भोला खतिवडा
नेपाल सरकारले वन डढेलो नियन्त्रणकालागि रणनीतितयार गरेको छ । सो रणनीतिअनुसार चैत्र महिनाको पहिलो साता डढेलो नियन्त्रणकालगिअभियान सञ्चालनगर्दछ । यस वर्ष पनि सवै जिल्लामाअभियानहरु सञ्चालन भए । चेतनामूलककाममावढि जोड दिइयो । आगोलागिनियन्त्रणकालागिप्रविधितथासिप हस्तान्तरण केन्द्रीतकामपनिभए । यस वर्ष भने अलि सुखद संयोग भयो । अभियानको साता नैं पानीप¥यो । जसको कारणले डढेलो खासै सामाना गर्नु परेन । वन डढेलो नियन्त्रणमामात्रै सम्वोधनको उपायहोइन । वनवढेको छ, डढेलो पनिवढेको छ । विगतकातुलनमावनमाआगो लगाउने कमभएकाछन् तर निभाउनजाने पनित्यो भन्दापनिकमभए । यो चिन्ताको विषयहो ।यसो हुनुमामानिस र वनको सम्वन्धप्रगाढहुन सकेन ।
बिषयप्रवेश
डढेलो लाग्नकोलागिआगोजन्यपदार्थ, अक्सीजन र बल्ने चिजआवश्यक पर्दछ । खडेरी वा सुख्खायाममावन जङ्गलमा धेर आगलागीहुने गर्दछ । आगलागी फैलन हावाहुरीले असाध्यै धेरै सहयोग गर्दछ । हाम्रोमा आगलागीहुने प्रायः सवै कारणमानवियत्रुटीहुन् भन्दाकुनै फरक पर्दैन । वनक्षेत्रमापनिआगलागीका कारण धेरै ठुलो विनास हुने गरेको छ । वनमालागेको डढेलोको कारण अरवौं क्षति भैरहेको छ । हरेकवर्ष केहीनागरिकको ज्यानजाने गर्दछ । वन डढेलोबाट कसैलाई पनिफाइदा छैन । त्यसैले डढेलो नियन्त्रणकोलागि कोशिस गर्नुको विकल्प छैन ।
वन र मानवजीवन
हामीकोमा वन डढेलो जानीजानीलगाउने नैं धेरै पाइन्छ । रमाइलो हेर्न, कस्तो हुँदो रहेछ जान्नअनी रिस पोख्न पनिवनमाआगो लगाउने गरेको पाइन्छ । त्यसै गरी धेरै आगलागीलापरवाहीपनले पनिहुने गरेको छ । कतिपयदुर्घटनाबस पनिलाग्ने गरेको पाइन्छ । डढेलो लाग्नै नदिनु प्रधानविषयहो तर लागिहालेमा निभाउनु अतिजरुरी छ । अहिले वनमाआगो लागेमा सुरक्षानिकाय, वनकार्यालयलाई फोन गर्ने तर स्थानीय समुदायको सहभागीताअसाध्यै कमहुने गरेको गुनासो सुन्न पाइन्छ । विगतमावन डढेलो नियन्त्रणगर्दा चासो लिने स्थानीयमानिसहरुले किन बेवास्ता गरिरहेका छन् । यसको कारणखोतल्न जरुरी छ ।
पछिल्लो अवधीमा सामुदायिकवनमाआगो लाग्ने क्रमवढेको छ । विगतमा पनि आगो लाग्ने गरेको थियो तर आगो निभाइन्थ्यो । पछिल्लाकेहीवर्ष यताआगो लाग्यो तर निभेन वानिभ्याइएन । सामुदायिकवनको अवधारणाविकास गर्दाका वर्षहरुमाअहिले भन्दा धेरै डढेलो लाग्ने गरेको थियो । त्यतीवेलामाअहिलेको जस्तो चेतना स्तर पनिथिएन । सामुदायिकवनको कारणले गाईवस्तु चराउननपाएको झोक फेर्न वनमाआगो लगाउँथे । त्यती बेलाआगो लगाएमाघाँस राम्रो आउँछभन्ने सोच पनिथियो । त्यसैले धेरै ठाउँमाआगो लाग्थ्यो तर सामुदायिकवनकाअभियन्ताउपभोक्ताहरु आगो लाग्नासाथ दौडेर ज्यानको पर्वाह नगरी आगो निभाउँथ्ये । सामुदायिकवनको अवधारणाविकास गर्दाको समयको तुलनामाअहिलेको चेतना स्तर फेरिएको छ । आगो लगाउने कामदण्डनियहो भन्ने धेरैलाई थाहा छ ।
वनमाआगो लगाएर कसैलाई फाइदा छैन भन्ने प्रायः सवैले वुझेका छन् । आगो लगाउने पहिला जस्तो धेरै छैनन् ।केहीसिमित अपराधिक सोच भएकाहरुले आगो लगाउँछन् । पहिला जस्तो एक जंगलमा चारै तिरवाटआगो लाग्दैन । अहिले एक ठाउँवाटआगो लागेको छ त्यो फैलिएर चारै तिर पुगेको हो । पहिलाआगो लाग्नासाथनिभाउनपुग्थ्ये तर अहिले निभाउनजाने कोहीभएन । पहिलावनविनाग्रामिणजनजीवनकल्पनागर्न पनि सकिन्नथ्यो । अहिले त्यो अवस्था छैन । सामुदायिकवनमाथिको निर्भरता फेरिएको छ । पहिलादाउरा घाँसको लागिवनचाहिन्थ्यो आगो लागेमा त्यो नष्टहुन्थ्यो । अहिले अधिकांश सामुदायिकवनवाटदाउरा घाँस ल्याउनछाडिएको छ । त्यो भन्दावढिवनवाटउपलव्धीलिन सकिएको छैन ।
सामुदायिकवनको अवधारणाले वन क्षेत्र वढ्यो, वनको हैसियतमा फरकपनआएकोछ । सामुदायिकवनबाटदाउरा घाँस केहीमासिमितकाठवाहेक केहीप्रत्यक्षलाभपाउन सकेनन् । अधिकांशउपभोक्तालाई दाउरा घाँस अवचाहिएन । त्यो भन्दावढिपाइएनको अवस्थाभएको छ । यहिअवस्थाको कारण सामुदायिकवनमालागेको आगो निभेन । अर्थात उपभोक्ताको जीवनसँग सामुदायिकवन जोडिएन । यस्तै अवस्था रहि रहेमा वनमालागेको आगो घट्दैन अझविस्तार हुँदै जाने संभावना देखिन्छ । उपभोक्ताले आगो लगाउँछन् भन्नखोजेको होइन तर लागेको आगो निभाउनजाँदैनन् भन्ने चिन्ताहो ।
सामुदायिकवनमाभएकावन स्रोत तथाआर्थिक स्रोत समेत निष्कृय भैरहेको छ । केहीवर्ष अघिको एक अध्ययनले प्रभावकारी वनव्यवस्थापनमात्रगर्दा पनिप्रति हेक्टर १ जनामान्छेलाई नियमित रोजगार दिन सक्छभन्ने देखाएको छ । नेपालमा सामुदायिकवनमात्रै पनि २३ लाख हेक्टर भन्दावढि छ । २३ लाखजनालाई प्रत्यक्ष र नियमित रोजगार दिन सक्नु पर्ने हो । एक हेक्टर कृषिजमिनमाव्यवसायीककामगर्दा कति रोजगारी दिन सकिन्छवनमात्यतीनसकेतापनित्यसको आधामात्रभने सक्नु पर्ने हो । शहर आसपासका सामुदायिकवनमा पर्यपर्यटन, अन्य सामुदायिकवनमाव्यवसायीक खेती (कानून त वहुवर्षिय बालीलगाउनमिल्छ) गर्ने, कानूनले वन्देज नगरेका व्यबसायीकपालन गर्न सकिने वन्यजन्तु पालन जस्ता काम गरेर सामुदायिकवन क्षेत्रको वहुआयमिकउपयोगमाध्यानदिनु आवश्यकहुन्छ ।
डढेलो विरुद्धको सामुहिकअभियान
सामुदायिकवनको वहुउपयोग गरेर फाइदालिन सक्ने अवस्थाआएमा डढेलो निभाउनउपभोक्ताजालान् । हैन भने आगो धेरै स्थानवाटनलाग्ला तर लागेको आगो निभाउनउपभोक्ताले जाँगर देखाउँदैनन् । कानूनकडा छ तर पनिआगलागीलागिरहेको पाइन्छ । हरेकवर्ष वन डढेलो सम्वन्धी साताव्यापीकार्यक्रमहुने गर्दछ । चैत्रको १ देखि ७गतेसम्म अभियानकैं रुपमाविभिन्नकार्यक्रम गरेर सचेतिकरणकाकामहरु गर्ने गरिन्छ ।
दोलखामावन डढेलो सम्वन्धीजनचेतनाकालागिविभिन्नकार्यक्रमहरु आयोजना गरिए ।
दोलखा फेकोफन, डिभिजनवनकार्यालय र फरेष्टएक्सन नेपाल सहयोगी भैं विभिन्न सामुदायिकवनहरुले वन डढेलोले पार्ने असरका बारेमा चर्चा गरे । वन डढेलो नियन्त्रणकालागिअपनाउनु पर्नेविषयछलफलभयो । भीमेश्वर नगरपालिकाका सामुदायिकवनकाप्रतिनिधिहरुको सामुहिक भेला २०८१ चैत्र १४ गते आयोजना गरिएको थियो । उपस्थीत सामुदायिकवनकाप्रतिनिधिहरु मध्ये २ वटामामात्रगतवर्ष वन डढेलो नलागेको बताए । त्यसै गरी शैलुङ्गमाआयोजनाभएको भेलामाउपस्थीतमध्ये एक सामुदायिकवनकामात्रगतवर्ष आगो नलागेको पाइयो ।
डढेलो नियन्त्रणकोलागिवनव्यवस्थापन
वन डढेलो विरुद्धको अभियानपनि निरन्तर गरिरहनु नैंपर्ला । त्यो भन्दापनिप्रधान कुरा भने वनमाथीउपभोक्ताको जीवन जोड्न आवश्यक छ । त्यस तर्फ सवैको ध्यानजान जरुरी देखिन्छ । अनीआगो लाग्नबाट रोक्न र लागेमा निभाउनउपभोक्ताहरु दौडिन्छन् । त्यसैले सवै सामुदायिकवनकाअगुवाअनी सामुदायिकवनकानियामकनिकायहरु घोत्लनढिला भैसक्यो । वन संरक्षणको गन्तव्यप्राप्ती भैसक्यो । अव समृद्धिको उपलव्धीहासिल गर्न आवश्यक छ । यदी यो एजेण्डा स्थापित गर्न सकिएनभने वनमालागेको आगो निभ्दैन ।
त्यतीमात्रै हैन, वन क्षेत्रकाअगुवाहरु, अभियन्ताहरु, अधिकारवालाहरु सबैमा असफलताको विशेषणझुण्डिन सक्छ । सामुदायिकवनलाई जङ्गल हुनबाट जोगाउनु छ अनीउपभोक्तालाई मान्छे हुनबाटबचाउनु छ । यसकालागिवनमामानवियगतिविधिहुनआवश्यक छ । वनव्यवस्थापनकाकामहुनु पर्दछ अनीमान्छे मात्रहुने होइनभूमिका सहितको उपभोक्ताहुन जरुरी छ । उपभोक्ताको जीवनसँगवन जोड्न आवश्यकहुन्छ ।जीवनलाई वनसँग जोड्नवनव्यवस्थापन गरिनु पर्दछ, तब हुनसक्छवन डढेलो नियन्त्रण ।

