सशस्त्र प्रहरीका हालका आईजीपी राजु अर्यालले आफ्ना मित्र वंशीराज दाहाललाई आईजीपी बनाउने खेलोफड्कोमा लागिपरेका छन् । तर, त्यसमा सिनियर नारायण पौडेल रहेका छन् । पौडेललाई जेनजी आन्दोलनको घटनालाई लिएर दाहाललाई आईजीपी बनाउने चलखेल भइरहेको छ । किन कि दाहाल पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नजिकका व्यक्ति भएको बताइन्छ । यदि दाहाल आईजीपी बनेको खण्डमा पौडेल जेठको पहिलो साता ४ वर्षे अवधिका कारण अवकासमा जाँदैछन् । हाल पौडेल मानव स्रोत विभागका प्रमुख रहेका छन् भने दाहाल सीमा विभाग प्रमुख छन् ।
उता, लेखा शाखा र आर्थिक प्रशासनको मनोमानी छुट्टै छ । आर्थिक प्रशासन प्रमुखमा वर्षौंदेखि एसएसपी होम ज्ञावलीले तर मारिरहेका छन् । पैसाबिना ज्ञावलीले कसैलाई चिन्दैनन् । किन कि अहिले अर्बौंको बजेट उनको हातमा छ । ज्ञावलीले आफ्नो हातमा ठूलो कमिसन आउने देखे भने बजेट खर्च गर्न दिन्छन् त्यो देखेनन् बजेट खर्च गर्न दिँदैनन् । १० लाख मुनिको काम कोटेसनमा गर्न मिल्ने गरी ल्याउने र आफ्नो नजिकका विशाल तिमिल्सिनाको परिवारको नाममा रहेको फर्मबाट भुक्तानी गर्ने गरेका छन् । त्यसको अलिअलि काम सशस्त्र प्रहरीलाई नै गराउँछन् । यसरी करोडौं रकम हिनामिना गर्ने व्यक्तिलाई २२ वर्षदेखि एकै ठाउँमा राख्नुको कारण सबैलाई मिलाएर बाँडीचुँडी खानु हो भन्दै छन् सशस्त्रभित्रकै कर्मचारीहरु ।
यस वर्षको बजेट निर्माणमा पनि त्यस्तै हुन गइरहेको छ । एक पटक पनि मिसनमा नगएका एसएसपी भुपेन्द्र केसीले राजनीतिक पावरको आडमा १५ स्थानभन्दा बढी कार्यालयको कमाण्ड र राजनीतिक पावरकै भरमा डीएसपीबाट एसपी हुँदा ९० जनालाई टपेर भएका थिए । एसपीबाट एसएसपी हुँदा टपेरै भएका हुन् । अब डीआईजीको दौडमा रहेका केसीलाई के आधारमा डीआईजी बनाउने हो ? डीएसपीमा केसीभन्दा सिनियरहरु हाल एसपीमै थन्किएर बसेका छन् । केसीको कार्यसम्पादन पनि राम्रो छैन । आफू जहाँ जाँदा पनि रनर, बढी गार्ड र ४ जना ड्राइभर लिएर हिड्छन् ।
क्यान्टिन, मेस र लेखा जस्ता आम्दानी हुने ठाउँमा राखेर पैसा असुल्ने गर्दछन् । हाल उनले काठमाडौंमा करोडौंको महल खडा गरेका छन् । त्यति ठूलो महल ठड्याउने पैसा कहाँबाट आयो भनेर कसैले खोजी गरेको छैन । उनकी श्रीमतीको सामान्य ब्युटीपार्लर व्यवसाय छ । त्यसले गर्दा अन्य क्षेत्रको तुलनामा सुरक्षा निकायभित्र भ्रष्टाचारको शृंखला झन् डरलाग्दो भएको पुष्टि हुन्छ । रास्वपा सरकारका गृहमन्त्री सुदन गुरुङले सुरक्षा निकायभित्र हुने भ्रष्टाचारको छानविन गरी दोषीमाथि कारबाही गर्छन् कि गर्दैनन् त्यो हेर्न बाँकी छ । उता, प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रक्षामन्त्रालय सम्हाली रहँदा नेपाली सेनाभित्र भएको भ्रष्टाचार र विकृतिलाई कसरी छानविन गरी कारबाही गर्छन् त्यो पनि हेर्न बाँकी छ ।

