काठमाडौं । विगत लामो समयदेखि भूमाफियाहरुले सार्वजनिक जग्गा हडपेर व्यक्तिको नाममा दर्ता र प्लटिङ्ग गरी विक्रीवितरण गरेर राज्य दोहन गर्दै आएका थिए । सार्वजनिक जग्गा अडपेर मालपोतका कर्मचारी र विचौलियाहरुले व्यक्तिको नाममा दर्ता गर्ने प्लटिङ गरी विक्रीवितरण गर्ने प्रचलन काठमाडौं उपत्यकाभित्र व्यापक रुपमा बढेको थियो । त्योसँगै देशका विभिन्न ठाउँमा सडक विस्तार भएसँगै सार्वजनिक जग्गा हडेर विक्रीवितरण गर्ने धन्दा फास्टाउँदै आएको थियो ।
त्यसैगरी काठमाडौं उपत्यकाभित्रका विभिन्न गुठी र मठमन्दिरको नाममा रहेको सयौं बिगा जमीन भूमाफिया र मालपोतका कर्मचारीहरुको मिलेमतोमा मोही खडा गरी व्यक्तिको नाममा ल्याएर विक्रीवितरण गर्दै आएका थिए ।
त्यस्तै बागमती, विष्णुमति, टुकुचा, धोबी खोला, हनुमन्ते खोला र साँखुस्थित साली नदी आसपासका जग्गा हडपेर व्यक्तिले उपभोग गरिरहेको पाइन्छ । त्योसँगै पशुपति विकास कोष, तारागाउँ विकास समिति गुहेश्वरी मन्दिर आसपासका सयौं रोपनी जग्गा पनि मालपोत र नापी कर्मचारी एवं भूमाफियाले हडपेर व्यक्तिलाई विक्रीवितरण गरिएको पाइएको छ । त्योसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल आसपासका सयौं रोपनी जग्गा व्यक्तिले हडपेको पाइन्छ ।
त्यसैगरी काठमाडौं उपत्यकाभित्रका वन जंग आसपासका सार्वजनिक जग्गा व्यक्तिले हडपेर उपभोग गरेका समाचार सञ्चार माध्यममा आइरहेका छन् । त्यसमा बुढानिलकण्ठ, बालाजु, नागार्जुन, सितापाइला, कीर्तिपुरको केन्द्र क्याम्पस आसपास, एकान्त कुना, भैँसेपाटी, हात्तीवन, गोदावरी, हरिसिद्धि, खुमलटार, जडीबूटी, महालक्ष्मी गणस्थान, चापागाउँलगायतका सैयौं रोपनी सार्वजनिक जग्गा विचौलिया र मालपोतका कर्मचारीको मिलेमतोमा हडपने काम भइरहेको थियो । त्योसँगै भक्तपुरका गुठी, मठमन्दिर, सानाठिमी र चाँगुनारायण मन्दिर आसपासका गुठीका जग्गाहरु पनि त्यत्तिकै हिनामिना भएको थियो । सो गुठी र मठमन्दिरको जग्गा बालेन सरकारले फिर्ता ल्याउन सक्ला ?
त्यस्तै बालेन सरकारमा भूमि तथा सहकारी मन्त्री बनेकी प्रतिभा रावल पनि त्यस विषयमा कुने चासो राखेको पाइँदैन । कतिपय सरकारी जग्गाहरु हडपेर विचौलिया र कर्मचारीहरुको हातमा पुगिसेको छ । सरकारी जग्गा हडपेर निजी सम्पत्ति बनाउनेमा पूर्व उच्च ओहदाका निजामती कर्मचारी, सुरक्षा प्रमुख, नेपाली सेनाका उच्च ओहदाका कर्मचारी, पूर्व न्यायाधीशहरु बैंक÷वित्तीय संस्थाका सञ्चालकहरु रहेका छन् । त्योसँगै हालको सरकारमा सामेल भएका मन्त्री र सांसदहरु पनि सरकारी जग्गा हडप्नेमा पर्ने एक गुठीका कर्मचारीले बताएका छन् । सार्वजनिक जग्गा हडप्नेहरु रास्वपाभित्र भएकाले खोजविनमा सरकारले नैतिकता देखाउन सक्छ कि सक्दैन प्रश्न उठिरहेको छ ।

