ananta gurung

राजतंत्र र धर्मनिरपेक्षता

राजनीति विविध

अनन्त गुरुङ

२०८३ साल जेष्ठ२० गते बुधवारको तामाकोशी सन्देश राष्ट्रिय सप्ताहिकमा प्रकाशित
राजतंत्रलाई हटाएर नेपालमा धर्मनिरपेक्षता लाद्ने पुरानो दलहरुको कामले उहाँहरु नै बदनाम भएकाछन । तत्कालिन राजा ज्ञानेन्द्र सित दलहरुले ५ बुँदे सम्झौता गरी त्यसको पालना नगरेको हुँदा पुराना दलहरु धेरै आलोचित भएकाछन । लाटो लड्छ एक भल्ट्याङ अनि बाढो लड्छ तीन भल्ट्याङ भनेको झै बठ्याई गर्ने पुरानो दलहरुले तीन भल्ट्याङ खाएकाछन । नेपाली जनताले नमागेको र नचाहेको संघियता र गणतंत्रको स्थापना नेपालमा गर्ने पुराना दलहरु अहिले आएर संघियता र गणतंत्रले ल्याएको आर्थिक बोझको मुनी दबिएर स्वयम नै मरानासन्न अवस्थामा पुगेकाछन । पुरानो दलहरुले अपराधको बाटो अपनाउदै राजदरवार हत्याकण्डको घटना गराएर राजा वीरेन्द्रको बंश नास गर्ने सफलता पाएको भएतापनि त्यो सफलता उनीहरुकै लागि अभिसाप बनेर जागृत भएकोछ ।

बिदेशीको सहायता लिएर नेपालको राजपरिवारलाई खतम पार्ने पुरानो दलहरुले पाएको सफलता यतिबेला उहाँहरु कै लागि मुतको न्यानो जस्तो मात्रै भएकोछ । नेपाली जनताले कसै गरे पनि पुरानो दलहरुले बिदेशीको सहायता लिएर नेपालमा ल्याएको संघियता र गणतंत्रलाई स्वीकार गरी रहेका छैनन् । नेपाली जनतालाई नसोधी राजतंत्र र संघियतालाई हटाउने पुरानो दलहरुको काम अहिले उहाँहरु कै लागि नटोक्नु नचपाउनु भएकोछ । त्यतिबेला बिदेशीको लहैलहैमा लागेर मनगडन्ते तरिकाले नेपालको गौरवमय इतिहास बोकेको राजतंत्र र नेपाली जनताले परपूर्व काल देखि मान्दै आएका वैदिक सनातनी हिन्दूधर्मलाई हटाउने काम गरेका थिए । नेपाली जनताको पितापुर्खाहरुले परपूर्वकाल देखिमान्दै आएको धर्म, संस्कार र परम्परा अनि उहाँहरुबाटै सोहीअनुसार निर्माण भएका सम्पदाहरु जस्तो मठ मन्दिर, शिवालय, देवालय, पानी पंधेरा, पाटी पौवाहरु लाई भत्काउने र आगो लगाएर बिनास गरी कव्जामा लिएर त्यसैमाथि बसोबास गर्ने जस्ता पुराना दलहरुको कामहरुलाई यतिबेला नेपाली जनताले थु थु गरीरहेकाछन ।

गत आम चुनावमा रबि र बालेन द्वारा नेतृत्व गरिएको राष्ट्रिय स्वतंत्र पार्टीले यहाँ उल्लेखित मुद्दाहरु कै बदौलत लगभग २र३ बहुमत पाउन सफल भएका थिए । उक्त आम चुनावको मत परिणाम संगै पुराना दलहरु बिष निकालिएको बिषालु सर्प झै वेकामे बनेका छन । तैपनि पुरानो राजनीतिक उपलव्धिको धङधङीले गर्दा उहाँहरु प्रधानमंत्री बालेनको सरकारलाई ढाल्ने र प्रधानमंत्री बालेनलाई सडकमा घिसार्ने जस्ता प्रतिक्रिया दिएर बलीरहेको आगोमा घीउ थप्ने काम गर्दै बसेकाछन । नेपाली जनताबाट २र३ बहुमत पाएर बनेको बालेन सरकार सर्वशक्तिमान भएपनि संबिधान संसोधनको मार्गबाटै संघियता र धर्मनिरपेक्षताको खारेजी, राजतंत्र र वैदिक सनातनी हिन्दूधर्मको वापसी जस्ता महत्वपूर्ण बिषयहरु बारे निर्णय गराएर आम सहमति लिन र गराउन चाहेकाछन ।

तत्कालिन राजा ज्ञानेन्द्र माथि पुराना दलहरुले दरवार हत्या काण्डको द्वोष लगाएका थिए । त्यो बेला नेपाली जनताले पनि आक्रोश भएर पुरानो दलहरुकै भनाईलाई सत्य मानी उहाँहरुलाई नै साथ सहयोग दिएको थियो । त्यसो हुँदा राजतंत्र कमजोर बन्न पुग्यो र त्यसैको फाईदा उठाएर पुरानो दलहरुले राजतंत्रलाई मनगडन्ते तरिकाले हटाउने काम गरेका थिए । साथै पुरानो दलहरुले राजपरिवारले स्वीटजरलैंडको बैंकमा देश लिटेर लगेको पैसा लुकाएको मनगठन्ते काहानी बनाएर सुनाउँदै नेपाली जनताको मनमा भ्रमको बीउ बिजन छर्ने काम गरी राजतंत्रलाई थप बदनाम तुल्याएका थिए । आज आएर पुरानो दलहरुले राजतंत्र माथि लगाएको उक्त सबै आरोपहरु झुटो साबित भईसकेका छन । जुन बिदेशी प्रभूलाई दरवार हत्याकाण्ड गर्न पुरानो दलहरुले सहायता दिएका थिए तिनै बिदेशी प्रभूले आज आएर पुरानो दलहरुलाई नेपाली जनताको सामु नाङगेझार पारी सकेकाछन ।

यस्तो अवस्थामा आउँदा पनि पुराना दलहरुको चुरीफुरीमा भने कुनै कमी आएको छैन । चुनाव जितेर सदनमा पुग्ने सफलता पाएका केही पुराना दलका नमुना साँसदहरुले सदनमा अवरोध खडागरी नेपालको संसदलाई नै बदनाम पार्ने काम दोहर्याएकाछन । पुरानो दलहरुले ३६ बर्ष सम्म सत्तामा बसेर गरेको फोहरको डंगुर तह लगाएर फाल्न २र३ बहुमत प्राप्त बालेन सरकारको लागि पनि हम्मेहम्मे परीरहेकोछ । बालेन सरकारलाई सरल र सहजतरिकाले काम गर्नबाट पुराना दलका अवशेषहरुले सदन र सडक दुबै ठाउँबाट बाँधा हाली राखेकाछन । स्वघोषित संघियता र गणतंत्रको पिताले पनि बालेन सरकारलाई संघियता र गणतंत्र हटाउने काम नगर्न चुनौती दिएकाछन ।

तर नेपाल राष्ट्रको आर्थिक हालतले भने त्यसो भनीरहेको छैन । पुरानो दलहरुले नेपालमा मनगडन्ते तरिकाले लादेको संघियता र गणतंत्र चलाईराख्ने क्रममा नेपाल राष्ट्रको ऋणको भारी बढेर जाँदा जाँदा ३० खर्व पुगी सकेको छ । अब पनि संघियता र गणतंत्रलाई खारेज गरिएन भने नेपाल राष्ट्रको अस्तित्व नै समाप्त हुने खतरा बढेकोछ । बालेन सरकारले हालै ल्याएको बजेट नीति र कार्यक्रम अनुसार पनि आगामि बर्ष भित्रै नेपालको सार्वजनिक ऋण ३४ खर्ब पुग्ने देखिएको छ । नेपालको राष्ट्रिय आम्दानीले नेपाल सरकारको चालु खर्च नै धान्न नसक्ने अवस्था नेपालमा अहिले विद्यमान रहेकोछ । कि राष्ट्रिय आम्दानी बढाउनु पर्यो होइन भने राष्ट्रिय खर्चलाई कम गर्दै जानु पर्यो अथवा संघियता र गणतंत्रलाई चलाउनको निमिक्त ऋण नलिई सुखै छैन । यसरी ऋण गरी गरी घीउ पिउनमा अभ्यस्त पुराना दलहरुले नेपाली जनताको लागि कुनै सहज विकल्प छाडेका छैनन् ।

त्यसकारण बालेन सरकारको सामु कडुवा औषधी पीउने बाहेकको अरु सरल र सहज उपाय छैन । संघियता र गणतंत्रलाई खारेज गरी त्यसको ठाउँमा पहिलेको जस्तै संबैधानिक राजतंत्रलाई फर्काउन नेपाली जनता तयार हुन जरुरी छ । मर्ता क्या नही कर्ता १ बिदेशीको ऋणको भारीमा दबेर आफ्नो राष्ट्रको अस्तित्व नै गुमाउनु भन्दा यो उपाय सबै भन्दा उत्तम छ । नेपाली जनताको राष्ट्रिय स्वाभिमानीलाई जीवितै राख्ने यो मात्रै एक रामबाण उपाय हो त्यसलाई यो बेला चलाउनबाट बालेन सरकर विलकुलै चुक्नु हुन्न । राजतंत्र वैदिक सनातनी हिन्दूधर्म बिना पूर्ण हुँदैन । राजतंत्र र वैदिक सनातनी हिन्दूधर्म एक आर्काका पुरक हुन । नेपाली जनतालाई आपसमा अहिले सम्म जोडेर राखेको पनि वैदिक सनतानी हिन्दूधर्मले नै हो । धर्मनिरपेक्षता नेपाल राष्ट्र र नेपाली जनतालाई आफ्नो गुलाम बनाउने एक खतरनाक जाल मात्रै हो ।

पुराना दलका शीर्ष नेताहरुले धर्मनिरपेक्षताको आडमा ईसाइ धर्मको प्रचार प्रसार अभ्यास नेपालमा बढाउने काम गरेका थिए । बिदेशीको धर्म र संस्कारले नेपाली जनताले परपूर्व कालदेखि मान्दै आएका धर्म र संस्कारलाई बिस्थापित गराउँदै लाने कूटिल चाल पुरानो दलहरुले नेपालमा चालेका थिए । यसरी पुरानो दलहरुले नेपाल राष्ट्र र नेपाली जनताको स्वाभिमानीको घाँटी रेट्दै लगेका थिए । बालेन जस्तो राष्ट्रवादी नेताको नेतृत्व पाएर नेपाली जनता धन्य भएकाछन अब पक्कै पनि नेपाली जनताको आत्मस्वाभिमान बिदेशीको पाउ मुनी बलेन सरकारले दव्न दिनेछैन भन्ने कुरामा ढुक्क भएकाछन । पुरान दलहरुलाई समयमा नैचिन्न जान्न नसक्नु नेपाली जनताको ठुलो भुल हो । त्यसै गरी नेपाल राष्ट्रकै स्थापाना गरेका राजतंत्र प्रति पुराना दलहरुले फैलाएको भ्रममा परी साथ छाड्नु पनि नेपाली जनता महाभुल थियो ।

अब त्यसको लागि पश्चताप गरी बिगतमा गरेका सबै भुलहरु सच्याउने बेला पनि यहि हो र अवसर पनि यहि नै हो । अहिले चलेको वैश्चिक परिस्थितिको कारण नेपाल राष्ट्रलाई जोगाउने देश भक्त राजा नै चाहिन्छ । बिदेशीका दलाल बनी सकेका पुराना दलहरुबाट अब नेपाल राष्ट्रको लाज बचाउन सकिन्न । त्यसकारण राजतंत्रको वापसी, धर्मनिरपेक्षताको खारेजी, संघियता र गणतंत्रको खारेजी संगै प्रत्यक्ष निर्वाचित प्रधानमंत्रीको व्यबस्थामा नहिच्किचाई जाऔं । पुराना दलका शीर्ष नेताहरुको व्यक्तिगत स्वार्थ पुरा गर्ने माध्यम बन्नुबाट अब नेपाल राष्ट्र र नेपाली जनतालाई सदाकालको लागि मूक्त बनाएर नै छाड्नु पर्छ । आईन्दा नेपाली जनताले निर्णय गर्दा आफ्नो भविष्यलाई नहेरी आफ्नो भविष्यका सन्तानको भविष्यलाई हेरी गर्नु पर्छ ।

अहिलेको पुस्ता हाम्रो समय गयो बर्बाद भयो त्यसकारण नेपाली जनताले आफ्नो भविष्यको सन्तानको लागि उनीहरुको समय हाम्रो जस्तै गरी बर्बाद भएर खेर नजावस भनी सोचेर निर्णय लिनु पर्ने हुन्छ । पुरानो दलका शीर्ष नेताहरुले आफै मात्र बन्ने र आफ्नै परिवार र आफन्तलाई मात्रै बनाउन खोजेकाले नेपाल राष्ट्र र नेपाली जनताको भविष्य नै डामाडोल बन्यो । बालेन सरकारले अब त्यसो हुनबाट रोकेर नयाँ पुस्ताको लागि नयाँ नेपालको निर्माण गर्नेछन । नेपाली जनताले केवल होस्टे हैंसे गरे मात्रै पुग्छ र बेलाबेला पुराना दलका बाँदरे नेताहरुलाई छेउछाउ कतै देखिए होशियारी पूर्वक छेकथुन गरी उतै फर्काउनु पर्छ । प्रमं बालेनले आफैलाई झन बलियो बनाउनको निमिक्त राष्ट्रवादी शक्तिहरु सित हातेमालो र गोलबन्द गरी लक्ष साँधेमा निशाना अवश्य चुक्ने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *