काठमाडौं । भौंतिक पूर्वाधार तथा यातायात जुनसुकै पार्टी र वादीको बने तापनि यातायात क्षेत्रलाई ध्यान दिन सकेका छैनन् । यातायात मन्त्री चौलागाईँले ठूला–ठूला सडक आयोजनामा नजर लगाउने तर सवारी दूर्घटनालाई ध्यान नदिने परिपाटी विगतदेखि चल्दै आएको छ । भौतिम मन्त्रालय, ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच समन्वयकारी भूमिका नहुँदा यातायात क्षेत्रलाई व्यवस्थित बनाउन सकेको छैन । यातायात व्यवसायीहरु क्षमताभन्दा बढी यात्रु राखेर कमाउने धन्दा चलाउँछन् भने ट्राफिक प्रहरी कमिसन लिनमै व्यस्त हुने गर्दछ । भौतिमक मन्त्रालय ठूला–ठूला आयोजनामा आँखा लगाउने गर्दछ । यी निकायहरुको समन्वयकारी भूमिका हुन सकेको छैन । त्यसले गर्दा नेपालमा सडक दूर्घटना दिनप्रतिदिन बढिरहेका छन् ।,
ट्राफिक प्रहरीले पनि बाटोको सम्बेदनशीलतालाई हेरेर टाइम कार्ड लागु गर्नेपर्ने थियो त्यो पनि गर्न सकेको छैन । सडक आसपासमा सिसी क्यामेरा जडान गर्नुपर्ने, सडक बत्तीको व्यवस्था गर्नृपर्ने, सवारी मर्मत वर्कसपको गुणस्तर सुनिश्चितता गर्नुपर्ने, उपत्यकाबाहिर जाने–आउने सवारी साधनको भेइकल, फिटनेस टेष्ट सेन्टर गरेर गाडी चलाउन ठिक छ कि छैन भनी चेकजाँच गर्नुपर्ने जस्ता काममा सरकार चुकेको छ ।
त्यसैगरी सवारी चालकको मापसे चेक गर्नुपर्ने, सडकको सम्वेदनशीलतालाई हेरेर स्पिड ब्रेकर राख्नुपर्ने, सवारी साधनको गति चेक गर्नुपर्ने, लामो दुरीमा दुई जना चालक राख्नुपर्ने जस्ता काममा पनि सरकार र ट्राफिक प्रहरी चुकेको छ । त्योसँगै सवारी साधनको क्षमता भन्दा बढी यात्रु र अन्य सामान ढुवानी गरेको, यात्रुसँग बढी भडा लिएको र यात्रुको सुरक्षालाई ध्यान नदिएको जस्तो विषयमा पनि सरकार र सम्बन्धित निकाय चुकेको छ । यातायात व्यवसायी, ट्राफिक प्रहरी, सडक विभाग र सवारी चालकको लापरबाही र कमिसनखोरका कारण सडक दूर्घटनामा सर्वसाधारणले अनाकहमा ज्यान गुमाउने परेको छ ।
उता, प्रतिनिधि सभाको निर्वाचन नजिकिएसँगै उम्मेदवारहरुले काठमाडौं र देशका विभिन्न भागमा पेशा व्यवसायमा रहेका मतदाताहरुलाई आफ्नो चुनावी क्षेत्रमा भित्र्याउनको लागि गाडी रिजर्भ गर्ने होडवाजी चलिरहेको छ । त्यसमा पनि क्षेमताभन्दा बढी यात्रु राखेर नेता, कार्यकर्ताले मतदातालाई लाने गर्दछन् । कतिपय अर्को रुटको गाडी रिजर्भरमा लाँदा र क्षमताभन्दा बढी यात्रु राख्दा दूर्घटना हुने सम्भावना त्यत्तिकै छ । अझ चुनावी चहपहलको कारण मदिरा सेवन गरेर होहल्ला गर्दै गाडीमा नाराजुलुस गर्दा सवारी दुर्घटना निम्तिन सक्छ । त्यसकारण सम्बन्धित निकायले यस्ता विषयमा ध्यान दिन जरुरी छ ।

