ananta gurung

नेपाली जनता आर्थिक वर्कत कुर्दैछन

राजनीति लेख समाचार

अनन्त गुरुङ

९२०८३ साल अषाढ१० गते बुधवारको तामाकोशी सन्देश राष्ट्रिय सप्ताहिकमा प्रकाशित०
पुरानो दलहरुले ३६ बर्ष सम्म शासन सत्ता चलाएपनि नेपाली जनताले खोजेको आर्थिक वर्कत नेपालमा ल्याउन सकेन । यसो हुनुको खास कारण उहाँहरु लोभी पापी भएकाले नै हो । उहाँहरुले आफ्नो परिवार र शाखा सन्तानको आर्थिक वर्कतलाई धेरै ध्यान दिएको हुँदा नेपाल राष्ट्र र नेपाली जनताको जीवनमा आर्थिक परिवर्तन ल्याएर आर्थिक वर्कत भएको देखाउन सकेन । अब सोही काम नेपाली जनताले राष्ट्रिय स्वतंत्र पार्टीको नेतृत्वमा बनेको बालेन सरकारलाई दिएकाछन । पुरानो दलहरुले लिएको बाटो नै गलत र सोच नै गलत भएको हुँदा नेपाली जनताले चाहेको आर्थिक वर्कत उहाँहरुले नेपालमा ल्याउन सकेन । पुराना दलका शीर्ष नेताहरु आफैले भने सत्तामा बसेर अकुत कमाई सकेको कुरा नेपाली जनताको नजरबाट लुकेको छैन । अझ पनि बैंकहरुबाट गायव पारिएको खर्बौं पैसाहरु बोरामा कोचिएर पुराना दलका शीर्ष नेताहरु र अन्य नेताहरुको गोप्य चिसो छिंडीमा उद्धारको पर्खाईमा रहेकोछन ।

पुरानो दलका शीर्ष नेताहरुले हुण्डी मार्फत बिदेशमा पुर्याएर बिदेशी बैंकहरुमा लुकाएको वा विदेशमा लगानी गरेको पैसा के कती हो भन्ने कुराको एकिन नेपाल सरकार र नेपाली जनतालाईछैन ।नेपालमा र नेपाल सरकार भित्र सक्रिय परियोजनाहरुको दलाल बिचौलियाहरुले पुराना दलहरुको शीर्ष नेताहरुको नाममा सिधै बिदेशी बैंकहरुमा जम्मा गरिदिएका कमिसनका पैसाहरु उडाउँदै अहिले पनि नाम चलेका दलका शीर्ष नेतामद्धेका केही नेताहरु बिदेशमा बसीरहेकाछन । नेपाल राष्ट्र र नेपाली जनतालाई नाङ्गै पार्ने गरी लुटेर पनि उहाँहरुलाई पुगेको छैन । उहाँहरु अझै सत्तामा पुगेर थप लुटपाट गर्ने ताकमा बसेकाछन । जेन जी आन्दोलन ताका गैरकानुनी तरिकाले पुरानो दलका शीर्ष नेताहरुले घरमा लुकाएर राखेको अवस्थामा खर्बौं पैसा घर संगै जलेर खरानी भएको कुरा सर्वविदित नै छ ।

यस्तो आर्थिक वर्कत नेपाली जनताले खोजेको छैन जहाँ दलका शीर्ष नेताहरुलाई मात्रै फाईदा हुन्छ र नेपाली जनता रमिते मात्रै बन्छन । भएभरका सबै उद्योगहरुलाई बन्द गरी आयात व्यापार बढाएर बिदेशीको आर्थिक वर्कत बढाउने पुराना दलका शीर्ष नेताहरु नै हुन । यसबाट नेपालका केही व्यापारीहरु र व्यवसायीहरुको आर्थिक वर्कत भने राम्रो भएकोछ । तर नेपाल राष्ट्र र आम नेपाली जनता भने बिदेशीले उत्पादन गरेको किनेर खानु पर्दा महंगाईको चापमा परी धनवानबाट तल झर्दै गएर झन गरिब भएकाछन । यसरी कंगाल बनाईसकेको नेपाली जनतालाई पुरानो दलका शीर्ष नेताहरुले बिदेशीले गरी दिएको बिकासको भरमा आशावादी भएर बस्न बाध्य तुल्याएकाछन । औद्योगिक बिकासकोकुरा सुन्ने बित्तिकै पुरानो दलका शीर्ष नेताहरुको पारा हाईपर भईहाल्ने हुँदा भएभरका पुरानो उद्योगहरु जति कुनै बन्द गर्ने र कुनैलाई निजीकरणको नाममा बेचेर खाने जस्ता हर्कत मात्रै अहिले सम्म देखाएकाछन ।

पहिले नेपाली जनता सित राजनीतिको विकल्प थिएन त्यसैले पुराना दलहरु सित होमा हो मिलाएर बस्नु बाहेक अरु उपाय थिएन । राष्ट्रिय स्वतंत्र पार्टीको उदय संगै सोदल भित्र रबि र बालेनको कुशल नेतृत्व बिकास भएको महसुस गरी नेपाली जनताले पुरानो दलहरु संगै तिनीहरुले नेपालमा चलाएको साह्रा आर्थिक बिकृतिहरुलाई त्यागेर नेपाली जनताले राष्ट्रिय स्वतंत्र पार्टी र त्यस भित्र बिकसित रबि र बालेनको नेतृत्वलाई अपनाएकाछन । प्रधानमंत्री बालेनले पनि नेपाली जनताले भनेको जस्तै चाहेको जस्तै गरी बन्द उद्योगहरुलाई एक एक गरी खोलेर चलाउने कार्यबाही थालीसकेका छन । पूर्वाधार बिकासको नाममा खर्बौं पैसा ऋण गरी गरी बर्षौं देखि लगानी गर्दै आएको भएपनि त्यसबाट नेपाल राष्ट्रमा आर्थिक वर्कत आउन सकेको छैन ।नेपालमा पुराना दलका शीर्ष नेताहरुले चलाएको भ्रष्टाचारले गर्दा ऋण गरेको पैसा बलुवामा पानी खनाएको सरह भएर बिना आर्थिक वर्कत सकिएकाछन । नेपाल राष्ट्र र नेपाली जनताले ऋण मात्रै बोक्नु परेको छ भने त्यसबाट आर्थिक वर्कत भने पुराना दलका शीर्ष नेताहरुको मात्रै भएकोछ । भएभरका पुराना राष्ट्रिय उद्योगहरुलाई रुघ्न भन्दै निजीकरणको नाममा बेची खाएपछि नेपाली जनताको गरी खाने बाटो नै पुरानो दलहरुले बन्दगरी दिएकाछन । त्यो भन्दा पनि नराम्रो के भयो भने पुरानो दलहारुले नेपाली जनतालाई वेरोजगार मात्र नबनाएर नेपाली जनतालाई मानव तस्करीको स्रोतको रुपमा प्रयोग गरी फाईदा पनि खुबै उठाएकाछन ।

सम्म कती नेपाली जनताको ज्यान बिदेशमा त्यसै गईसकेकोछ भन्ने आकडा हेर्न कै लागि पनि कहाली लाग्दोछ ।रास्वपाका शीर्ष नेता रबिले पत्रकारको रुपमा आफ्नो जीवन यात्रा नेपालमा सुरु गर्दा वैदेशिक रोजगारीको हालत दयनीय देखेपछि सोही बिषयमा लेख्ने बोल्ने देखि लिएर वेदेशिक रोजगरीको दौरानमा बिदेशमा पीडा भोगीरहेकाहरुलाई उद्धार सम्म गरेका थिए । त्यतिले मात्रै नेपालबाट वैदेशिक रोजगारीमा गएकाहरुको पीडा खतम पार्ने नसकिने थाहा पाएपछि उहाँले नेपालको राजनीतिमा प्रवेश गरी नीति नियम बनाएर नै वैदेशिक रोजगारीमा गएका नेपालीहरुको पीडालाई जरै देखि खतम पार्ने हेतुले राष्ट्रिय स्वतंत्र पार्टीको निर्माण गरेको थिए । सुरुको आम चुनावबाट नै उत्साहजनक नतिजा आएपछि उहाँ पुराना दलहरुले मिलीजुली बनाएको नेपाल सरकारमा दुईपटक छोटो समयको लागि गृह्यमंत्रीको रुपमा काम गरेका थिए । पुरानो दलहरुले उहाँलाई पटक्कै काम गर्न दिएन र अन्तिममा सहकारीको झुट्टा मुद्दाहरु लगाएर उहाँको मान मर्दनको साथ मार्ने सम्मको प्रपञ्चहरु बुनेका थिए । जेन जीले आन्दोलन गरेपछि पुराना दलका भ्रष्ट शीर्ष नेताहरु र अन्य नेताहरुको भागाभाग भयो ।

त्यसै क्रममा पुरानो दलहरुले सत्ता छोड्न बाध्य भए । जेन जीका बालकहरुले गरेको ठुलो वलीदानीपूर्ण आन्दोलनमा ७७ बालकहरुको ज्यान लिने दृष्ठता तत्कालिन ओली(देउवा सरकारले गरेको थियो। सोही वलीदानीको बदौलत नेपाली जनताले दलहरुको भ्रष्ट र अपराधिक शासन सत्ताबाट हमेसाको लागि मूक्ति पाउने सफलता पाएको छ । यो संगै जेन जीको आन्दोलनकारीहरुले नेपालमा सुशासनको बीज रोप्ने काम गर्यो भने त्यसलाई उचित मल जल र रक्षा गरी हुर्काउने कार्यको जिम्मा रबि र बालेनको जोडीलाई प्राप्त भयो । काठमाण्डौ महानगरपालिकाको मेयर हुँदा सुशासनको काम गरी देखाउन सफल बालेनलाई नै नेपाली जनताले प्रधानमंत्री बनाएर जेन जीको मिसन सुशासन पुरा गर्नको लागि कार्यादेश नेपाली जनताले दिएकाछन । मेयर बालेनबाट एकैचोटी प्रधानमंत्री बालेन बन्न सफल बालेन शाह यतिबेला संसार कै लागि उदाहरणीय बनेकाछन । कुनै पनि वादमा नलागेका प्रधानमंत्री बालेन शाह यतिबेला नेपालको मात्र होईन संसार कै हिरो बनेकाछन । कुनै ठोश शिद्धान्त बिना पनि जनआन्दोलन हुन्छ र गर्न सकिन्छ भने अमेट नजिर उहाँले नेपालको राजनीतिक इतिहासमा थपेकाछन । भ्रष्टाचार बिरुद्धको सुशासन अभियान जस्तो जल्दो बल्दो ताजा मुद्दा कै भरमा उहाँले नेपालमा ठुलो राजनीतिक परिवर्तन ल्याउने भूमिका सफलतापूर्वक निर्वाह गरीसक्नु भएकोछ ।प्रधानमंत्री बालेन शाहले चितायो कि बितायो भन्ने त्रासबाट अहिले पुराना दलका शीर्ष नेताहरु गुज्री रहेकाछन ।

उहाँ काठमाण्डौ महानगरपालिकाको मेयर हुँदा कानुन अनुसार उहाँलाई कर्तव्य पुरा गर्न नदिएको झोकमा उहाँले एमाले शीर्ष नेता पूर्व प्रधानमंत्री ओली कै बिरुद्ध साँसद पदको लागि आफ्नो उम्मेद्वारी दिएर अभुतपूर्व बिजय हाँसिल गरी ठुलो बदला लिनु भयो । हरुवा एमाले शीर्ष नेता पूर्वप्रमं ओली अझ पनि उक्त चुनाव हारेको चोटबाट मूक्त हुन सकिरहेको छैनन् । यसरी प्रमं बालेनको खोईरो खान्नेहरुको वेहाल हुने गरेको महसुस नेपाली जनताले गरीरहेकाछन । प्रमं बालेनलाई जसले जेभने पनि उहाँको व्यक्तित्वको अगाडिसबै नतमष्तक भएकाछन । लुसीफर, काल भैरवको शाधक आदि जेसुकै भने पनि प्रमं बालेनलाई कसैले पनि बिचलित तुल्याउन अहिले सम्म सकेका छैनन् । सबै भन्दा राम्रो कुरा प्रधानमंत्री बालेनको के छ भने उहाँले कसैलाई पनि जानी जानी गालीहलोच गरेको भेटिएको छैन । चुनाव ताका पनि उहाँले मलाई वा राष्ट्रिय स्वतंत्र पार्टीलाई भोट देउ वा भोट हाल भनि भनेको सुनिएन । उहाँ कम बोल्छन त्यसको फछाडिको मूल कारण भनेको तयारी नै हो ।

अध्ययन, अनुसन्धान र योजना बिना उहाँले सार्वजनिक बिषयमा कहिले पनि बोल्ने गरेक छैनन् । पुरानो दलहरुको पूर्व प्रधानमंत्रीहरु ओली, देउवा र प्रचण्ड जस्ता हावा कुरा बोलेर नेपाली जनतालाई पहिले हँसाउने अनि पछाडि फँसाउने विद्या प्रमं बालेनले सिकेका छैनन् । पुरानो दलका शीर्ष नेताहरुले अब पनि प्रधानमंत्री बालेनको काममा भाँजो हाल्ने प्रयास वा अभ्यासलाई निरन्तरता दिएमा त्यसको महंगो मुल्य उहाँहरुले चुकाउनु पर्नेछ । भ्रष्टाचार नगरेका पुराना दलका नेताहरु नगण्य छन त्यसैले सुशासनको पहिलो लक्ष भनेको तिनै भ्रष्टाचारीहरुलाई जाबाफदेही बनाउनु नै हो । आफै काँचको घरमा बसेर अर्काको घरमा ढुंगा हान्ने मूर्खता पुराना दलका शीर्ष नेताहरु र अन्य नेताहरुले गर्नु हुँदैन । एक पल्ट प्रमं बालेन शाहको नजरमा परेपछि भ्रष्टाचारीहरु र अपराधीहरुको लागि जोगिन मुस्किल मात्र होईन नामुंकिन नै हुनेछ । पुराना दलहरुका भ्रष्टाचारी र आर्थिक अपराधीहरुले नै अहिले सम्म नेपाली जनताको आर्थिक उन्नती हुन नदिएर आर्थिक वर्कतलाई रोकी बसेको हुँदा प्रमं बालेनले चाँडै त्यसको समाधान निकाली हाल्नु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *