काठमाडौं । चुनावी महोल मौन अवधि सुरु नहुँदै ठूला दलको छायाँमा परेका साना दलहरुले आफ्नो साइज बुझ्न थालेका छन् । गोरखामा प्रलोपाका उम्मेदवारले कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दुवाडीको पक्ष लिनु र रुपन्देही २ मा राप्रपा थापाले कांग्रेसकै चुन्नप्रसाद शर्मालाई समर्थन गरेर कांग्रेसकै पक्षमा मत माग्नुले त्यो स्थिति देखाउँछ । नेकपा एमालेका रुपन्देही २ का उम्मेदवार विष्णु पौडेल, गोरखा २ मा मिलन गरुङ उम्मेदवार बनेका छन् । गुरुङ बलियो उम्मेदवार होइनन् । तर, रुपन्देही २ मा एमाले उपाध्यक्ष विष्णु पौडेललाई बलियो उम्मेदवार मानिन्छ । रास्वपाले गोरखा २ मा कविन्द्र बुर्लाकोटीलाई उठाएको छ भने रुपन्देही २ मा सुलव खरेल मैदानमा छन् ।
प्रलोपाका संरक्षक डा. बाबुराम भट्टराईले गोरखा २ मा नेकपाका लेखनाथ न्यौपानेलाई भन्दा कांग्रेसका प्रकाशचन्द्र दुवाडीलाई छनोट गर्नुले उनको बौद्धिकताले वामपन्थी कित्तातर्फ खेखाएको आक्रोश हो । भट्टराईकै बाग्लुङ २ का उम्म्ेदवार पदम कुँवरले उम्मेदवारी त्योगर कांग्रेसमा विलय भएको घोषणा गरेको साता नबिन्दै डा. भट्टराई कांग्रेसतर्फ मोडिनुले नेपालका कम्युनिस्टहरुमा देखिएको पतनमुशखी शैली हो ।

