ananta gurung

कुशासनले नेपाल राष्ट्रलाई कमजोर बनाएकोछ

राजनीति लेख

९२०८२ साल चैत्र१८ गते बुधवारको तामाकोशी सन्देश राष्ट्रिय सप्ताहिकमा प्रकाशित०
नेपाल राष्ट्र अहिले सबै भन्दा कमजोर दौरबाट गुज्रीरहेकोछ । ३५ बर्ष लामो अवधि सम्म निर्वाद कुशासन चलाएका पुरानो दलहरुले पुरै नेपाल राष्ट्र र नेपाली जनतालाई नयाँ र पुरानो दलहरुको खेमामा बिभाजित तुल्याएकाछन । उक्त समयमा पुरानो दलहरुले नेपाल राष्ट्र र नेपाली जनतालाई बिभिन्न दलहरुमा बिभाजन गरी मनमौजी शासन सत्ता चलाएको थियो ।

अहिले नयाँ दलहरुको हातमा सत्ता पुगेको भएपनि पुरानो दलहरुले गरेको बिभाजन कायम नै रहेको हुँदा आपसी मतभेद र द्वन्द्व चर्किएकोछ । पुरानो दलहरुले नेपालमा लामोकाल चलाएको कुशाससनलाई सुशासन मान्ने भिडको पनि कुनै कमी छैन । नयाँ दलहरुले नेपाल राष्ट्रको अवस्थालाई बदल्न खोज्दा बिरोध जुलुश रैली निकाल्नेहरुको भिडभाड कमी छैन । पुरानो दलहरुको शीर्ष नेताहरुले गरेको भ्रष्टाचार र अपराधहरुको लगि जबाफदेही बनाउन खोज्दा त्यसको बिरोधमा आन्दोलन गर्नेहरु पनि सडकमा निस्केकाछन ।

पुरानो दलका शीर्ष नेताहरुको तजबिजमा चलेको कुशासनलाई नै सुशासन भनी कानुनी राज मान्नेहरुको भिडले यतिबेला सडक तताएकाछन । प्रहरी प्रशासनलाई यतिबेला शान्तिकायम गरी आम जनताको सुरक्षा र सार्वजनिक सम्पत्तीको रक्षा गर्न हम्मेहम्मे परीरहेको अवस्था उत्पन्न भएकोछ । नेपाली जनताको भावना र चाहाना अनुसार देश चलाउने कसम खाएका बलियो प्रधानमंत्री बालेनको नेतृत्वमा पुरानो दलहरुले थुपारेको कुशासनका फोहरहरु फाल्ने र तह लगाउने अभियान तिब्रगतिमा अगाडि बढेकोछ । नेपालमा पुराना दलहरुले निजी जस्तो बनाएको कानुनी राजलाई पुनरस्थापित गरी स्वतंत्र कानुनी राज सुरु भएको परिवर्तनको महसुस नेपाली जनतालाई गराउने प्रयासमा नयाँ बालेन सरकार जुटेकोछ ।

परिवर्तनको यात्रा सुरु गर्न बालेन सरकारले हतार गरेको हो कि भन्ने टिका टिप्पणी पनि सुनिन थालेकाछन । केहिले श्री ५ बडामहाराजधिराज पृथ्बीनरायण शाहले जस्तो खिर बिचैबाट खान थाल्दा बालेन सरकारको हात पोल्ने डर पनि भएको जनाएकाछन । तर नेपालको सन्दर्भमा रात रह्यो अग्राख पलायो भन्छन त्यसैले षडयंत्रकारी पुराना दलहरुको षडतंत्रलाई चिर्न हतार नगरी पनि सुस्ख छैन । पुराना दलहरु पनि हातमा दही जमाएर चुप लागी नबसेको हुँदा बालेन सरकार सजग र प्रोएक्टिभ हुनै पर्छ प्रतिकृया मात्रै दिएर पुग्दैन । अहिले बालेन सरकारले चलाएको कानुनी कार्यबाही कठोर होइन । एमाले शीर्ष नेता पूर्व प्रधानमंत्री ओली लगायत उहाँ कै नेतृत्वमा चलेको तत्कालिन ओली(देउवा सरकारको वेलगाम टोलीलाई कानुनी राजको यहसास दिलाउने काम बालेन सरकारबाट भएको छ ।

यो काम जरुरी थियो किनकि उहाँहरुले आफैलाई नेपालको कानुन भन्दा माथि भएको ठान्दै निरन्तर कुशासन मात्र चलायन जेन जेडका अबोध बालकहरुको निर्मम तरिकाले हत्या गर्न पनि संलग्न भएका थिए । सबै भन्दा दुस्खदायी कुरा त के भयो भने एमाले शीर्ष नेता पूर्व प्रधानममत्री ओली लगायत तत्कालिन ओली(देउवा सरकारको टोलीले आफ्नो अपराधको लागि नेपाली जनता सित क्षमा याचना सम्म पनि गरेनन् । आफैले ल्याएको लोकतंत्रको हुर्मत गर्ने अरु कोही नभएर पुराना दलहरुका शीर्ष नेताहरु नै हुन । हात्तीले देखाउने दाँत जस्तो लोकतंत्रलाई देखाएर दलका शीर्ष नेताहरुले नेपालमा दलतंत्र र नेतातंत्रलाई बढवा दिएकाछन ।

नीति भन्दा नेतालाई मान्ने संस्कार दलहरु भित्र संस्थागत बनाएकाछन । कम्युनिष्ट शिद्धान्त उहिले नै छाडीसकेको भएपनि सोझो, सिधा र गरिब नेपाली जनतालाई झुक्याउने गरी कम्युनिष्टको विल्ला लगाएर हिडेकाछन । कागजमा काँग्रेस कम्युनिष्ट जे लेखिएको भएपनि व्यवहारमा तीन पुराना दलहरु एमाले, नेका र माओवादीको आर्थिक बिकास नीति युरोपश्चिमा नवउदारवादी पुँजीवादी स्वातंत्र बजार अर्थतंत्र नै हो । नेपालका कम्युनिष्ट नेताहरु साम्यवादीको के कुरा गर्नु समजावादी सम्म पनि बन्न सकेकाछैनन् । उल्टै गरिब नेपाली जनताको गाँस, बास र कपासलाई नाफामूखि व्यापार व्यवसाय बनाएर नाफाखोर घरजग्गाको दलाल र बिदेशीको दलाल व्यापारीहरु र व्यवसायीहरुलाई बुझाएर मुठीभरका तिनीहरुलाई धनी बनाउने कलंकित काम गरेकाछन ।

पुराना दलहरुको वैदेशिक रोजगारी नीतिले गर्दा नेपालको जनसंख्याको बनोटमा ठुलो असन्तुलन ल्याईसकेको छ । परम्परागत व्यक्ती, घर, परिवार र समाजमा संकट पैदा भईसकेकोछ । बिदेशी मुलुकहरुमा आप्रवासन नीति ल्याएर आन्तरिक जनसंख्याको बनोटलाई बर्करार सन्तुलित बनाई राख्ने गरिन्छ । नेपालको सन्दर्भमा पुराना दलहरुले त्यस्तो कुनै आप्रवासन नीति ल्याएको वा बनाएको छैन । अनावश्याक स्कुलहरु, कलेजहरु र विश्वाविद्यालयहरु खोलेर राष्ट्रको खर्च मात्रै पुराना दलहरुले बढाएकाछन । स्कूलहरु भटाभट गाभ्नु परि राखेकाछन भने कलेजहरु र विश्वविद्यालयहरुमा पढ्ने बिद्यार्थीको ठुलो अभाव रहेकोछ ।

नेपालको जन्म दर नै स्वात्तै घट्दै गएकाले आगामि दिनहरुमा यो समस्या झनै बढेर जाने अनुमान सहजै लगाउन सकिन्छ । वैदेशिक रोजगारीबाट प्राप्त भईरहेको रेमिट्यान्सको आकारलाई मात्र हेरी प्रसन्न भएर बसेका पुराना दलहरुले नेपालको भविष्य र अस्तित्वलाई नै खतरामा पारी सकेकाछन । अब खाडीमा चली रहेको ईरान(ईजरायल(अमेरिकाको युद्धले नेपालको वैदेशिक रोजगारीलाई के कस्तो प्रभाव पार्ने हो भनी नेपालका आर्थिक विज्ञहरु चिन्तित छन । पक्कै पनि खाडी युद्ध चर्किदै गएमा नेपाललाई प्राप्त हुने रेमिट्यान्समाकमी आउनेछ । पुरानो दलहरुको सबै भन्दा ठुलो मूर्खता भनेको नेपालमा औद्योगिक बिकास हुन नदिनु नै हो । यसैको कारण नेपाल राष्ट्रले ठुलो आन्तरिक रोजगारी गुमाउनु परेकोछ । साथै त्यसैको प्रभावले गर्दा नेपालको उत्पादन बढेन र नेपाल राष्ट्र एक आत्मनिर्भर राष्ट्रबाट परनिर्भर राष्ट्रमा रुपान्तरित भएर गयो ।

अहिले नेपाल राष्ट्र पूर्ण रुपले आयात व्यापारमा निर्भर भएको मुलुक बनीसकेकोछ । नेपालका उद्योगीहरुले पनि आयात व्यापारमा अकुत फाईदा निकाल्न सकिने भएको हुँदा नाम मात्रको उद्योगहरु चलाएर सबै आफ्नो ध्यान र लगानी आयात व्यापारमा नै लगाएकाछन । यसरी व्यापारीहरु र व्यावसायीहरुले एक बर्ष भित्र नै आफ्नो लगानी आयात व्यापारमा लगाएर तीन दोव्वर बनाउन सक्छन । नेपालको कमजोर कानुन, घुष र प्रभावमा चल्ने सरकारी अधिकारीहरु कै कारण नेपाल एक आत्मनिर्भर राष्ट्रबाट पूर्णरुपले परनिर्भर राष्ट्रमा बनीसकेकोछ । पुराना दलहरुले बिगारेको सबै काम कुराहरुलाई ठिक पार्न ३५ बर्ष नै लाग्न पनि सक्छ रु तर राष्ट्रिय स्वतंत्र पार्टीको नेतृत्वमा बनेको बालेन सरकारले केवल ५ बर्ष मात्रै समय पाएकोछ । नेपाली जनताले लगभग २र३ बहुमत दिएर बालेन सरकारलाई बलियो तुल्याएको भएपनि तिब्रगतिमा काम गर्नु गराउनु पर्दा अनेक बाँधा अडचनहरु बिचबाटोमा सामना गर्नु पर्ने हुन्छ ।

त्यसैले बलियो भएर मात्रै पनि पुग्दैन अझ थप बलियो बन्नु पर्ने हुन्छ । षडयंत्रकारी अपराधिक पृष्ठभूमिबाट आएका कुशासन गरेका पुराना दलहरुलाई कमजोर ठान्ने गल्ती कहिले पनि गर्नु मनासिव हुँदैन । बलियो सत्रुलाई बसमा गर्न वा राख्नको लागि राष्ट्रिय स्वतंत्र पार्टीले नयाँ दलहरु लगायत राष्ट्रिय प्रजातंत्र पार्टी सित हात मिलाउनु पर्ने हुन्छ । यसो गर्दै राजतंत्र र वैदिक सनातनी हिन्दूधर्मलाई फर्काएर बालन सरकारलाई अझ बलियो बनाउन सकिन्छ । राजतंत्र र वैदिक सनातनी हिन्दूधर्मको पनि पुरानो दलहरु बिरोधी भएको हुँदा यसरी एकता गर्दा असत्य र पापको बाटोमा लागेका पुरानो दलहरु अझ कमजोर भएर नेपाली जनताको नजरबाट धेरै तल गिर्नेछन । पुराना दलहरुलाई भ्रष्टाचारी, अपराधी र कुशासनको नाईके भएको प्रमाणित गर्न सक्ने गरी उनीहरुका बिरुद्ध कानुनी कार्यबाहीलाई तिब्र बनाउँदै लान जरुरी छ ।

कुशासन गरी नेपाल राष्ट्रलाई कमजोर बनाउनेहरु पुरानो दलहरुका शीर्ष नेताहरु नै हुन । कानुन अनुसार चल्न नरुचाउने र आफैलाई राजा महाराजा जस्तो कानुन भन्दा माथिको ठान्ने पुराना दलका शीर्ष नेताहरु नै नेपालमा चलेको कुशासनको नाईके र संरक्षक पनि हुन । उहाँहरुले फैलाएको भ्रष्टाचार र अपराधले गर्दा नैनेपाल राष्ट्रको अस्तित्व माथि खतरा पैदा भईसकेको छ । यथास्थितिमा राख्ने वा अवस्थालाई अझ बिग्रिन दिने छुट कसैलाई पनि छैन । जसरी पनि राष्ट्रलाई बचाउने र भ्रष्टाचारी पुराना दलहरुका शीर्ष नेताहरुलाई कजाएर उनीहरुले अहिले सम्म नेपाल राष्ट्र र नेपाली जनताको बिरुद्ध गरेका अपराधको लागि जबाफदेही बनाउने बालेन सरकारको कठोर र आक्रमक नीति हुनै पर्छ ।

साथै बालेन सरकारले पुराना दलहरुले चलाएको मनमौजी तजबिजी बिकास नीतिलाई बन्द गरी अध्ययन अनुसन्धान र योजनामा आधारिक नतिजामूखि बिकासलाई अगाडि बढाउने प्रयास पनि बढाउनु पर्छ । स्वदेशी उत्पादनलाई बढाएर बिदेशी आयात व्यापारलाई घटाउने नीतिले क्रमसस् नेपाल राष्ट्रलाई आत्मनिर्भर बनाउन सफल भईनेछ । बिकासलाई समृद्ध नेपाल र सुखी नेपालीको लक्ष सित जोड्ने नीति र योजना बनाएर अगाडि बढेमा पुराना दलहरु र तिनका झोले बिरोधीहरु हेरेको हेरेकै हुने निश्चित नै छ । रास्वपा पार्टीको नेतृत्वमा बनेको बालेन सरकारको सामर्थ्यमा कुनै कमी कमजोरी छैन तर उक्त रास्वपा पार्टी भित्रको एकतालाई पनि शीर्ष नेता रबिले रसायनले झै जोडेर राख्नु पर्ने हुन्छ । साँसदहरु सबैलाई पालैपाल्यो मंत्री बनाएर राजनीतिक तालिम र सुशासनको अनुवभ दिन सकेकमा रास्वपा पार्टीलाई झन शक्तिशाली र अनुभवी बनाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *