काठमाडौं । सत्ता र शक्तिमा जो पुगे पनि व्यापारी र विचौलियाहरु यति बलशाली छन कि तिनले कर्मचारी र प्रशासनलाई प्रभावमा पारेर अखाद्य बस्तु बजारमा विक्री वितरण गरिरहेका छन् । अहिले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा मतिना वैद्य छिन् । उनी सो विभागको रैथाने डिजी हुन । काँग्रेस, एमाले, माओवादीको सत्तामा हुँदा तर मारेर सोही विभाग हाक्न सफल भएकी व्यक्ति हुन् । हाल रास्वपाको सरकार हुँदा पनि उनी सोही विभागको महानिर्देशक छिन् । यस्तै उपभोक्ता हित तथा संरक्षण विभागको महानिर्देशक छन्, मोतिराम सापकोटा । यी मात्र होइन, दर्जनौं उपभोक्तावादी संस्थादेखि मिडियाको मुखमा बुझो लगाउनेको हालिमुहालि चलिरहेको छ । खुलेआम विक्री भइरहेको अखाद्य सामाग्रीमा लगाम लगाउन कसैले चासो देखाएका छैनन् । पछिल्लो दिनमा एक्सट्रिम इनर्जी ड्रिग्सको व्यापार फष्टाइरहेको छ । विगतमा राजेन्द्र खेतानहरुको रेडबुलकै शैलीमा अहिले एग्रो थाई फूड्स प्रा. लि. को ट्रेडमार्कमा उत्पादन गरिएको हानीकारक पेय पर्दाथ खुलेआम विक्री वितरण भइरहँदा समेत सरकारी निकाय मौन छ । खाद्य विशेषज्ञहरुका अनुसार, यसमा टोरिन र क्याफिन मिसाएर तयार पारिएको छ ।
चिज खाँदा शरीरमा नकारात्मक असर पर्न सक्छ । जसको सेवनबाट मुटुको धड्कन बढ्ने, रक्तचाप प्रभावित हुने, निद्रा नलाग्ने, चिन्ता बढ्ने, पेट दुख्ने, वाकवाकी लाग्नेजस्ता समस्या देखिन सक्छन् । क्याफिनको बढी प्रयोगले मानिसको दिमाग बोधो र भुत्ते हुने समस्या देखापर्छ । यसको नियमित सेवनले नशा वा लतको काम गर्ने हुनाले क्याफिन बढि प्रयोग नगर्न चिकित्सकहरुले सल्लाह दिएका छन् । त्यसैगरी क्याफिन र जस्ता चिजहरुको प्रयोगबाट बच्चा, किशोर किशोरी, गर्भवती महिला, मुटुको समस्या भएकाहरूका लागि जोखिम बढी हुने चिकित्सकहरुको भनाइ छ । यसबारे बुझ्न इन्टरनेट सर्च गर्दा पनि स्पष्ट हुन्छ । क्याफिनको प्रयोगले एकाग्रता बढ्छ, थकान घट्छ र छोटो समयका लागि ऊर्जा महसुस हुने भए पनि शरीरमा यसको नकारात्मक प्रभाव पार्ने चिकित्सकहरु बताउँछन् ।
यस बिषयमा थप बुझ्न खोज्दा एक्सट्रिम इनर्जी ड्रिंक्स एग्रो थाई फूड्स प्रा. लि., पाटन औद्योगिक क्षेत्र, ललितपुरबाट निर्मित रहेको छ । एग्रो थाई फूड्सको कम्पनी दर्ता नम्बर २३१०१२÷०७६÷०७७ रहेको छ । साथै यसले, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बाट ०१–२५–७७–१७–००५ इजाजतपत्र लिएको दावी गरेको छ । के कुनै पनि कम्पनी सरकारी निकायमा विधिवत दर्ता छ भन्दैमा उसलाई गैरकानुनी काम गर्न छुट छ त ? कम्पनीको उच्च व्यवस्थापनमा पवनकुमार श्रेष्ठ छन् । उनको मुख्य जिम्मेवारी सेल्स, मार्केटिङ, स्पोन्सरसिप र ब्रान्ड प्रमोशन हो । तर, उनी कम्पनीको मालिक, डाइरेक्टर वा फाउन्डर भने होइनन् । अहिलेसम्म श्रेष्ठले नै प्रोफेसनल म्यानेजरका रूपमा काम गरिरहेका छन् । उनी मुख्यरूपमा सेल्स र बाहिरी प्रतिनिधित्व गर्ने व्यक्तिका रूपमा चिनिन्छन् ।
यो कम्पनीको सञ्चालक समेत पारदर्शी छैन । इनर्जी ड्रिग्स बच्चाहरुका लागि निषेध गरिएको छ । यस्का अलवा मधुमेह भएका व्यक्तिहरू, बालबालिकाहरू, गर्भवती वा स्तनपान गराउने महिलाहरू र क्याफिनप्रति संवेदनशील व्यक्तिहरुका लागि यो हानीकारक छ । यस्तै यस्को नियमित प्रयोगले गर्दा पेट दुख्ने, झाडापखाला लाग्ने, वाकवाकी आउने र अत्यधिक तिर्खा लाग्ने, दाँत बिग्रने, छालासम्बन्धी समस्या देखा पर्ने र अधिक चिनीका कारण डिप्रेसन पनि बढ्न सक्छ । बच्चा, किशोर किशोरीका साथै मोटोपन वा डायबिटिज भएका व्यक्तिका लागि यो अझ जोखिमपूर्ण हुन सक्ने विज्ञहरुले बताउँछन् । यस्तो विष बजारमा छरपष्ट विक्री वितरण हुँदा समेत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग के हेरिरहेको छ ? उपभोक्तावादीहरु कुन दुलो मुनी छन् ? अनि मिडिया विज्ञापन पाए पछि मौन रहन्छन् । त्यही खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग हो, जो दशै तिहार वा चाडपर्व लागे पछि अनुगमनका नाममा स–साना व्यवसायीहरुको सटरमा ताला ठकेर बस्छ, पैसा र शक्तिको आडमा सर्वसाधारण जनताको स्वास्थ्यमा खेलबाड गरिरहेका छन् ।

