जनचाहनाअनुसार सकार चुक्दै

राजनीति समाचार

काठमाडौं । प्रधानमन्त्री बालेन साहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हालेको एक हप्ता पुगेको छ । तर, बजारमा उपभोग्य वस्तुहरुमा अखाद्य वस्तु मिसावट गरी विक्रीवितरण भइरहँदा पनि त्यसको अनुगमन हुन सकेको छैन । बजारैभरि अखाद्य वस्तु मिसावट विक्रीवितरण भइरहेको छ भने मूल्यवृद्धि पनि त्यत्तिकै चर्किएको छ । सर्वसाधारण जनता मूल्यवृद्धिकै कारण आक्रन्त बनिरहँदा सरकारले यस्ता विषयमा ध्यान दिन सकेको छैन । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रोसन ज्ञवालीले पनि बजार अनुगमनलाई प्राथमिकता दिएको पाइँदैन ।

बजार अनुगमन हुन नसक्दा चामल, दाल, तेल, घिउ, मसलालगायतका खाद्यान्नको मूल्य आकासिएको छ । उता, बजारमा विक्रीवितरण हुनेि जारको पानी पनि गुणस्तरहीन र मानव स्वास्थ्यको लागि हानिकारक हुने गरेको पाइन्छ । गुणस्तरहिन पानीबाट तयार गरिएका दूधजन्य विभिन्न खाद्यपार्थहरु बजार विक्रीवितरण भइरहेका छन् । त्यसले मानिसलाई झाडापखालादेखि विभिन्न प्राणघातक रोग लाग्ने गरेका छन् । उता, प्राणघातक विषाक्त प्रयोग गरिएका तरकारी, फलफूलहरु पनि बजारमा विक्रीवितरण भइरहेका छन् । तर सरकार र उपभोक्ता संरक्षण विभागले त्यस्ता विषयमा ध्यान दिएको पाइदैन । त्यसैगरी विचौलिया हावी हुँदा उपभोक्ता र किसानहरु ठगिइरहेका छन् ।

विचौलियाले खेल्दा किसानले लागत उठाउन सक्दैनन् भने उपभोक्ताले महंगो मूल्य तिर्नुपरिरहेको छ । त्यसैगरी खाना पकाउने एलपी ग्याँस नपाएर बजारमा हाहाकार मच्चिइरहेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय आफैले सम्हालेका प्रधानमन्त्री बालेन साहले पेट्रोलियम पद्धार्थको आर्पूतिलाई सहज बनाउनुपर्नेमा त्यो नगरी उल्टै राजनीतिक प्रतिशोधको आधारमा राजनीतिक दलका नेताहरुमाथि धरपकड र आक्रमण सुरु गर्न थालेका छन् ।

नेपाली जनताले रास्वपालाई राजनीतिक प्रतिशोध साँधेर देशमा अशान्ति मच्चाउनको लागि भन्दा पनि आर्थिक समृद्धि र सुशासन कायम गर्न भोट दिएका थिए । तर, रास्वपा नेतृत्वको सरकारले त्यस्ता विषयतिर ध्यान दिएको पाइँदैन । बरु दलहरुमाथिको धरपकड र आक्रमणले झन् अशान्ति फैलिने र बन्द, हड्ताल, धर्ना, जुलुसले प्रशय पाउने देखिन्छ । यी र यस्तै विषयमा आजित भएर सर्वसाधारण जनताले जुन उद्देृश्य र आशाले रास्वपालाई भोट दिएर सरकारमा पाठाएका थिए ।

तर, सरकार भने हिजोकै दलहरुको सरकार जस्तै राजनीतिक प्रतिशोध साँधेर अगाडि बढ्न थालेपछि सर्वसाधारण भोटरहरु निराश हुन थालेका छन् । तर, रास्वपा सरकारले जनताको इच्छा र चाहना अनुसार काम गर्ने छाँट देखिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *