पत्रकारका मुद्दा थाति राखेर महासंघका प्रतिनिधिहरु विदेश भ्रमणमा व्यस्त

राजनीति समाचार

काठमाडौं । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माको नेतृत्वमा महासंघका पदाधिकारीदेखि सदस्यसम्मको जम्बो टोली जापान भ्रमणमा जाँदै छ । सो भ्रमणका लागि केही पदाधिकारी र सदस्यहरु हप्ता दिन अगाडिदेखि जापान पुगेर घुमघाम गरी सामाजिक सञ्जालमा रमाउन थालेका छन् । केन्द्रीय अध्यक्ष निर्माला शर्मा, उपाध्यक्ष उमिद बाग्चन, सचिव रमेश खतिवडा, कोषाध्यक्ष रामकृष्ण अधिकारी, सदस्यहरु र प्रदेश अध्यक्षहरु तथा केही जिल्ला अध्यक्षहरुको जम्बो टोली जुलाई २३ ९बिहीवार० जापान जाने तयारीमा छन् । केन्द्रय अध्यक्ष शर्मा एक महिना अगाडि मात्रै जापान भ्रमणमा गएर आएकी हुन्, नेपाल आएको डेढमहिनापछि फेरि उनै अध्यक्ष शर्माको नेतृत्वमा जम्बो टोलिसहित जापान जाने तयारी छ ।

जापान शाखाले आयोजनाको कार्यक्रममा नेपालबाट मात्रै ४५÷५० जनाको जम्बो टोली गएर खानबस्नको लागि समस्या पार्ने काम भएको छ । अध्यक्ष र केही पदाधिकारीलाई आउने–जाने प्लेन भाडासहित खानेबस्ने व्यवस्था जापान शाखाले नै गर्ने भएको छ भने सदस्यलगायत अन्य प्रदेश उपाध्यक्ष र पत्रकारहरुले जाने–आउने प्लेन भाडा आफैले बेहोर्नुपर्ने तर खाने, बस्ने र घुमघाम गर्ने खर्च जापान शाखाले उपलब्ध गराउने जनाइएको छ ।

नेपाल पत्रकारका अहिलेसम्म १२ वटा प्रवासी शाखाहरु छन् । ती १२ शाखाका अध्यक्षहरु जापानमा हुन लागेको ग्लोबल वार्मिङको बारेमा हुने छलफलमा सहभागी हुन नेपालबाट केन्द्रीय प्रतिनिधिहरु जापान जान लागेका हुन् । कार्यक्रममा ग्लोबल वार्मिङ र त्यसको न्यूनिकरणका बारेमा विविधि छलफल हुने महासंघले जनाएको छ । यता नेपाली पत्रकारहरु समस्यामा परिरहँदा महासंघको नेतृत्व, पदाधिकारी र सदस्यहरु भने देश÷विदेश घुम्ने र मोजमस्ती गर्नेमा व्यस्त देखिन्छन् । त्यसमा पनि एउटा प्रवासी शाखाले गर्ने कार्यक्रममा महासंघका अध्यक्ष, पदाधिकारी र सदस्यलगायत ४५÷५० जनाको टोली जापान जानु कति उचित हो ।

यसले के देखाउँछ भने विभिन्न अपवित्र गठबन्धनबाट महासंघमा निर्वाचित भएको फेरि उक्त अवसर प्राप्त हुने सम्भावना नदेखिएकाले एउटा प्रवासी शाखाले आयोजना गरेको कार्यक्रममा ३३ जना केन्द्रीय प्रतिनिधिसहित सबै प्रदेश अध्यक्ष र केही शाखाका अध्यक्ष र प्रतिनिधिहरु जापान घुमघाम गर्ने मौका छोप्दैछन् । यता, वास्तविक श्रमजीवी पत्रकारका जल्दाबल्दा मुद्दाहरु भने ओझेलमा परिराखेका छन् । महासंघको नेतृत्व र पदाधिकारीहरु भने देश÷विदेश भ्रमणमा रमाउने र कमाउधन्दामा रहमाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *