काठमाडौं । विगत लामो समयदेखि सिंहदरबार छाडेर बाहिर नजाने रैथाने कर्मचारीहरुको भीडले बढिरहेको थियो । बालेन नेतृत्वको रास्वपा सरकारले त्यस्ता कर्मचारीहरुलाई तह लगाउन खोजिरहेको छ । खासगरी काठमाडौं उपत्यका बाहिर जान नचाहने कर्मचारीहरु मालपोत, नापी, कम्पनी रजिष्ट्रार, उद्योग, राजश्व, यातायात, वैदेशिक रोजगार विभाग र आन्तरिक राजस्व विभाग जस्ता ठाउँमा घुमिरहेका हुन्छन् । यस्ता मालदार अड्का कर्मचारी सरुवा हुँदा पनि एउटा कार्यालयबाट अर्को कार्यालय जाँदा पनि उपत्यकाभित्रै घुमिरहेका हुन्थे ।
नियम अनुसार सह–सििचवभन्दा तल्लो तहका कर्मचारीहरु दुई वर्षभन्दा बढी समय एउटै कार्यालयमा बस्न मिल्दैन । तर, सोर्सफोर्स, भनसुन र लेनदेनको आधारमा ५ वर्ष वा त्यो बढी समयसम्म एउटै कार्यालयमा कार्यरत रहेको पाइन्छ । तर, माथि उल्लेखित कार्यालयहरुमा एउटै कर्मचारी ५ वर्षभन्दा बढी बस्ने गरेका छन् । बालेन नेतृत्वको रास्वपा सरकार बनेपछि कर्मचारीहरु मालपोत कार्यालयमा सरुवा हुन आनकानी गर्न थालेका छन् । पहिला मालपोत कार्यालयमा जानको लागि कर्मचारीहरुले सोर्सफोर्स र पैसाको खोलो बगाउने गर्दथे । पैसाको खोलो बगाएर एउटै कार्यालयमा वर्षौंसम्म डेरा जमाउने कर्मचारीहरु यस प्रकार रहेका छन् ।
भक्तपुर मालपोत कार्यालयमा नासु विनो खड्का, सागर काफ्ले र अधिकृत पुष्पराज गुरागाईँ विगत १२ वर्षदेखि जरा गाडेर बसिरहेका छन् । उता, ललितपुर मालपोतमा नासु मनोज पोखरेल, खरिदार प्रतिक्षा पुन र मालपोत अधिकृत टेकराज आचार्य पाँच वर्षदेखि बसिरहेका छन् । त्यसैगरी टोका मालपोत कार्यालयमा खरिदा रविन पौडेल विगत ५ वर्षदेखि एउटै कार्यालयमा ढलीमली गरिरहेका छन् । त्यस्तै काठमाडौंस्थितडिल्लीबजार मालपोत कार्यालयलाई देशभरकै ठूलो मालदार अड्डाको रुपमा लिइन्छ । डिल्लीबजार मालपोत कार्यालयलाई मालदार अड्डा भनिए तापनि फोहोर र दूर्गन्धले भरिएको छ । आफ्नै भवन भए तापनि निर्माण सम्पन्न भएको छैन । सो कार्यालयमा विगत ७वर्षदेखि तर मार्दै आएका खरिदार गोपाल भण्डारी र करुणा आचार्यको राज चलिरहेको छ । त्यसैगरी कलंकी मालपोत, चाबहिल मालपोत र साँखु मालपोत कार्यालयमा पनि केही कर्मचारी विगत ५÷७ वर्षदेखि जरागाडेर बसिरहेका छन् ।
बालेन सरकारले कुन–कुन मन्त्रालय र कुन कुन कार्यालयमा एउटै कर्मचारी कति–कति वर्ष कार्यरत छन् त्यसको एकिन विवरण तुरुन्त प्रधानमन्त्री कार्यालयमा पठाउने निर्देशन गरेको दिएको छ । प्रधानमन्त्री कार्यालयको निर्देशनअनुसार वषौंदेखि एउटै कार्यालयमा बस्ने कर्मचारीलाई अन्यत्र सरुवा गरिन्छ कि त्यहीं निरन्तरता दिइन्छ त्यो हेर्न बाँकी छ । माथि उल्लेखित कार्यालयहरु त एउटा उदाहरण मात्र हुन् । अन्य मन्त्रालय र मालदार विभागहरुमा एउटै कर्मचारी दशौं वर्षसम्म हालीहुली गर्दै आउको थुप्रै कर्मचारीहरु छन् । त्यसको एकिन विवरण अहिलेसम्म बाहिर आएका छैनन् । त्यसैगरी भूमि, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा लामो समयदेखि विचौलियाको भूमिका निर्वाह गर्दै आएका प्रमोद खड्का नाम गरेका व्यक्तिले मन्त्रालयअन्तर्गतका कर्मचारीको सरुवा, बढुवामा असुली धन्दा चलाउँदै आएका थिए ।
खड्काकै जोडबलमा ललितपुर मालपोतमा बसेर नासु डम्बर कार्कीले अकुत सम्पत्ति आर्जन गरेका थिए । ललितपुर मालपोतमा सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याएर सम्पत्ति आर्जन गर्न खोज्दा कर्मचारी उनीबीच खटपट परेको थियो । सो विषयले प्राथमिकता पाएपछि केही कर्मचारीहरुविरद्ध भ्रष्टाचारको आरोपमा सर्वोच्च मुद्दा दायर गरिएको थियो । तर, नासु कार्कीले भने तिनै विचौलिया खड्कालाई प्रयोग गरी सामान्य प्रशासन मन्त्रा लयमा सरुवा भएका थिए । सरुवा भएको केही हप्ता नबित्दै उनै खड्कालाई भक्तपुर मालपोत कार्यालयमा पुगेका थिए । भक्तपुर मालपोतमा बसेको पनि दुई वर्ष हाराहारी भएको छ । नासु कार्कीमा नबसेर भूमाफियाहरुसँग मिलेमतो गरी जग्गा किन बेच धन्दामा लाग्ने गर्दै आएका छन् । कार्कीलाई मन्त्रालयले अन्यत्र सरुवा गर्दा सर्वोच्चबाट स्टे अडर लिएर भक्तपुर मालपोत कार्यालयमै पुगेको बताइन्छ । यी त एउटा उदाहरणका पात्र मात्र हुन् । मालपोतमा अदालतको स्टे अडर लिएर पुनः पुरानै कार्यालयमा फर्किने कर्मचारीहरु थुप्रै छन् ।

