काठमाडौं । सशस्त्र प्रहरीका आइजीपी राजु अर्यालले आफ्नो कार्यकाल पुरा गरेर यहीँ बैशाख १८ गते अवकाशमा गएका छन् । आइजीपीका प्रतिस्पर्धी वंशी दाहाल र नारायणदत्त पौडेल प्रतिस्र्पामा थिए । सरकारले जेष्ठताको आधारमा नारायण दत्त पौडेललाई सशस्त्रको महानिरीक्षकमा नियुक्ति गरेको छ । पौडेलले गत सोमबारबाट कार्यभार सम्हालेका छन् । अब पौडेलले सशस्त्र प्रहरीलाई कसरी चलायमान बनाउँछन् त्यो प्रतिक्षाको विषय बनेको छ ।
सशस्त्रभित्र हुने गरेका विकृति र विुंगतिका चाङहरुलाई कसरी हटाउँछन् त्यो पनि हेर्न बाँकी छ । सशस्त्र प्रहरीभित्र सरुवा बढुवामा हुने चलखेललाई पनि कसरी नियन्त्रण गर्छन् त्यो पनि एकिन छैन । त्यसैगरी विभिन्न गुल्म र गणमा बसेर अकुत सम्पत्ति आर्जन गर्ने एआइजी, डिआइजी, एसएसपी, एसपी र डिएसपीहरुको पनि सम्पक्ति छानबिन गर्नुपर्ने आवाज सशस्त्र प्रहरीभित्र उठिरहेको छ । त्यस्तै, सिमा क्षेत्रमा खटिएका प्रहरीहरुले गर्ने व्यवहारमा सुधार ल्याउनुपर्ने विषय छन् । अर्काेतर्फ सशस्त्र प्रहरीले भौतिक संरचना निर्माणदेखि जग्गा खरिद गर्दा डिआईजी कालीप्रसाद धुवाजी र एसएसपी ज्ञानप्रसाद भुर्तेलले सशस्त्रभित्र गरेको भ्रष्टाचारको छानविन गर्छन् कि गर्दैनन् भन्ने प्रश्न त्यत्तिकै उब्जिएको छ ।
डीआईजी धुवाजीले गत साउनबाट अवकास प्राप्त भएका छन् भने एसएसपी भुर्तेल कार्यरत नै छन् । भुर्तेलको सम्पत्ति चाँडोभन्दा चाँडो छानविन गर्नुपर्ने माग पनि त्यत्तिकै उठ्न थालेको छ । सशस्त्रभित्र हुने सरुवा, बढुवामा ‘कसैलाई लाखा र कसैलाई पाखा’ पार्ने काम पहिलादेखि हुँदै आएको थियो । सशस्त्रमा तरमार्ने प्रहरीहरुमा दीपक कुमार थापा, सुधिर सुवेदी, महेश केसी, प्रकाश कुमार सुवेदी, चित्राङ्गत दाहाल, सुवाश भण्डारी, प्रदीप सिंह कार्कीलगायत छन् ।
यस्ता प्रहरीहरुलाई महानिरीक्षक पौडेलले कस्तो कारबाही गर्ने हुन् भन्ने प्रश्न पनि त्यत्तिकै खडा भएको छ । त्योसँगै सीमा क्षेत्रमा हुने गरेका चोरीतस्करी र राजश्व छली गर्ने व्यापारीहरुलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी चुकिरहेको छ । त्यस्ता विषयमा ध्यान दिन्छन् कि दिँदैनन् भन्ने प्रश्न उठिरहेको छ ।

