काठमाडौं । नेपाल प्रहरी र संशस्त्र प्रहरी गैह्रजिम्मेवारी बन्दा पछिल्लो समय तस्कर, माफिया चोरी डकैती र अपहरणका घटनाहरु फरक फरक तरिकाले हुदैँ गएका छन् । नेपालमा पछिल्लो समय विभिन्न घटनाका शैलीहरु फरक फरक हुदैँ गएका छन् । खासगरी काठमाडौं उपत्यका लगायत देशैभरी हुने अपराधका घटनाहरु छुट्टाछुट्टै तरिकाले हुन थालेका छन् । त्यसमा डिजिटल भुक्तानी, चेक बाउन्स, साइबर अपराध, धार्मिक तथा सामाजिक हिंसा भड्काउ जस्ता घटनाहरु, सामाजिक सञ्जालबाट हुने ठगी, साइबर अपराधका घटना र सिमा क्षेत्रमा हुने विभिन्न गतिविधिहरुमा व्यापक फेरबदल हुदै आएको छ । त्यसैगरी बैदेशिक कारोबारमा विभिन्न घटनाहरु हुनको साथै साइबर अपराध पनि बढ्दै गएको छ ।
त्यसले गर्दा काठमाडौं उपत्यका लगायत देशैभरी सुरक्षा निकाय फितलो हुँदा यस्ता घटनाहरु दिनप्रतिदिन बढ्दै गएको सर्वसाधारणहरुको गुनासो रहेको छ । काठमाडांैं उपत्यकाका घना बस्तीसँगै पहाडी र तराई भेगमा पनि अपराधका घटनाहरु बढिरहेको आशंका सर्वसाधारणले गर्न थालेका छन् । अपराधमा संलग्न हुने युवायुवतीको उमेर १८ देखि ३० वर्ष ननाघेका पर्दछन् । त्यसले गर्दा धेरैजसो अपराधजन्य घटना यी उमेर समुहमा पर्ने गरेका छन् । कतिपय युवायुवतीहरु प्रेम सम्बन्धमा धोका हुँदा, ब्याकमेलिङ, सम्बन्ध विच्छेद हुँदा उनीहरु आत्महत्या गर्न बाध्य हुने गरेका छन् । त्यसले गर्दा समाज पनि भड्किदै जाने गरेका छन् ।
आत्महत्या गर्नेहरुको संख्या पनि दिनहु बढ्दै गएको पाइन्छ । कतिपय मानिसहरु डिप्रेसनको कारणले गर्दा आत्महत्या गर्ने गरेका छन् भने कतिपयले रोजगार र ऋणको भार थेग्न नसकेकै कारण आत्महत्या गर्न बाध्य भएको पाइन्छ । तर सरकारले यस्ता आत्महत्यासम्बन्धित रोक्नको लागि कुनै कार्यक्रम ल्याएर लागू गर्न सकेको छैन । कार्यक्रमहरु ल्याएतापनि त्यसको प्रभावकारी भूमिका हुन सकेको छैन ।
सुरक्षा निकायले यस्ता विषयमा गम्भिर भएर काम गर्न सकेको छैन । देशमा दिनप्रतिदिन विभिन्न घटना भइरहदा सुरक्षा निकाय र सरकारको समन्वय हुन सकेको छैन । उल्टै रास्वपाका सांसद खगेन्द्र सुनुवारले नेपाल प्रहरीका आइजीपी दान बहादुर कार्कीकै अगाडी गलत भाष्य प्रयोग गरेर सुरक्षा निकायको मनोबल गिराउने काम गरेका छन् । त्यसले गर्दा सशस्त्र प्रहरी र नेपाल प्रहरीको धज्जी उड्ने काम भएको छ ।
गृहमन्त्री सुदन गुरुङले सुरक्षा प्रमुखहरुको बचाउ गरेतापनि सर्वसाधारणको अगाडी सुरक्षा निकाय चुकेको छ । गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनले सुरक्षा निकायको मनोबल गिरेको अवस्था थियो । सो मनोबल उकास्नको लागि विभिन्न तहतप्का समुदाय र व्यक्तिहरुले सुरक्षाकर्मीहरुलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउदै लगेको र सुरक्षा कर्मीहरुले पनि उनीहरुको मनोबल अनुसार देशको लागि शान्ती सुरक्षामा जोड दिदैँ आएका थिए । तर, रास्वपाका दुई तिहाई सरकारका सांसद खगेन्द्र सुनुवारको अभिव्यत्तिले गर्दा सुरक्षा निकाय फितलो बन्ने संकेत देखिएको छ । सुरक्षा निकाय कमजोर हुन साथ देशमा अपराधका घटनाहरु बढ्ने संकेत देखिन्छ । त्यसले गर्दा गृहमन्त्रालयले सुरक्षाकर्मीहरुको मनोबल नगिर्नेगरी काम गर्ने वातावरण बनाउनुपर्ने जरुरी देखिन्छ । सुरक्षाकर्मीहरुले देश र जनताको लागि कसैको बहकाउमा नलागिकन काम गर्न आवश्यक छ ।

