काठमाडौं । पछिल्लो केही साता सेयर बजारको उतारचढाव न्यून रहेपनि एक दर्जन कम्पनीले भने नयाँ रेकर्ड बनाएका छन् ।
यसअघि कम्पनीले दिएको हकप्रद तथा बोनस सेयर समायोजनलाई आधार मान्दा १२ वटा कम्पनीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो । यसरी उच्च मूल्यमा पुगेका कम्पनीमा अधिकांश हाइड्रोपावर सेक्टर रहेका छन् । हालसम्मकै उच्च मूल्य बनाएका कम्पनीमा ७ हाइड्रोपावर, ३ विकास बैंक, १ लगानी र १ लघुवित्त कम्पनीहरु रहेका छन् ।
गत साउन ३१ गते ३ हजार अंकसम्म पुगेको बजार असोज १३ गते २ हजार ४ सय ६४ अंकमा झरेको थियो । त्यस यता बजार उतारचढाव हुँदै अहिले २ हजार ६ सय ५७ अंकमा कायम भएको छ ।