परराष्ट्रमन्त्रालयमा कर्मचारीको हर्कत

प्रमुख राजनीति समाचार

काठमाडौं । परराष्ट्रमन्त्रालय सरुवा हुनको लागि कर्मचारीहरु सधैं तछाडमडा गर्ने गर्दछन् । सोर्सफोर्स र लेनदेनको भरमा परराष्ट्रमन्त्रालयमा जानेहरुको ताँतिनै हुने गथ्र्यो । मन्त्रीहरुको पनि चलखेल हुने ठाउँ परराष्ट्र नै हुने गरेको छ । कांग्रेस एमाले सरकारको पालामा २०८१ असोजमा दशैंको मौका छोपी ‘वेय नियम’ परिवर्तन गरी कर्मचारी दरबन्दी थप गरिएको थियो । तत्कालीन परराष्ट्रमन्त्री आरजु राणाले मुख्यसचिव, परराष्ट्रसचिव, संघीय मामिला मन्त्री रामकुमार गुप्ता र संघीय मामिला सचिव भरमणि सुवेदीलाई प्रभावमा पारेर एक सयभन्दा कर्मचारी दरबन्दी थपिएको थियो । त्यो कर्मचारी भर्ना गर्ने चलखेलमा करिव ४ करोड भन्दामाथिरकम मासिक रुपमा राज्यलाई भार थपिएको थियो ।

परराष्ट्र मन्त्रालयमा सात वटाबाट बढाएर १५ वटा महाशाखा बनाएर नयाँ कर्मचारी भर्ना गरिएको थियो । थप गरिएका दरबन्दीमा नासु, शाखा अधिकृत, उप–सचिव र एक सहसचिव रहेका थिए । उक्त सरमाचार तामाकोशी सन्देशले २०८१ कात्तिक ७ गते वर्ष १४ अंक ९ मा प्रकाशित गरेको थियो । त्यतिबेला दरबन्दी थप गरी भर्ना गरिएका कर्मचारीहरुको अहिले काम नभएर ती महाशाखालाई ‘माछा बजार’को उपनाम दिइएको छ ।

तत्कालीन परराष्ट्रमन्त्री आरजु राणाकी पिए तारा गौतम रहेकी थिइन् । गौतमलाई शाखा अधिकृतबाट फाइल बढुवा गरेर उपसचिव बनाइएको थियो । उपसचिव बन्नासाथ उनलाई गोन्जाओको राजदूत बनाएर पठाइएको थियो । उनी गोन्जाओ गएपछि उनका श्रीमान पनि सँगै गएका थिए । उनका श्रीमान पनि कर्मचारी नै हुन् । उनी आफू कार्यरत कार्यालयको काम छोडेर काजमा श्रीमतीसँगै गोन्जाओतिर लागेका थिए । त्यसैगरी कांग्रेस निकट कर्मचारी युनियनका नेता यज्ञ पौडेल र उत्तम शाही उपसचिवबाट सह–सचिव बढुवा हुन सकेनन् । त्यसले गर्दा उनीहरु पनि अहिले परराष्ट्रमै बसिरहेका छन् ।

उता, प्रथामा उप्रेती उपसचिवमा बढुवा हुन नसकेपछि सार्क सचिवालयमा रहेका हरि सोडारीलाई सह–सचिवमा बढुवा गरेर उनीको ठाउँमा उप्रती गएकी थिइन् । उनले मासिक तलब सुविधा ७ लाखसम्म हात पार्दै आएकी छिन् । उपे्रतीलाई त्यो ठाउँसम्म पु¥याउने काम तत्कालीन अर्थमन्त्री विष्णु पौडेलकी बुहारी प्रतिमा अधिकारीले गरेको बताइन्छ । प्रतिमा अधिकारी अर्थमन्त्री पौडेलको बुहारी भएकै कारण शक्तिशाली कर्मचारीको रुपमा मानिन्थिन् । त्यसकै आडमा उनी अमेरिकाको वासिङटन पुग्न सफल भएकी थिइन् । ‘वेय नियम’ परिवर्तन गरी कर्मचारी दरबन्दी थप्नमा उनैको हात रहेको बताइन्छ । अर्थमन्त्री पौडेलको आडमा मुख्यसचिवहुँदै अर्थसचिव, संघीय सचिव, परराष्ट्रसचिव र मन्त्रीहरुलाई प्रभावमा पारेर तारा गौतम, प्रथामा उप्रेती र प्रतिमा अधिकारीहरु शक्तिशाली बन्ने गरेको प्रराष्ट्रमन्त्रालयमा चर्चा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *