ढकालको लुट छेकिँदै

अर्थ/वाणिज्य राजनीति समाचार

काठमाडौं । एमालेको स्वार्थभन्दा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको पाथीभरा केवलकार लुटको काम तत्काल रोकिँदैछ । प्रसिद्ध धार्मिक स्थल पाथीभराको नाउमा स्थानीय किरात धर्मावलम्बीहरुमाथि दमन गर्ने एमाले, कांग्रेसका नेता मोटाएका थिए । तत्कालीन सांसद योगेश भट्टराईले दितिज थेवेलाई सघाउन वाध्यए ।

स्थानीयको आवाज कुल्चेर ओली सरकारले ठूलो आर्थिक चलखेल गरी सार्वजनिक जंगल मास्न दिएको मात्र थिएनन् । त्यही पैसा पचाउन प्रहरी र सशस्त्र प्रहरी खटेका थिए । चन्द्र ढकालले गैँडाकोटमा मौलाकाली केवलकार निर्माणमा कांग्रेसका दीपक खड्का र चन्द्र ढकालको लगानीका बुढानिलकण्ठको जंगल र चन्द्रागिरीको जंगलमा खोलिएका होटेल, रेष्टुरेन्ट, केवलकारको व्यापार हेरे पुग्छ ।

उद्योगीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका नेताहरु राज्यलाई कर तिर्दैनन् । राज्यसँग तिनैको राम्रो सम्बन्ध हुन्छ । पाथीभराको केवलकार चन्द्रागिरी हिल्स त्यसका उदाहरणहरु हुन् । वर्तमान सरकारले त्यो बेथितिलाई रोक्नुपर्छ । किन कि तत्कालीन सरकारको नेतृत्व नै कमाउधन्दामा लिप्त थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *