काठमाडौं । नेपालको राजनीतिमा पछिल्लो समय नगर प्रमुख बन्दा होस् अथवा केन्द्रीय सांसद बन्दा होस् राष्ट्रियता झल्किने राष्ट्रिय पोशाकको धज्जी उडाउने काम जनप्रतिनिधिहरुले गरिराखेका छन् । तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि पहिलो प्रधानमन्त्रीको सपथ लिने बेलामा नेपाली पोशाकको सट्टा विदेशी सुटमा सजिएर गएका थिए ।
त्यसतयाका अधिकांश मन्त्री, सांसदहरुले राष्ट्रिय पोशाकको धज्जी उडाउने काम गर्दै आएका छन् । हुँदाहुँदा हालका प्रधानमन्त्री बालेन साहले पनि नगर प्रमुख हुँदादेखि संघीय सांसद बन्दासमेत कालो पोशाकमा मात्रै सजिने गरेका छन् । २०७९ सालको स्थानीय निर्वाचनमा काठमाडौंको नगर प्रमुखमा निर्वाचित भएपछि सहीद पार्क र पशुपतिनाथको दर्शन गर्नुको सट्टा तत्कालीन प्रधान सेनापति प्रभुराम शर्मासँग भेट गर्न पुगेको भनाइ छ । त्योसँगै गत फागुन २१ प्रतिनिधि सभा निर्वाचनमा विजयी भएपछि बालेन शाह न त पशुपति दर्शन गर्न गए, न त कुनै सहीद पार्कमा नै गए ।
उल्टै प्रधानमन्त्रीको सपथ खाने बेलामा नेपाली पोशाकको धज्जी उडाएर कालो पोशाकमा सजिएका थिए । प्रधानमन्त्री भइसकेपछि राष्ट्रिय पोशाक प्रयोग गर्नुपर्ने थियो । राष्ट्रिय पोशाकको सट्टा अन्य पोशाक लगाएर प्रधानमन्त्री कार्यालयमा बस्ने गरेका छन् । प्रधानमन्त्री कार्यालयमा मात्रै नभइ संसदमा प्रवेश गर्दा पनि टिसर्टमाथि कोट लगाएको समाचार सार्वजनिक भएको छ । त्यसले गर्दा प्रधानमन्त्री पद र राष्ट्रिय पोशाकमाथि आँच पु¥याउने काम भएको सर्वसाधारणको आँकलन छ । यी र यस्तै कारणले गर्दा नेपालका प्रधानमन्त्रीहरु बद्नाम हुँदै आएका छन् ।
परापूर्वकालदेखि दौरा, सुरुवाल र ढाका टोपीलाई नेपालको राष्ट्रिय पोशाकको रुपमा मानिँदै आइएको थियो । पछिल्लो समय प्रधानमन्त्रीदेखि लिएर मन्त्री, सांसदहरुलेसमेत नेपाली राष्ट्रिय पोशाकको धज्जी उडाउने काम गर्दै आएका छन् । अझ हालका प्रधानमन्त्री बालेन शाहले त प्रधानमन्त्रीको सपथ लिँदा ब्रामण, बटुक र लामा धर्म गुरुहरु पढाएर राष्ट्रियता, संस्कार र संस्कृतिको थालनी गर्न खोजिए जस्तो देखिए तापनि राष्ट्रिय पोशाकलाई भने ध्यान दिएको पाइएन ।
प्रधानमन्त्रीले ध्यान नदिएपछि अन्य सांसदहरुले पनि राष्ट्रिय पोशाकलाई ध्यान नदिई मनलाग्दी पोशाकमा सांसद्को लोगा भिरेर संसद प्रवेश गर्ने गर्दछन् । त्यसले गर्दा सांसदको मर्यादा पनि घट्न थालेको छ । यी र यस्तै कराणले गर्दा नेपालको धर्म, संस्कृति, पहिचान र परम्परालाई तोड्ने काम भइरहेको छ । जति पनि नयाँ दलहरु जन्मिन्छन् तिनीहरु नेपालको राष्ट्र, राष्ट्रिता र धर्म, संस्कृतिलाई बिर्सिएर विदेशीको इसारामा चल्दै आएका छन् ।

