछन । उहाँहरुको नेतृत्वमा चुनाव लडेका दलहरुको अन्य चुनाव क्षेत्रहरुमा चुनाव प्रचार प्रसारको लागि उहाँ द्वय शीर्ष नेताहरु जानै पाएका छैनन् । यो मामलामा रबि र बालेनले चुनावको सन्दर्भमा अपनाएको रणनीति एकदमै सफल भएको मान्न जोसुकैलाई पनि करै लाग्छ । उहाँ दुई चुनावको स्टार प्रचारकहरुलाई उनीहरुकै चुनाव क्षेत्रमा अल्झाएर राख्ने रबि र बालेनको सामरिक नीति अत्येधिक सफल भएकोछ । अन्टसन्ट बोल्दै हिड्ने एमाले शीर्ष नेता निवर्तमान प्रधानमंत्री ओलीले चुनाव हार्ने प्राय निश्चित नै भईसकेको छ । झापाली जमिन्दारहरु कै टाउको काटेर नेता भएका उहाँलाई झापालीले नै बिगत ३६ बर्ष देखि भोट हालेर आफ्नो नेता बनाएकोमा अब भने ब्रेकफेल हुनै लागेकोछ । हामीले गरेको बिकासमा टेकेर हामीलाई नै चुनावमा चुनौती दिनेहरुलाई धुलो चटाउने दाबी एमाले दलका शीर्ष नेता निवर्तमान प्रधानमंत्रीले गर्नु भएकोछ ।

यसो भन्दै उहाँले एमालेले गरेको बिकासको रुपमा नेपाली रुपिया ४ सय करोड लगानी गरी बनेको दमक व्यापारिक भ्युटावर परियोजना, १६ सय करोडको लागनीमाबनाउँदा बनाउँदै १ करोड खर्च गरी अलपत्र छाडिएको बुद्ध भगवानको मूर्ती दमक चोकमा स्थापना गर्ने परियोजना, अफिस मात्रै खोलेको रेल परियोजना, जग्गा मात्रै ओगटेर छाडिएको झापा अद्योगिक पार्क परियोजना आदिलाई औंल्याएका छन । पहिलेको चुनावहरुमा नक्कली लालपुर्जाहरु सुकुम्बासीहरुलाई बाँडेर चक्मा दिंदै आएको शीर्ष नेता ओली यस पटक भने नराम्रो सित फँसेकाछन किनकि रास्वपाका उम्मेद्वार बालेनले त्यो सबै नक्कली लालपूर्जाहरु भएको कुरा सुकुम्बासीहरुलाई प्रमाणित गरी देखाईसकेका छन । एमालेहरुलाई फटाईगिरी गर्न र गराउनमा अन्य कुनै दलहरुले पनि चुनौती दिन सक्दैन । यो बिषयमा उहाँहरुलाई महारथ हाँसिल भएको हुँदा अन्य दलका नेतृत्वले बराबारी कदापि गर्न सक्दैन । झापाले अहिले टाउको काट्ने युगबाट धेरै अगाडि बढीसकेको भएपनि आफ्नो बितेको वा गुज्रेको इतिहासलाई फर्केर हेर्नु र याद गर्नु पर्ने हुन्छ । पटक पटक अपराधीहरु कै चंगुलमा झापा फँसी राख्नु हुँदैन ।

अपराधीहरुलाई साथ दिनु वा भोट दिनु भनेको आफ्नै अकाल टाउको काटी मारिएका पिता पुर्खाहरुलाई अपमान गर्नु जस्तो हो । अमर सहिद पुर्खाहरुको रगतले सिञ्चित झापाको भूमिलाई अब फेरि पनि अपराधीहरुको रणभूमि वा नौटंकी गर्ने भूमि बन्न दिनु हुँदैन । सत्ययुगमा पनि कच्चक जस्तो अपराधी शासकको हातबाट भगवान भिमसेनले झापालाई मूक्त गराउनु भएको थियो । अहिलेको कलियुगमा पनि सर्वशक्तिमान ईश्वारले आफ्नो प्रतिनिधिको रुपमा बालेनलाई पठाउनु भएको हुँदा एमाले शीर्ष नेता निवर्तमान प्रधानमंत्रीको अहंकार निश्चित रुपमा तोडिने भएकोछ । कामनपाको मेयर भएको बेला बालेनलाई हेपेर पेलर कानुनले दिएको जिम्मेवारी समेत पुरा गर्न नदिने तत्कालिन ओली(देउवा सरकारको नेतृत्व गरी बसेको निवर्तमान प्रधानमंत्री ओलीले यो पटक भने झापाको पीडित जनतालाई झुक्याउन सकीरहेको छैन किनकि पीडित झापाली जनताको साथमा पीडित कामनपाको तत्कालिन मेयर बालेन नै छन । ू जैसाको तैसा मिला कैसा मजा आय ू भन्ने हिन्दी फिल्मी गीतको बोल अनुसार अहिले झापा ५माचलचित्र छयाँङ्कन भईराखेकोछ ।‍

ओली र बालेनमा को नायक र को खलनायक भन्ने कुराको निर्क्योल सर्बोच्च अदालतको पनि अदालत झापा ५ को जनताको अदालतले चाँडै गर्नेछन ।पुराना दलहरुको हातमा हामीले गरेका बिकास यो हो भनी देखाउन सकिने एउटा पनि पुरा भएका योजना छैन । ३६ बर्ष लामो पुरानो दलहरुको शासनकालमा पुरानो पूर्वाधार भत्काएर त्यसको पुनरनिर्माण गर्ने बाहेक मौलिक नयाँ बिकास योजनाहरु केहि बनेकाछैनन । उद्योग बिकासको जिम्मा पुराना दलहरुले नाफाखोर व्यापारीहरु र व्यवसायीहरुलाई लगाएकाछन । पुरानो सरकारी उद्योगहरु केहि बेचेर खाएकाछन भने केहि बन्दगरी राखेकाछन । यसरी भएका उद्योगहरुलाई बिनास गर्ने बाहेक उद्योग बिकासमा पुरानो दलहरुको कुनै योगदान छैन । कमिसन खानको लागि मात्रै पुराना दलहरुले सुरु गरेका ठुला परियोजनाहरु उनीहरुको लागि ननिल्नु र नवकेल्नु बनेकाछन । पुराना दलका शीर्ष नेताहरुले यो गरेका छौ त्यो गरेका छौ भनी आआफ्नो डम्फु आफैले बजाउँदै मतदाताहरुको घरघरमा गरेका कामहरुको सूचि समेत राखी चिठी पठाएकाछन जुन नेपाली जनताको अवश्यक परियोजनाहरुको सूचि भित्र परेका छैनन् ।

जहाँ सम्म नेपाली कम्युनिष्ट पार्टीको कुरा छ उक्त पार्टीको एजेण्डाहरु जेन जी र राष्ट्रिय प्रजातंत्र पार्टीको एजेण्डाहरु समान छन । यसबाट के बुझिन्छ भने नेपाली कम्युनिष्ट पार्टी पनि नेपाली जनताको भावना र चाहाना अनुसार बदलिन खोजीरहेकाछन जुन शुभसंकेत हो । पुराना दलहरुबाट एकपल्ट नेपाली जनता भ्रमित भएर ठगिएको हुँदा अब सजिलै पुराना दलहरु मद्धेबाटै निर्माण भएको नेपाली कम्युनिष्ट पार्टीलाई नेपाली जनताले पत्याउन सक्दैन । बिगतमा ३ पुराना दलहरुले आपसमा मिलोमतो गरी शासन सत्ता चलाएको हुँदा नेपाली जनताको लागि नेपाली कम्युनिष्ट पार्टीको अहिले प्रकाशित भएका राम्रा एजेण्डाहरु सजिलै हजम हुन सक्दैन ।

उक्त ठुला तिन दलहरु नेपालमा दर्ता भएको हिसाबले फरक दलहरु भएतापनि उनीहरुको आर्थिक नीति र बजेटको अभ्यास एकै प्रकारको भएको हुँदा फरक पार्टीहरु हुन भनी छुट्याउन नेपाली जनतालाई कठिन छ ।यस्तो परिस्थितिमा जेन जी पनि सामेल भएको राष्ट्रिय स्वतंत्र पार्टी नेपाली जनताको लागि आसाको किरण लिएर नेपाली धर्तीको क्षितजमा उदाएको हुनाले नेपाली जनताको मात्र होईन संसार कै ध्यान राष्ट्रिय स्वतंत्र पार्टीमा केन्द्रित भएकोछ । नेपाली कम्युनिष्ट पार्टी बिगतमा तीन दलको मतियार भएर बसेको हुँदा उसका राम्रा एजेण्डाहरु ओझेलमा परेकाछन । राजतंत्र र वैदिक सनतानी हिन्दूधर्मलाई फर्काउने एजेण्डा राष्ट्रिय प्रजातंत्र पार्टीको हो जुन नेपाली जनताको भावना र चाहान अनुसार नै छन । नेपालको राजनीतिक व्यवस्था र अवस्था बदल्ने एजेण्डा राष्ट्रिय स्वतंत्र पार्टीको हो र त्यो पनि नेपाली जनताको भावना र चाहाना अनुसार नै छन ।

यहि एजेण्डामा राष्ट्रिय स्वतंत्र पार्टी र नेपाली कम्युनिष्ट पार्टीका बिच सहमत हुन सक्दैन किनकि राजनीतिक व्यवस्था र मुलुकको अवस्था बदल्ने कुरामा नेपाली कम्युनिष्ट पार्टी सहमत हुन नसकेको मात्र होइन त्यसको आवश्यकता सम्म पनि मान्न तयार भएकोछैन ।तसर्थ अहिलेको अवस्थामा जसले जसरी व्यख्या गरेपनि बालेनको नेतृत्वलाई कुनै हालतमा पनि नकार्न सक्दैनन् । बालेन नेपालको राजनीतिको लागि अपरिहार्य पात्र बनेर उदाएकाछन । ओली, देउवा र प्रचण्डा जस्ता नेताहरुलाई नेपाली जनताले रद्दीको टोकरीमा फालीदिएकाछन । उहाँहरु स्वयमलाई यो कुरा हजम नभएपनि आजको वस्तविकता यहि नै हो । नेपालको राजनीतिलाई उहाँहरुले सहि दिशा दिएर चलायमान बानउनको साटो राजनीतिलाई व्यापार व्यवसाय पेशा बनाएको हुँदा नेपाली जनताको नजरमा उहाँहरु यति तल गिरी सकेकाछन कि अबको पुस्ताले उहाँहरुलाई चिन्ने त परैजावस देख्ने पनि छैनन् ।यसरी नेपाली जनताले खोजेको नयाँ प्रधानमंत्री ओली, देउवा वा प्रचण्ड नभएर बालेन नै हुन भन्ने कुरा ऐनामा हेरेको झै स्पष्ट बन्दै गएकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *