देश पीडामा डुबिरहँदा मधेसवादी दलहरु मौन

राजनीति समाचार

काठमाडौं । पछिल्लो समय नेपालको राजनीतिकमा विभिन्न उथल पुथल भएको छ । दलहरुबीचमा एकता छैन । दलैपिच्छे एकलेअर्काको खुट्टा तान्ने प्रवृत्ति बढ्दै गएको छ । जेनजी आन्दोलनपछि सबै दलहरु गुमनाम भएका छन् । नेकपा एमालेलाई ब्युताउँने काम महेश बस्नेतले गरेका छन् भने नेपाली कांग्रेसलाई सिध्याउने काम गगन कुमार थापाले गरेका छन् । गगन थापाले निम्त्याएको रोगले कांग्रेसलाई झन् गाँज्दै लगेको छ । कांग्रेसले विशेष महाधिवेशन गर्नुभन्दा पार्टी एकतालाई बलियो बनाउने काम गरेको भए गत फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस ३८ सिटमा खुम्चिनुपर्ने थिएन । तत्कादीन कांग्रेस सभापति शेर बहादुर देउवाविरुद्ध गगन कुमार थापाले विशेष महाधिवेशन गरेर कांग्रेसलाई सिध्याउने काम गरे ।

त्यसले गर्दा कांग्रेस झन् विभाजनतिर धकिलिँदै गएको छ । कांग्रेसको यो अवस्था छ भने नेकपा एमालेभित्र पनि केपी शर्मा ओलीविरुद्ध आक्रमण भइरहेको छ । केपी ओलीमाथि सबैतिरबाट आक्रमण हुँदा पार्टी कमजोर बन्दै गएको छ । एमालेसिध्याउनको लागि स्वदेशीदेखि विदेशी शक्तिहरुलागिपरेका छन् । त्यसले राष्ट्रियता नै कमजोर हुने अवस्था सिर्जना भएको छ । एमालेलाई सिध्याउने खेलमा विदेशी शक्तिहरु लागिरहँदा त्यसको घानमा नेपाली कांग्रेस पनि परेको छ । कांग्रेसलाई विदेशी शक्तिहरुले दुई धारमा विभाजित गरेका छन् । गगन थापा पक्षलाई अगाडि ल्याउन पश्चिमाहरु लागिपरेका छन् भने देउवा समूहलाई ल्याउन दुई छिमेकी मुलुक भारत र चीन लागेका छन् । त्यसले गर्दा एक समूहले अर्कोलाई सिध्याउने खेल भइरहेको छ । दुवै समूहको घमण्डले गर्दा नेपाली कांग्रेस सिध्याउने काम भइरहेको छ ।

अर्कोतर्फ भदौ १० गतेको भोटेकोशी बाढीले रसुवालगायत पाँचवटा जिल्लालाई सखाप बनाएको छ । बाढीपिडीलाई राहत र उद्दारको लागि स्वदेशदेखि विदेशी सहयोग जुटेको छ । निजी क्षेत्रदेखि नेकपा एमाले, नेपाली कांग्रेस, नेकपालगायतका राजनीतिक दलहरुले आर्थिक सहयोगसँगै घटनास्थलमा उपस्थित भएर उद्दारमा जुटिरहेका छन् । एमाले, कांग्रेस र नेकपाका भ्रातृ तथा शुभेच्छकु संघ, संगठनहरु पनि आ–आफ्नो गच्छेअनुसारको सहयोगमा जुटेका छन् । त्यस्तै पत्रकारहरु सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेशण गरेर सर्वसाधारणमा सूचना प्रवाह गरी बाढीपिडीका परिवार तथा आफन्तलाई आशा जगाउने काम गरिरहेका छन् ।

तर, मधेवादी दल भने प्राकृतिक विपत्तिले देशै संकटमा पर्दा राहत र उद्दारमा सहयोगको त कुरै नगरौं दुःख प्रकटसमेत गरेको छैन । त्यसले मधेसवादी दलका नेताहरु देश र जनताको नभई आफ्नो स्वार्थपूर्तिको लागि राजनीति गरिरहेको देखिन्छ । हुन त प्रधानमन्त्री नै मधेसी मुलका भएकाले अरु मधेसवादी दलले किन सहयोग गर्नु भनेर होला ? यदि होइन भने देश यति ठूलो प्राकृतिक विपत्तिमा परेर विदेशीले समेत सहयोग गरिरहेका बेलामा नेपालकै मधेसवादी दलका पुराना नेताहरु किन गुमनाम भएका छन् ? महन्थ ठाकुर, राजेन्द्र महत्तो, उपेन्द्र यादव, सिके राउत, महेन्द्र राय यादव, प्रभु शाह, रेशम चौधरीलगायतका तराईवासी नेताहरुजो पटक–पटक सत्तामा पुगिसकेका छन् । उनीहरु देशलाई यति ठूलो संकट पर्दा न त राहत र उद्दारको लागि निस्किएका छन् न त दुःख प्रकट नै गरेका छन् । जब कि पूर्वाराजा ज्ञानेन्द्र शाहले बाढीपिडीतहरुलाई करोडौं सहयोग उलब्ध गराएका छन् । यसले के देखाउँछ भने मधेसवादी दल र तिनका नेताहरु देश र जनताको लागि नभई आफ्नो रोजीरोटीको लागि राजनीतिको नाममा कमाइ खाने भाँडो बनाएको देखिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *