काठमाडौं । श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार विभागलाई चलायमान बनाउन सकेका छैन । मन्त्री यादवले विज्ञ र विभिन्न देशका राजदूतहरुसँग छलफल गरी वैदेशिक रोजगार सम्बन्धी ऐन संशोधन गरी विदेश जाने युवायुवतीहरुलाई सहजीकरण गर्न कुनै पहल गरेको पाइँदैन । श्रम सचिव डा. दीपक काफ्लेले जुन फाइल लाछन्छन् त्यसलाई सदर गरेर बसिरहेका छन् ।
सर्वसाधारण युवाले स्वदेशमै रोजगारीको आशा गरे तापनि मन्त्री यादवले त्यसको व्यवस्थापन गर्न सकेका छैनन् । वैदेशिक रोजगार विभागमा विगत लामो समयदेखि विकृति र विसंगति बढेसँगै गठीका काण्डहरु त्यत्तिकै छन् । गत हप्ता मात्रै विभागको उजुरी शाखाका नासु हेमबहादुर मसाङ्गीलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारले पक्राउ गरेको थियो ।
मसाङ्गीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । वैदेशिक रोजगार विभागभित्र हुने यस्ता घुस काण्ड परापूर्वकालदेखि चल्दै आउने परम्परा हो । रास्वपाबाट मन्त्री बनेका यादवले पुरोना सेटिङलाई तोड्न सकेका छैनन् । श्रम सचिव काफ्लेले पनि वैदेशिक रोजगार विभागभित्रको पुरानो सेटिङलाई भत्काउने प्रयास गरेका छैनन् । सचिव काफ्ल पुरानै शैली र व्यवहारमा रमाइरहेका छन् ।
वैदेशिक रोजगार विभागमा विकृति र विसंगति बढिरहँदा महानिर्देशक मिरा आचार्य र उप–सचिव खिला राईहरु रमिते बनिरहेका छन् ।
महानिर्देशक बनेकी आचार्य र उप–सचिव राईलाई तत्कालीन मुख्यसचिव एकनारायण अर्यालको डिजाइनअनुसार विभागमा पठाइएको आरोप छ । त्यसले गर्दा पनि वैदेशिक रोजगार विभागमा मुख्यसचिव अर्यालकै डिजाइन अनुसार खेलोफड्को भइरहेको बताइन्छ । रास्वपा सरकारले सुधारका योजना ल्याउने हल्ला गरे तापनि वैदेशिक रोजगार विभागमा चल्दै आएका म्यानपावर कम्पनीका सञ्चालक र कर्मचारीबीच हुने सेटिङ हटाउन सकेको छैन । यादव श्रममन्त्री भएपछि त झन् वैदेशिक रोजगार विभाग लथालिङ्ग अवस्थामा गुज्रिइरहेको छ । यता श्रम मन्त्रालय सुनसान अवस्था छ भने वैदेशिक रोजगारीमा हुने विभिन्न ठगी र अनियमितता घटना झन् बढ्दै गएको छ ।
श्रममन्त्री यादव भने विभिन्न श्रम सम्झौता नविकरण गर्ने र नयाँ रोजगारदाता देशहरुसँग सम्झौता गर्ने तरखर गरिरहेका छन् । हाल नेपालीहरु १७८ वटा देशमा रोजगारीको लागि पुगे तापनि अहिलेसम्म १३ वटा देशसँग मात्रै श्रम सम्झौता भएको पाइन्छ । अन्य देशहरुमा श्रम सम्झौताको लागि मन्त्री र सम्बन्धित कर्मचारीहरु भ्रमण गरे तापनि श्रम सम्झौता भने गरिएको पाइँदैन ।
पहिला रास्वपा सभापति रवि लामिछानेले नेपाली युवायुवतीलाई नेपाल रोजगारी दिलाउने, विदेशमा भएका श्रमिकहरुलाई पनि नेपाल झिाउने भनेका थिए । तर, रास्वपाको दुई तिहाई हाराहारी बहुमतको सरकार हुँदा फेरि नयाँ देशसँग श्रम सम्झौता गर्ने भनिरहेका छन् ।
अर्कोतिर विभिन्न देशमा रहेका नेपाली श्रमसहचारीहरुलाई फिर्ता बोलाउने र नयाँ पठाउने योजना भइरहेको छ । त्यसले गर्दा रास्वपाको सरकारले पहिलाका सरकारले जस्तै काम गर्न खोजेको देखिन्छ । रास्वपा सरकारले जतिसुकै सुशासनका कुरा गरे तापनि वैदेशिक रोजगारीमा हुने ठगीधन्दाहरु यथावत रहने देखिन्छ । म्यानपावर व्यवसायी र सरकारी निकायबीच समन्वय गरी सहजीकरण गर्नुपर्नेमा त्यो हुन सकेको छैन ।

