पहिलो पटक माओवादी पार्टीले नेपाल कम्युनिस्ट पार्टीका संस्थापकको ४७ औं स्मृति दिवस मनाउने निर्णय

राजनीति समाचार

काठमाडौं । नेकपा माओवादी केन्द्रले पहिलो पटक नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस मनाउने भएको छ ।

असार २६ गते बसेको माओवादीको पदाधिकारी बैठकले साउन ७ गते पुष्पलालको ४७ औं पुष्पलालको स्मृति दिवस मनाउने निर्णय गरेको थियो । पार्टीको निर्णय अनुसार भोलि दिउँसो भृकुटीमण्डपमा समाजवादी मोर्चा र पुष्ललाल स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा विचार गोष्ठी गर्न लागेको केन्द्रीय कार्यालयले जनाएको हो । यसअघि एमाले र नेकपा एकीकृत समाजवादी लगायत दलहरूले मात्र स्मृति दिवस मनाउने गरेको थियो, भने भोलि (बुधबार) माओवादीका अध्यक्ष प्रचण्डसहित समाजवादी मोर्चाका नेताहरू माधव नेपाल, विप्लव र महिन्द्र राय यादव लगायत नेताहरूले ४७ औं पुष्पलाल स्मृति दिवस मनाउने भएका छन् ।

पुष्पलालको २०३५ साल साउन ७ गते निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *