लोकतन्त्र र संविधान जोगाउन वामएकताको आवश्यकता

राजनीति समाचार

रामचन्द्र बस्नेत
कुनै समय नेकपा एमाले र माओवादी मिल्दा दुई तिहाई हाराहारी बहुमत प्राप्त गरेको थियो । त्यसको नेतृत्व केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले गरेका थिए । एमाले र माओवादी मिलेर नेकपा बनेपछि ओली र प्रचण्डले आलोपालो अध्यक्ष चलाउने भन्ने थियो । तर, आलोपालोमा शक्ति बाँडफाट गर्ने भने तापनि ओली आफै अध्यक्ष र प्रधानमन्त्री बनेपछि प्रचण्ड बिच्किएका थिए । नेकपा बनेपछि ओली र प्रचण्डले आलोपालो अध्यक्ष चलाउने भनिएको थियो । तर, ओलीले प्रचण्डलाई अध्यक्षको जिम्मेवारी पनि दिएनन् र प्रधानमन्त्री पनि दिएनन् ।

पद ओली आफैले हडपेका कारण नेकपाभित्र विवाद सुरु भयो । विवाद कै कारण दुई तिहाई हाराहारी बहुमत प्राप्त गरेको नेकपाका अध्यक्ष ओलीले संसद् विघटन गरे । ओलीले संसद् विघटन गरेपछि माधव कुमार नेपाल र प्रचण्डले संसद ब्युँत्याउनुपर्ने भनेर सर्वोच्चमा मुद्दा दायर गरे । मुद्दा दायर गरेपछि माधव नेपाल र प्रचण्ड सडक आन्दोलनमा उत्रिए । त्योसँगै निर्वाचन आयोगमा उजुरी प¥यो । निर्वाचन आयोगले नेकपाबाट पार्टी छुट्याएर एमाले र माओवादी बनाइदियो । त्यसपछि एमालेभित्र केपी ओली र माधव नेपालबीच विवाद सुरु भयो । विवादकै कारण माधव नेपालले एमाले फुटाएर एकीकृत समाजवादी पार्टी गठन गरे । एकीकृत समाजवादीले २०७९ सालको निर्वाचनमा १० सिटमा प्रत्यक्षतर्फ हासिल गर्दा पनि राष्ट्रिय पार्टी बन्न सकेन ।

त्यसपछि एकीकृत समाजवादी, माओवादीलगायत २१ वटा दल मिलेर नेकपा गठन गरिएको थियो । त्यसको संयोजक प्रचण्ड रहेका छन् भने सह–संयोजक माधव नेपाल बनेका छन् । अहिले फेरि वाम एकताको हवाला दिएर नेकपा र एमाले मिल्ने चर्चा चलिरहेको छ । उता, कांग्रेस र एमालेबीच मनमुटाव हुँदा प्रदेश सरकार धरापमा परेको छ । कांग्रेसले प्रदेश सरकारमा एमालेसँग सहकार्य तोड्ने भएपछि वामपन्थी शक्तिबीच सहकार्य हुने र सरकार पनि उनीहरुले नै बनाउने सम्भावना बढेर गएको छ । प्रदेश सरकारमा एमाले र नेकपाको सहकार्य भएसँगै पार्टी पनि एक हुने चर्चा बढेर गएको छ । तर, नेकपा र एमाले एक भए तापनि देशीविदेशी शक्तिहरुले लामो समयसम्म एकता टिकाउने सम्भावना देखिँदैन । किन कि पश्चिमाहरुले नेपालका वामपन्थी शक्तिहरुलाई छिन्नभिन्न बनाएर सन् २०२९ सम्ममा सिध्याउने योजना बनाइरहेका छन् । एकातिर यस्तो अवस्था छ भने अर्कोतिर दक्षिणी छिमेकी मुलुक भारतले पनि नेपालमा वामपन्थी एकतालाई रुचाउँदैन ।

उत्तरी छिमेकी मुलुक चीनले भने केही वर्ष अगाडिदेखि नेपालमा वामपन्थी शक्तिहरुलाई एक बनाउन खोजिरहेको थियो । तर, नेपालका वापन्थीहरुबीच तँ ठूलो कि म ठूलो भन्ने घमण्डले गर्दा कमजोर बनिरहेका छन् । एकातिर नेपालका कम्युनिस्ट शक्तिहरु व्यक्तिगत घमण्डले कमजोर भइरहेका छन् भने अर्कोतिर पश्चिमाहरुले विश्वबाट कम्युनिस्ट सिध्याउने रणनीति अपनाइरहेका छन् । कम्युनिस्टहरुको वैकल्पिक शक्तिको रुपमा पश्चिमाहरुले रास्वपालाई अगाडि बढाइरहेको छ । त्योसँगै आगामी २०८४ को स्थानीय र प्रदेश निर्वाचनमा रास्वपालाई जिताउनको लागि पनि पश्चिमाहरुले खेलिरहेका छन् । यता लोकतान्त्रिक पार्टी कांग्रेस र कम्युनिस्टहरु झगडामा रुमालिएर आफै सकिने बाटोमा लागिरहेका छन् । त्यसैले गर्दा नेपालको लोकतन्त्र र संविधान जोगाउनको लागि पनि वामपन्थी एकताको खाँचो देखिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *