काठमाडौं । सरकारका केही सचिवहरुले इमानदारपूर्वक काम गरेका छन् भने केही सचिवहरु कमाउ अड्डा धाउने र विदेश भ्रमणमा रमाउने गर्दछन् । कतिपय सचिवहरु भ्रष्टाचारमा डुबेर आफूसँगै देशको बदनाम गरिरहेका छन् । योग्य र इमानदार सचिवहरुले आफ्नो कार्यकालमा देशको लागि उदाहरणीय काम गरेर सेवा निवृत्त भएका छन् । खासगरी पञ्चायती कालका सचिवहरु राष्ट्रसेवक भएको पाइन्छ ।
तर, प्रजातन्त्र हुँदै लाकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा नेपाल सरकारका मुख्यसचिव र सचिवहरु कोही अछुतो रहेनन् । धेरथोर भ्रष्टाचार र अनियमिततामा फसेकै छन् । हालका मुख्यसचिव एकनारयण अर्याल, गृहसचिव गोकर्णमणि दुवाडी र श्रमसचिव पुष्करहरि कर्ण विवादको घेरामा पर्दै आएका छन् । यिनै सचिवहरुकै कारण सरकार दिनप्रतिदिन बद्नाम हुँदै गएको छ । गृहसचिव दुवाडी तत्कालीन भूमि सचिव हुँदा भूमाफियासँग मिलेर सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याएर प्लटिङ गरी विक्रीवितरण गरेर अकुत सम्पत्ति आर्जन गरेका व्यक्ति हुन् भन्ने हल्ला चलदै छ भूमि सुधार मन्त्रालयतिर । दुवाडीले कोशी प्रदेशको सचिव हुँदा साइकिल खरिद काण्ड मच्चाएको आरोप समेत खेप्दै आएका छन् ।
निर्वाचन आयोगमा बस्दा मतपेटिका खरिददेखि मतपत्र छपाइमा भ्रष्टाचार गरेको आरोप लागेको थियो । अहिले उनै दुवाडी गृहसचिव बन्न पुगेका छन् । दुवाडी गृहसचिव भएपछि भिजिट भिसाको सेटिङ भताभुङ्ग हुँदा गृहमन्त्री रमेश लेखकको धज्जी उडेको छ । सचिव दुवाडीको निकम्मापनकै कारण गृहमन्त्री लेखकको पदसँगै राजनीतिक भविष्य अन्धारकार हुने देखिन्छ । किन कि दुवाडीले जतिसुकै भ्रष्टाचार गरे तापनि सेटिङमा माहिर छन् । किन कि उनका भाई नारायण दुवाडी अख्तिार दुरुपयोग अनुसन्धान आयोगमा सचिवमा रहेका छन् ।
गृहसचिवको कालाकर्तुत नारायण दुवाडीले अख्तियारबाट धोइपखाली गरिदिन्छन् । गृहसचिव निकम्मा बन्दा गृहमन्त्रालयको बरन्डामा दशऔं जना सह–सचिवहरु चार महिनादेखि अधिकारबिहीन भएर थन्किएका छन् । उता, मुख्यसचिव अर्यालयले पनि गृह, परराष्ट्र र संघीय मामिला जस्ता मन्त्रालयमा सह–सचिवहरु अधिकारबिहीन भएर बस्दा सम्बन्धित निकायमा खटाउन नसकेको आरोप लागिरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जगेडामा रहेका सह–सचिवहरुलाई काममा खटाउन निर्देशन दिए तापनि त्यो काम हुने सम्भावना देखिँदैन । मुख्यसचिव अर्याल कर्मचारीहरुको अभिभावक भए तापनि त्यो भूमिका निर्वाह गर्न नसकेको आरोप त्यत्तिकै छ । एकातिर मुख्यसचिवले उपयुक्त कर्मचारीलाई सम्बन्धित निकायमा खटाउन नसक्नु अर्कोतिर गृहसचिव भिजिट भिसामा फस्नु र श्रमसचिव पुरष्करहरि कर्णले राम्रो काम गर्न नसक्नुले सरकार दिनप्रतिदिन बद्नाम हुँदै गएको कर्मचारीहरुको भनाई छ ।