नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु

देश/विदेश राजनीति समाचार

काठमाडौं । देशभरका कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया अघि बढेको छ ।

नेपाल बार एसोसिएसनका एक जना अध्यक्षका अनुसार बारको बिहीबार बसेको कार्यसमितिको बैठकले चुनाव आगामी चैत २३ गते हुने निर्णय गरेको जानकारी गराएका हुन् ।

देशभरका कानून व्यवसायीले प्रत्यक्ष मतदानबाट २७ ‍औँ कार्यसमितिको चयन गर्ने भएको छ । यसमा बैठकको निर्णय अनुसार वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाको अध्यक्षतामा ५ जना सदस्यीय निर्वाचन समितिको गठनद्वारा चण्डेश्वर श्रेष्ठ, चन्द्रबहादुर शाही, तेजनाथ धमला र सेमन्त निरौला सदस्य रहेका छन् । नेपाल बारको कार्यसमितिमा २५ जना सदस्यीयको समेत उल्लेख गरिएको छ ।

नेपाल बारमा प्रत्येक ३ वर्षमा नेतृत्व चयनका लागि निर्वाचन हुने भएकोले यसपालि गठबन्धनको सरकार नेपाली कांग्रेस र नेकपा एमालेकानिकट संगठनहरू नेतृत्वका मुख्य दाबेदार मानिएका छन्। यसअघि २०७८ चैतमा बारको चुनावहुँदा, त्यतिखेर नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन रहेको थियो। गठबन्धनबाट एमालेनिकट प्रगतिशील तथा पेसागत कानून व्यवसायी समूहका उम्मेदवार विष्णुमणि अधिकारीलाई पराजित गर्दै हालका अध्यक्ष गोपालकृष्ण घिमिरेको प्यानलै विजयी भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *