शक्ति क्षिण भएपछि वामएकताको खोजी

राजनीति समाचार

रामचन्द्र बस्नेत
नेकपा एमालेले तत्कालीन महासचिव स्व. मदन भण्डारीले ल्याएको ‘जनताको बहुदलीय जनवाद (जबज) बिर्सिएको छ । एमालेले स्व.भण्डारीको जबजलाई टेकेर राजनीति गर्दै आएको थियो । पार्टीभित्र बहुदलीय जनवाद र लेलिनवादको कुरा उठाएर गुट–उपगुट खडगर्ने होडवाजी कुनै समय चलेको थियो । त्यसमा झलनाथ खनाल, माधव नेपाल, केपी शर्मा ओली, भीम रावल, ईश्वर पा्ख्रेलहरुले गुट खडा गरेर पार्टीभित्र विभाजनको बिऊ रोप्ने काम गरेका थिए । पार्टीभित्र विभाजनको बिऊ रोपे तापनि कार्यकर्ता र शुभचिन्तकहरुले एमालेलाई एक ढिक्का बनाउँदै लगेका थिए । पार्टीको नाम भँजाएर योगदानभन्दा फाइदा लिने नेताहरुमा माधव कुमार नेपाल (माकुने), झलनाथ खना (जेएन) खड्गप्रसाद ओली (केपी), विद्या भण्डारी, ईश्वर पोख्रेल, शंकर पोखरेल, भीम रावल, वामदेव गौतमलागयतका नेताहरुको कुनै दिन पार्टीभित्र एकलौटी हालीमुहाली चल्ने गथ्र्यो ।
१५ वर्षसम्म एकछत्र रुपमा एमालेको महासचिव चलाएका माधव कुमार नेपाल प्रधानमन्त्रीसमेत हुन भ्याएका थिए ।

तर, एमालेमा केपी ओली हावी भएपछि केही नपाएको गुनासो गर्दै पार्टी नै फोरेर एकीकृत समाजवादी पार्टी खोल्न पुगे । अहिले पुष्पकमल दाहाल प्रचण्डको पुच्छर बनेर एमालेलाई सत्रोसराप गर्दै हिँडेका छन् । त्यसैगरी एमालेबाटै उपप्रधानदेखि गृहमन्त्री हुन भ्याएका वामदेव गौतमले पनि आफ्नो स्वार्थको लागि पार्टी फुटाएर एमालेका तत्कालीन अध्यक्ष स्व. मनमोहन अधिकारीको बदनाम नै गराएका थिए । त्यस्तै एमालेबाट गृहमन्त्री र पर्यटनमन्त्री बन्न पाएका भीम रावलले पार्टीविरुद्ध खरो टिप्पणी गर्दै हिँड्ने गर्दथे । पटक–पटक मन्त्रीसहित प्रधानमन्त्रीसम्म बन्ने मौका पाएका झलनाथ खनाल केपी ओलीको व्यवहारका कारण माधव नेपालको पछि लाग्दै एकीकृत समाजवादीतिर पुगेका थिए । अहिले भीम रावलबाहेक माथि उल्लेखिन नेताहरु नेकपामा समाहित भएका छन् ।

एमालेबाट तितरवितर भएका ती नेताहरु जबजका प्रणेता स्व. मदन भण्डारीको ७५ जन्मजयन्तीको अवसर पारेर एमाले र नेकपासहित सबै वामपन्थी शक्तिहरु एक ठाउँमा उभिनुपर्ने आवाज उठाउन थालेका छन् । एमाले र नेकपाका शीर्ष नेताहरुले वाम एकताको आवाज उठाइरहँदा नयाँ पुस्ताका नेता÷कार्यकर्ता भने सन्तुष्ट देखिएका छैनन् । २०७४ सालको संघीय र प्रदेश निर्वाचनमा एमाले र माओवादी केन्द्र मिलेर चुनावी ठगबन्धन गर्दा दुई तिहाई हाराहारी बुहमत ल्याउन सफल भएका थिए । पार्टीभित्र भागबन्डा नमिलेकै कारण त्यो दुई तिहाई हाराहारी बहुमतको सरकार ४१ महिनामा विघटन हुन पुगेको थियो । सरकार विघन भएपछि एमाले र माओवादी छुट्टाछुट्टै भए भने एमालेबाट फुटेर माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादी पार्टी गठन गरिएको थियो । त्यो पार्टी पनि छिन्नभिन्न भएर काम नलाग्ने अवस्थामा पुगेपछि फेरि तत्कालीन माओवादी अध्यक्ष प्रचण्डको संयोजकत्वमा नेकपा गठन गरिएको थियो । माओवादी र एकीकृत समाजवादीसहित अन्य २२ वटा दल मिलेर बनेको नेकपा गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा धुलिसात भएको थियो । उता नेकपा एमाले पनि २५ सिटमा खुम्चिन पुगेको छ । नेपालका कम्युनिस्ट शक्तिहरुलाई जनताले पटक–पटक बहुमत दिँदा पनि शीर्ष नेताहरुको घमण्डकै कारण चकनाचुर हुन पुगेका छन् । अहिले फेरि वामएकताको कुरा उठाएर जनताको आँखामा छारो हाल्न खोजेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *