काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको रुपन्देही जिल्ला अदालत स्थित बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जवाफी बहस सकिएको छ ।
लामिछानेको मुद्दामा सरकारी, जाहेरवाला र प्रतिवादीका वकिलहरूको थुनछेक बहस आइतबार सकिए लगत्तै जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा जवाफी बहस भएको हो। अदालत स्रोतका अनुसार बहसपछि इजलासले यो मुद्दामा आदेश आजै आउने समेत उल्लेख गरेको छ ।
न्यायाधीश योगीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिने वा सामान्य तारेखमा रिहाइ गने भन्ने आदेश गर्नेछ । न्यायाधीश योगीको इजलासमा मुद्दा परेपछि उनले बुधबार बयान दिएर परिवार र वकिलको जिम्मा जमानीमा बस्दै आएका छन् ।
लामिछानेलाई यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।