अनन्त बहादुर गुरुङ
२०८३ साल श्रावण१३ गते बुधवारको तामाकोशी सन्देश राष्ट्रिय सप्ताहिकमा प्रकाशित
अहिले एमाले शीर्ष नेता पूर्व प्रधानमंत्री र नेकापा संयोजक पूर्व प्रधानमंत्री प्रचण्ड बिच भएको ३ बुँदे सहमतिको चर्चा निकै चुलीएकोछ । यो कुनै नयाँ नौलो घटना होइन किनकि उहाँहरु बिच यस्तो एकता पहिले देखि नै हुने गरेको थियो । मिलोमतो र भागबण्डाको राजनीतिमाउहाँहरु पहिले देखि नै लिप्त भएर लागेका नै थिए । सत्ता र आयका स्रोतहरु मिलीजुली बाँडेर खाने चलन पुरानो दलहरुले नेपालमा चलाएका थिए । बुढीगण्डकी जलाशयुक्त जलबिद्युत परियोजना एक चीनियाँ कंपनीलाई दिने सहमति गर्दा एमाले, नेका र माओवादी दलहरुले ९ अर्ब कमिसन उक्त चीनियाँ कंपनी सित लिएको आरोप प्रमाण सहित पूर्व प्रधानमंत्री डा। बाबुराम भट्टराई ज्यूले नै तीन शीर्ष नेताहरु बिरुद्ध आरोप लगाएका थिए ।
त्यतिबेला उहाँहरु सत्तामा भएकाले उक्त आरोपलाई सामसुम पार्दै हाँसीहाँसी टारेका थिए । यदि सोही आरोप अहिलेको बालेन सरकारको पालामा दोहरिएमा उहाँहरु धेरै अप्ठेरोमा पर्न पनि सक्छन । अहिले तीन शीर्ष नेताहर ओली, देउवा र प्रचण्ड रक्षात्मक मोडमा छन । उहाँहरु तीनैजना मिलेर पनि यतिबेला आक्रमणात्मक मोडमा जान सक्दैन । उहाँहरुले सत्तामा बस्दा वा सत्तामा पुग्नको लागि यति धेरै भ्रष्टाचार र अपराधहरु गरेकाछन कि त्यसको भरपाई उहाँहरुले यो जुनीमा गर्न सक्दैनन् । त्यसको लागि उहाँहरुको ७ जन्म नेपालमा भएपनि जबाफदेही बन्न प्रयाप्त हुने छैन । बालेन सरकारले उहाँहरुलाई केही गरेको नै छैन तर पनि आफ्नै बिगतको अपराधीक पृष्ठभूमिले गर्दा आफ्नै छाँया देखि पनि तर्सिने गरेकाछन ।उहाँहरु ३६ बर्ष लामो अवधि सम्म सत्तामा बसेर जेजति गरे आफ्नो र आफ्नो परिवारको फाईदाको लागि नै गरेकाछन । नेपाल राष्ट्र र नेपाली जनताको लागि उहाँहरुले दिएको भनेको ३० खर्ब ऋणको भारी मात्रै हो ।
उहाँहरुले नेपालमा गरेका फजुल र वेढंगी बिकास परियोजनाहरुले उहाँहरुलाई नै धेरै गिज्याई रहेकाछन । भ्रष्टचार गर्न र कमिसन हसुर्नको लागि मात्रै उहाँहरुले बिकास परियोजनाहरु बनाउने गरेका थिए । उहाँहरुले बनाएका बिकास परियोजनाहरु कतैबाट पनि नेपाली जनताको आवश्यकता सित जोडिएका छैनन् । जापान सित ऋण लिएर जापानलाई नै बनाउन दिएको नागढुंगा सुरुङ्ग मार्ग पनि त्यस्तै एक उदाहरण हो । त्यसलाई बिकास भन्ने कि बिनास समय कालबाट नै पुष्टी हुनेछन । उक्त सुरूङ्ग मार्ग मर्मत संहार पनि नेपालीबाट संभव नभएकाले बिदेशी ठेकेदार ५ बर्षको लागि अनुबन्धित गरीसकिएको छ । प्रतिमहिना मर्मत, सम्हार र सञ्चालन खर्च नै २ करोडको आसपास हुने लागत अनुमान छ । यसरी राष्ट्रिय आम्दानी नबढ्ने र राष्ट्रिय खर्च मात्रै बढाउँदै लाने परियोजनाहरु नेपाल राष्ट्र र नेपाली जनतालाई ऋणमा डुबाउने मात्र होइन कंगाल बनाएर भिक्षा मागेर पेट भर्नु पर्ने तुल्याउँनेछ । यस्ता अराष्ट्रिय सोच भएका पुराना दलहरुको एकताको पछाडि आशावादी बनेर नेपाली जनता लाग्नेवाला छैन । पुरानो दलहरु प्रतिको नेपाली जनताको राजनीतिक सोचमा कुनै ठुलो परिवर्तन लगत्तै आउने संभावना एकदमै न्यून रहेको देखिन्छ । अहिले नेपाली जनता सबै बालेनको पुरुसार्थ देखि धेरै प्रभावित भएकाछन । बालेन सरकार पनि नेपाली जनता प्रति उत्तरदायी बनेर काम गरीरहेको छ । नेपाली जनताले सबै भन्दा धेरै घृणा यो पटक भ्रष्टाचार र भ्रष्टाचारीहरु प्रति देखाएकाछन ।
नेपाली जनताको उक्त भ्रष्टाचार र भ्रष्टाचारी बिरोधी मुडमा कुनै परिवर्तन आएकोछैन । बालेन सरकारको सुशासन प्रतिको संकल्पले नेपाली जनतालाई नतमष्तक तुल्याएकोछ । बालेनले बोलेका कुराहरुलाई अहिले सम्म जस्ताको तस्तै पुरा गरी देखाएकाछन । सबै नेपाली जनतालाई के बिश्वास छ भने बालेन सरकारको सुशासनको योजना सफल भयो भने नेपाल राष्ट्र समृद्ध र नेपाली जनता सुखी बन्नेछन । पुरानो दलहरुका शीर्ष नेताहरुले यदि नेपालबाट भ्रष्टाचार र अपराध समाप्त भयो भने उहाँहरुको अहिले सम्म नेपालको राजनीतिकमा भएको बर्चश्व नेपालबाट समाप्त भईजाने कुरा राम्रै सित बुझेकाछन । त्यहि भएको हुँदा उहाँहरुले बालेन सरकारको सुशासनको योजनालाई घोर बिरोध गरीरहेकाछन । बालेन सरकारलाई चाँडै ढाल्ने सम्मको अभिव्यक्ति सार्वजनिक तबरले नै दिएर नेपाली जनतालाई त्रसित बनाउन खोजेकाछन । तर बालेन सरकार कुनै कागजी बाघ होइन जसलाई पुरानो दलहरुले फु गरेकै भरमा उडाएर आफ्नो पुरानो भ्रष्टाचार र अपराधको राजनीतिलाई पुनरस्थापित गर्न सफल हुनेछैनन् । २र३ बहुमत भएको बालेन सरकार हिमालय पर्वतको चट्टान जस्तै बलियो पदार्थले बनेको छ ।
बालेन सरकारलाई सानातिना खोला बाडी पहिरोले कुनै फरक पार्न सक्दैन । हिमालय पर्वत जत्तिकै बलियो र टिकाउ यो बालेन सरकार छ र नेपाली जनता जनार्दनबाट बालेन सरकारलाई इच्छामृत्यूको बरदान प्राप्तछ । यस्तो बरदानी बालेन सरकारलाई दशैं सम्म ढालेर प्रधानमंत्री बालेनलाई सडकमा घिसार्ने पुराना दलहरुका शीर्ष नेताहरुको सपना कहिले पनि पुरा नहुने देखिन्छ । भ्रष्टाचारीहरु र अपराधीहरुले एकता गरुन कि जेसुकै गरुन त्यसबाट बालेन सरकारको रौं पनि हल्लाउन सकिने कुरा ऐनामा हेरेको झै छर्लङ्ग नै छ । पुरानो दलहरुको शीर्ष नेताहरुको बालेन सरकारलाई हटाउने योजना कहिले पनि पुरा हुन सक्दैन किनकि बालेन सरकारलाई नेपाली जनताको २र ३ बहुमतको शक्ति प्राप्त छ । उहाँलाई सत्ताबाट हटाउन पुरानो दलहरुको शीर्ष नेताहरुले उहाँको ५ बर्षे कार्यकाल पुरा नगरे सम्म कुर्नै पर्ने हुन्छ । त्यसपछि पनि आम चुनावमा लडेर जित्न सकियो भने मात्रै पुरानो दलहरुको अभिष्ट पुरा हुन्छ नत्र मुतको न्यानोमा सुते बराबर नै ठहर्छ । पुरानो तीन दलहरु बिचको एकता नेपाल राष्ट्र र नेपाली जनतालाई लुट्नको लागि मात्रै हो भन्ने कुरा संसारलाई थाहाछ ।
फेरि त्यस्तै एकता गरी नेपाली जनतालाई झुक्याउने काम नगर्दा पुरानो दलहरुको लागि राम्रो हुन्छ ।पुराना दलहरुका शीर्ष नेताहरुको नौटंकी देखि नेपाली जनता यतिबेला हाँस्दैछन । बालेन सरकारलाई काम गर्न नदिएर वा बालेन सरकारको कामहरुमा बाँधा हालेर नेपाली जनता तपाईहरु सित कदापि प्रसन्न हुन सक्दैन । नेपाली जनता नेपालमा सुशासन कायम भएको हेर्न चाहान्छ । भ्रष्टाचार र अपराधको अन्त्य गरी भ्रष्टाचारीहरुलाई जरै देखि उप्काएर फाल्न चाहेकाछन । यस्तो कठिन कामको जिम्मा लिएर सम्पन्न गर्न बालेन सरकार बाहेक अरुले सक्दैन । प्रधानमंत्री बालेनको भ्रष्टाचार र अपराधबाट वेदाग राजनीतिक नेतृत्व नै सुशासन कायम गर्नको लागि नेपाली जनताको छनोटमा परेको हुनाले पुरानो दलका शीर्ष नेताहरुले बालेन सरकारको बिरुद्ध बोल्दा र अवरोध गर्दा नेपाली जनताको आक्रोशको कोपभजन व्यहोर्नु पर्नेछन ।पुराना दलहरुका शीर्ष नेताहरुले बिगत देखि सत्तामा बसी अवलम्बन गर्दै आएका नीतिहरु कै कारण अहिले नेपाली जनता पीडित छन ।
सहकारी, मिटरव्याजी, लघुवित्त, सुकुम्बासी आदि ईत्यादि समस्याहरु पुराना दलहरुले नै उत्पादन गरेकाहुन जसको समाधान निकाल्नको लागि जेन जी सरकार माथि ठुलो जनदबाब परी नै रहेकोछ । धान खाने मूसो चोट पाउने भ्यागुतो भने झै बालेन सरकार चौतर्फी घेराबन्दीमा पर्दै गएकोछ । बालेन सरकार नेपाली जनता कै सरकार भएको हुनाले यो सरकारको सहायता पनि नेपाली जनताले नै गर्नेछन । पुराना दलहरुको सराप धारापले बालेन सरकार ठल्दैन । उहाँहरुले यदि नेपाली जनतालाई रिझाएर आफ्नो पक्षमा तुल्याउन सके मात्रै जेन जी सरकारलाई कमजोर बनाउन सक्छन । हाहा हुहु गर्दै सडक आन्दोलन गरी बालेन सरकारलाई ढालेर सडकमा घिसार्ने पुरानो दलहरुको कहिले पुरा नहुने अभिष्ट मात्रै हो ।
यदि पुराना दलहरुले यस्तो सपना देख्दै छन भने गलत सपना सम्झेर मन बुझाउनु बाहेक अर्को उपाय छैन । पुराना दलका शीर्ष नेताहरु देखि लिएर सबै अन्य नेताहरुले पनि आफ्नो सन्तानलाई युरोप अमेरिका पठाएर सुरक्षित पारी राखेकाछन । आफै पनि जुन सुकै बेलामा पनि त्यता उड्न सक्ने गरी तयारी हालतमा झिटी गुण्टा बाँधेर बसेकाछन । नेपाल राष्ट्र र नेपाली जनतालाई लुट्ने अवसर पाए सम्म एतै बसेर लुटौं र परिस्थिति बिग्रिन साथै उतै भागौं भन्दै ढुक्क साथ बसेकाछन । नेपाली युवाहरुले वैदेशिक रोजगारीमा गएर अनेक दुस्ख कस्ट सहेर कमाएको पैसा नेपालमा पठाउने गरेकाछन भने सोही पैसा दलका नेताहरुले ढुक्क भएर बिदेशमा बसेका आफ्नो सन्तानलाई त्यँहा लगानी गर्नको लागि हुण्डी गरी पठाउने गरेकाछन । यसरी चल्दै जाने हो भने एकदिन नेपाल राष्ट्र खोक्रो हुँदै कंगाल भएर आफ्ने अस्तित्व नै गुमाउने हालतमा पुग्ने निश्चित छ । बलेन सरकारले अब देश लुट्नबाट पुराना दलका शीर्ष नेताहरु लगायत अन्य नेताहरुलाई रोकी नेपाल राष्ट्रको अस्तित्व बचाउनको निमिक्त कठोर भएर पुराना दलका लुटेराहरुलाई दण्डित तुल्याउन सक्नु पर्छ । पुराना दलहरुले नेपाल राष्ट्र र नेपाली जनतालाई आबाद होइन बर्बाद पार्नको लागि कसम खाएर नेपालमा राजनीति गरी बसेकाछन । नेपाल राष्ट्रको खर्च मात्रै बढाएर राष्ट्रिय आम्दानी सुको बढाएका छैनन् । यहि हिसाबले नेपालको बिकास गर्दै जाने हो भने नेपाल राष्ट्र एकदिन कंक्रिटको खण्डहरमा रुपान्तरित हुनेछ ।
कागलाई बेल पाको नहर्ष नबिस्मात भनेको जस्तो बिकास पूर्वाधारले नेपाललाई समृद्ध र नेपाली जनतालाई खुसी बनाउन सक्दैन । नागढुंगा सुरुङ्ग बन्यो कसरी भने जापान सितै ऋणमा पैसा लियो अनि सोही जापानलाई नै उक्त सुरुङ्ग बनाउनको लागि लगानी गर्न पुरानो दलहरुले दियो । अहिले सुरुङ्ग बनेर तायार भएको भए पनि सोसुरूङको मर्मत, सम्हार र सञ्चालनको लागि जापान सितै ऋण लिएर चीनियाँ ठेकादारलाई दिने काम भएकोछ । नेपाली जनताले न ज्ञान पाए न अनुभव नै जेपाए सबै बिदेशीले पाए । सोकार्यबाट कमाई पनि बिदेशीलाई नै भएको छ भने निर्माण सामग्रीहरु पनि बिदेशी कै बिक्री भएकाछन । शिप पनि बिदेशीकै बृद्धि भएकोछ भने नेपाली ईन्जिनियरहरु र कामदारहरु सबै टाँई टाँई फिस भएकाछन । उद्घाटन कै दिन परियोजनाबाट पीडित नेपाली जनताले एकातिरको छेउमाप्रवेश गरी परियोजना अधिकारीहरुका बिरुद्ध नारावाजी गरीरहेका थिए भने सुरक्षा अधिकारीहरु नारा लगाउने नेपाली जनताको बिरुद्ध चिल बाज झै बनेर झम्टीरहेका थिए । यसरी के नेपालमा समृद्धि आउँला र नेपाली जनता सुखी होलानर रुपुराना दलहरुले अहिले सम्म गरेका यिनै गल्तीहरुको परिणाम नेपाली जनताले भुक्तान गरी बसेकाछन ।
त्यसैले बालेन सरकारले यस्तो पुरानो दलहरुले गर्दै आएको गल्तीहरुलाई दोहर्याउने काम गर्नु हुँदैन । पुरानो दलहरुको एकता नेपाली जनताको बिरुद्ध छन । बालेन सरकारलाई यसले कुनै लछारपटार लाउन सक्दैन । पुराना दलहरुको सत्तामा आउने बाटो नेपाली जनताले हमेसाको लागि बन्द गरी दिनुपर्छ । पुराना दलहरु सत्तामा आएमा फेरि नेपाली जनतालाई आवश्यक नभएको परियोजनाहरु बनाएर एकातिर नेपाल राष्ट्र र नेपाली जनताले तिर्नु पर्ने राष्ट्रिय ऋणको भारी थप बढाउने छन भने अर्को तिर भर्मार कमिसन घुष खानेछन । सबै भन्दा नराम्रो त के हुन्छ भने एमालेका ओली सत्तामा फेर्केमा फेरि नेपाली जनताको लोकप्रिय फेसबुकलाई बन्द गरी दिनेछन । पुरानो दलहरुको एकता सत्तामा फर्किनको लागि भएको हुँदा जेन जीको बालेन सरकारले यसतर्फ सतर्क भएर रोकथाम गर्नु पर्नेछ ।

