काठमाडांै । मधेसको राजनीतिले पार्टी उठ्यो । तर, त्यहीं मधेसले नत पार्टीमा पदाधिकारी पायो न त सरकारमा मन्त्री नै पायो । कांग्रेस छाडेर रास्वपा डा. अमरेश कुमार सिहले पनि दुवै पद पाएनन् । धनुषामा विमलेन्द्र निधिलाई पराजीत गराउने मनिष झालेसमेत ठाउँ पाएनन् । रास्वपा सयोगले महिला अनुहारहरुले केन्द्रीय तहमा स्थान पाए ।
पार्टी महिलाको वाहुल्यता छ भन्ने त देखियो । तर, त्यही मधेसको दलित र थारू समुदाय हेपिएको छ । सरकारको काम सन्तोषजनक छैन । पुराना भ्रष्टाचारको छानविन हुँदैछ । पासपोर्टको छपाइमा सभापति रवि लामीछानेको हस्तक्षेपले जर्मन कम्पनी जोगियो । फ्रान्सेली कम्पनीको सम्पर्क सुत्र एमाले, जर्मन टीम कांग्रेस भएकले यो टिमलाई बिच्क्याएर नयाँ टोली खोज्न प्रधानमन्त्री अग्रसर थिए । प्रधानमन्ंत्रीले आफ्ना सल्लाहाकार कुमार बेनका भाइ÷बहिनीको राजनीतिक नियुक्तिले पनि नातावाद कृपावादको पुरानो रोग ब्युँत्याएको छ । मधेसको ३२ सीट रास्वपाले क्लिन स्वीप बनायो । तर, सरकार र पार्टीमा मधेस गणनामा परेन । रास्वपाको लागि त्यो भोलीको लागि पख भन्ने ठाउँ भयो ।
डा. अमरेश कुमार आफै पनि अराजक पात्र हन् । काग्रेसका सभापति गगन थापालाई हराउने सिंहले परराष्ट्रमन्त्री खोजेका थिए । तर त्यो मन्त्रालय सिंहलाई दिन उचित थिएन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अमरेशको रोजाइमा परेन । पुराना दलहरुले समेत तोड्न नसकेको मधेसको लिगेसी दुई तिहाईको दम्यमा वालेन सरकारले तोडेको छ । प्रधानमन्त्री आफै मधेसको तेली साहा परिवारका भए पनि उनको साइनो त्यहाँ थिएन । मन्त्रिमण्डलमा मधेस प्रोत्साहनमा नपर्नु र पार्टी पदाधिकारीहरुमा मधेस नपर्नुले रास्वपाको कपटलाई झल्काउछ । सरकारले मधेसको तल्लो तहलाई झन् सम्झेकै छैन । जहाँ नागरिकताकै समस्या धेरै चोटिलो छ ।

