एयरपोर्ट भन्सार र अध्यागनमा सेटिङ कहिलेसम्म ?

राजनीति समाचार

काठमाडौं । दुई ठूला दल मिलेर बनेको सरकारले ६ महिना पार गरिसक्दा पनि मुलुकमा न विकास निर्माण र सुशासनको काम गर्न सकेको छ न त महंगी नियन्त्रण गरेर अर्थतन्त्र चलायमान बनाउन सकेको छ । उल्टै भ्रष्टाचारी र विचौलियालाई प्राथमिकता दिएर सर्वसाधारणलाई प्रताडित बनाउने काम गरेको छ । हरेक सरकारी कार्यालयहरुमा सेटिङ चलिरहेको छ । खासगरी अध्यागमन कार्यालय, एयरपोर्ट भन्सार कार्यालय र राजश्व अनुसन्धान विभागमा व्यापक रुपमा सेटिङ चलिरहेको छ ।

गृहमन्त्रालयमा यतिबेला सहसचिव छवि रिजाल, बद्री तिवारी, धर्मराज जोशी र गणेश ओलीको सेटिङ चलिरहेको छ भने एयरपोर्ट भन्सार कार्यालयमा प्रहरी, व्यापारी र भन्सार एजेन्टहरुको सेटिङ चलिरहेको छ । एयरपोर्ट भन्सार कार्यालयमा विदेशबाट आयात हुने सामानहरुको भन्सार छली हुँदा भन्सार कार्यालयका महानिर्देशक महेश्वर बराल मुकदर्शक बनेर बसेका छन् । बराल बाहिरबाट हेर्दा जति इमानदार र सक्षम देखिन्छन् भित्री रुपमा त्यति नै खान र खुवाउन माहिर कर्मचारी हुन् ।

उनी तत्कालीन कम्पनी रजिष्ट्रारमा रजिष्ट्रार थिए । त्यसपछि कम्पनी रजिष्ट्रारबाट सरुवा भएर आन्तरिक राजश्व विभाग लाजिम्पाट पुगे । फेरि अर्थमन्त्रालयहुँदै अर्को मालदार ठाउँ एयरपोर्ट भन्सार कार्यालयमा पुगेका छन् । बरालले एयरपोर्ट भन्सार कार्यालयको महानिर्देशक मात्रै चलाएका थिएनन् अर्थमन्त्रालय अन्तर्गतपर्ने धितोपत्र बोडको कामु अध्यक्षसमेतको जिम्मेवारी पाएका थिए । उनी धितोपत्र बोर्डको कामु अध्यक्ष हुँदा विभिन्न बैंक, वित्तीय संस्थादेखि बीमा कम्पनीहरुसँग मिलेमतो गरी व्यापक आर्थिक लाभ लिएको स्रोतको दावी छ ।

यसबारेमा तामाकोशी सन्देशले सम्पर्क गर्न खोज्दा फोनसमेत उठाएनन् । बरालको बालाजुमा आलिसान भवन छ भने हालै भैसेपाटीमा अर्को बंगला खडा गरेको बताइन्छ । बराल कांग्रेस निकट कर्मचारी भनिए तापनि अहिले उनलाई अर्थमन्त्री विष्णु पौडेलको आशिर्वाद रहेको बताइन्छ । अर्थमन्त्री पौडेल पनि भ्रष्ट कर्मचारीलाई छानीछानी मालदार ठाउँमा पठाउने आर्थिक लाभ लिने मन्त्रीमा गनिन्छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *