काठमाडौं । तनहुँको ऋषिङ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका परिवारलाई क्षतिपूर्ति रकम वितरण गरिएको छ ।
ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको जलविद्युत आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित क्षेत्रका एक सय १८ परिवारलाई क्षतिपूर्ति प्रदान गर्ने निर्णय अनुसार पहिलो चरणमा एक सय एक जना परिवारलाई अधिकतम तीन लाख र न्यूनतम १० हजार रुपैयाँ प्रदान गरिएको हो ।
तनहुँ जलविद्युत आयोजनामा कार्यरत एक जना कर्मचारीका अनुसार आयोजनाको प्याकेज एकअन्तर्गत बाँधलगायत संरचना निर्माणको काम जारी रहेकोले बाँधको जग निर्माण स्थलमा जम्मा भएको पानी फाल्ने र टावर क्रेन जडानहुँदा बाँध निर्माण स्थलको तल्लो तटीय क्षेत्रमा ड्रिलिङ, कङ्क्रिटिङको काम जारी रहेको उनले बताएका छन् ।