अदालतको र मन्त्रालयको आडमा अर्बौंको कर छली

राजनीति समाचार

नेपाल दूरसञ्चार प्राधिकरणले सन् २००४ मा स्पाइस नेपालप्रा.लि. लाई पहिलो निजी क्षेत्रको जीएसएममोबाइल सेवाप्रदायकको रूपमा २५ वर्षे अनुमतिपत्रप्रदान गरेको थियो। कम्पनीले २००५ सेप्टेम्बर १७ देखि “मेरो मोबाइल” ब्रान्डमा सेवा सुरु ग-यो र २०१० मा एनसेलको नाममा परिवर्तन भयो। यसले नेपाल टेलिकमको एकाधिकार तोडेर बजारमा स्वस्थप्रतिस्पर्धा ल्यायो, सेवा सस्तो बनायो, कभरेज विस्तार ग-यो र १४० लाखभन्दा बढी ग्राहकलाई जोड्यो। तर अनुमतिपत्रप्राप्ति पछि यसको सेयर खरिद–बिक्रीका चार प्रमुख घटना सामसुम वा ढिलाई गर्न नियामकमन्त्रालय र अदालत समेतलाई उपयोग गरियो।

एनसेलको कर विवादले नेपाल सरकारलाई अर्बौं राजस्वहानि पु-याएको छ। प्राधिकरणले लगाएका जरिवाना असुलीमा ढिलाइ भएको छ। संचार मन्त्रालय र अदालतमा मुद्दा दशकौं सम्म लम्व्याइदा राज्यलाई प्रत्यक्षआर्थिक घाटा, लगानीअनिश्चितता, सेवाप्रभाव र अन्तर्राष्ट्रिय छविमा समेत क्षतिपुग्नगएको छ।

सन् २०२६ मार्च सम्म आइपुग्दापनि २०२३ को सेयर ट्रान्सफर स्वीकृत हुन सकेको छैन, स्वामित्वविवादकायम छ र यस विषयलाई छाँयामा पार्न नियामक र मन्त्रालयवाट राष्ट्रियकरणको विषयलाई तीव्र पारीएको छ। यो लेख एनसेलको कर छली र जरिवानाविचअदालती ढिलाइ तथा सर्वोच्च अदालत फैसला, अन्तराष्ट्रिय मध्यस्थताअदालतको फैशला, टंकमणि शर्मा दंगाल समितिको अप्रकाशित रिपोर्ट, प्राधिकरण, महालेखा परीक्षककार्यालयका दस्तावेज र २०२५–२०२६ का आधिकारिक रिपोर्टमाआधारित छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *