सरकारी अस्पतालभित्रको भ्रष्टाचार नियन्त्रण होला त मन्त्रीज्यू ?

राजनीति समाचार

काठमाडौं । रास्वपाकी सांसद निशा मेहताले स्वास्थ्य तथा जनसंख्या र खानेपानी तथा सरसफाइ मन्त्रालय सम्हालेकी छिन् । मन्त्री मेहताले स्वास्थ्य क्षेत्रभित्र सरकारी अस्पतालमा हुने भ्रष्टाचारलाई कसरी नियन्त्रण गर्छिन् ।

सबैभन्दा बढी भ्रष्टाचार देशकै पुरानो र ठूलो वीर अस्पतालमा हुँदै आएको छ । खासगरी स्वास्थ्य सामग्री, औषधि र भौतिक संरचना खरिदको टेण्डर हाल्ने नाममा ठूलो मात्रामा भ्रष्टाचार हुने गर्दै आएको थियो । खासगरी सार्वजनिक खरिद अनुगमन कार्यालयअन्तर्गत बोलपत्र डट कमबाट अनलाइन बोलपत्र वेबसाइटमा आद्ध नगर्दा केही ठेकेदारहरु साइडनै ह्याक गरेर बोलपत्र हेर्ने र अरुले हालेको ठेक्काभन्दा केही रकम कम राखेर टेण्डर हाली कर्मचारी र ठेकदारहरु मिलेर आफूले चाहेको मान्छेलाई पार्ने धन्दा चल्दै आएको थियो ।

कर्मचारीहरुको त्यो धन्दा अहिले साईबीले पर्दाफास गरिदिएको छ । त्यसरी ठेक्का पारेर कर्मचारी विचौलिया र ठेकेदारहरुले सामानको मूल्यभन्दा ४÷५ गुणा बढीमा बिल बनाइ भुक्तानी गराएर कमिसन खाने धन्दा चलाइँदै आइएको थियो । सो धन्दा स्वास्थ्यमन्त्री मेहताले कसरी नियन्त्रण गर्छिन् त्यो हेर्न बाँकी छ ।

वीरसँगै शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु, त्रिभुवन विश्वविद्यालय सिक्षण अस्पताल महाराजगन्ज, कान्तिबाल अस्पताल महाराजगन्ज, परोपकार प्रसुती गृह तथा स्त्रीरोग अस्पताल थापाथली, पाटन अस्पताल र निजामती अस्पताल नयाँबानेश्वरमा स्वास्थ्य सामग्री, औषधि र भौतिक संचरना खरिद टेण्डरमा ब्यापक भ्रष्टाचार हुँदै आएको थियो । सरकारी स्वामित्वमा रहेका यी अस्पतालहरुमा हुने गरेका विकृति, विसंगति र भ्रष्टाचारले गर्दा सेवाग्राहीहरु मारमा पर्दै आएका थिए । सरकारी अस्पतालहरुमा चिकित्सक र प्राविधिकहरु खुल्ला प्रतिस्पर्धामा नियुक्ति भए तापनि व्यवस्थापन र प्रशासनका कर्मचारीहरु नियुक्तिमा व्यापक राजनीतिक हप्तक्षेप हुँदै आएको थियो ।

सरकारी फेरिएपिच्छे जुन पार्टीको सरकार बन्छ सोही पार्टीका मन्त्री र नेताहरुका आफन्तहरुलाई कर्मचारीको रुपमा भर्तीकेन्द्र बनाउने प्रवृत्तिले सेवाप्रवाहमा व्यापक लापरबाही हुने गरेको थियो ।
चिकित्सक र कर्मचारीको मिलेमतोमा सरकारी अस्पतालमा उपचार गर्न आउने अधिकांश बिरामहरुलाई विभिन्न बहाना बनाएर निजी अस्पतालमा रिफर गर्ने र कमिसन खाने धन्दा पनि ब्यापक रुपमा चल्दै आएको थियो । त्योसँगै एम्बुलेन्सहरुलाई कमिसन दिएर आफूले कारोबार गर्ने निजी अस्पतालमा बिराम पु¥याउन लगाउने र कमिसन खाने धन्दा पनि त्यत्तिकै फस्टाएको थियो ।

अर्कोतिर स्वास्थ्य बीमामार्फत् उपचार गर्न आउने सर्वसाधारणलाई विभिन्न बहानामा दुःख दिने आफूले चिनेको पसलबाट औषधि किन्न लगाएर कमिसन खाने धन्दा चल्दै आएको थियो । त्योसँगै अस्पतालमा प्रयोग हुने तन्दा, तकिया, बेड, स्वास्थ्य उपकरण, टिस्यूपेपर, पिउने पानी, कम्प्युटर, क्यान्टिन र औषधि खरिदमा पनि कर्मचारी, ठेकेदार र विचौलियाको कमाउ धन्दा फस्टाउँदै आएको थियो । त्यसैगरी अस्पताल परिसरका सटर भाडामा पनि ब्यापक अनियमितता हुँदै आएको थियो । सरकारी अस्पतालहरुमा हुने गरेका यी र यस्ता विकृति, विसंगति र भ्रष्टाचारलाई हालकी स्वास्थ्यमन्त्री मेहताले कसरी नियन्त्रण गर्छिन् त्यो प्रतिक्षाको विषय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *