हिमाल आरोहण गर्नेको शुल्क बढेपछि पर्यटनहरु घट्दै

अर्थ/वाणिज्य समाचार

काठमाडौं । नेपालको पर्यटन क्षेत्रलाई खासगरी विदेशीहरुले मनपराउने गर्दछन् । तिनै विदेशीहरु नेपालका विभिन्न भू-भागमा घुम्ने र रमाउने गर्दछन् ।

उनिहरुलाई पर्यटन व्यवसायहरुले महंगो शुल्क लिएर नेपालका विभिन्न मठ मन्दिर देखि कला क्षेत्रसम्म अवलोकन गराएर विदेशी पर्यटकहरुलाई ठग्ने काम गर्दै आएका थिए । । चाहे हिमाल आरोहनको नाम होस् चाहे होटल गेष्ट हाउसमा बस्नको लागि पनि पर्यटन व्यवसायहरुले महंगो शुल्क लिने गरेका छन् । त्यसै कारणले गर्दापनि नेपालमा विदेशी पर्यटकहरु कम आउन थालेको  अनुमान गर्न सकिन्छ । हालै मात्रै पर्यटन विभागले विदेशी पर्यटकहरुलाई शुल्क बढाएर दुख दिनेकाम गरेको छ । विदेशी पर्यटकहरुको तोकिएको शुल्क यस प्रकार रहेको छः

नयाँ दर अनुसार सगरमाथा चढ्न वसन्तकालीन समयमा सगरमाथा आरोहण शुल्क १५ हजार अमेरिकी डलर पुर्‍याइएको छ । त्यस्तै, बसन्त ऋतु अनुसार हेरी शुल्क निर्धारण गरिएको छ । जसमा ७ हजार ५ सय डलर लिने निर्णय गरेको छ । जाडो र मनसुन सिजनको शुल्क ३ हजार ७ सय ५० डलर तोकेको छ । पहिलाको शुल्क ११ हजार, ५५ सय र २ हजार ७ सय ५० डलर तोकिएको थियो ।

त्यस्तै, नेपाली आरोहीका लागि वसन्त ऋतुमा १ लाख ५० हजार रुपैयाँ पुर्‍याइएको छ । शरद ऋतुमा ७५ हजार रुपैयाँ र बाँकी सिजनको लागि ३७ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । हालसम्म तीन सिजनमा गरी ७५ हजार र ३७ हजार ५ सय डलर कायम गरिएको अवस्था छ । हाल केही साता अगाडि पर्यटन क्षेत्रमा शुल्क बढाएपछि विदेशी देखि स्वदेशीसम्म हिमाल आरोहण गने व्यक्तिहरु कमहुन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *