काठमाडौं । राजनीतिक स्वार्थमा परिचालन नेपाली सुरक्षा निकाय अहिले सहकारी ठगी प्रकरणका व्यक्तिहरूलाई जोगाउँदै सत्ताइतर रास्वपाका सभापति रवि लामिछाने माथि केन्द्रित छ । कांग्रेसका गृहमन्त्रीले कांग्रेसकै नेताहरू जोगाउने गरेका छन् । नेपाल प्रहरीमाथि हस्तक्षेप गर्ने सरकारको निर्देशन मान्नै प¥यो । अनुसन्धान जहाँ जस्तो सुकै होस् थन्क्याएर प्रहरीलाई पार्टी कार्यकर्ता बनाइँदैछ । छानबिनमै पक्षपात छ । सरकार माथिल्लो तहको प्रहरीको चासो लिन्छ जो फिल्डमा कुद्छ । उसको वृत्ति विकासमा चासो दिँदैन ।
गृहमन्त्रीको ध्यानले मात्रै यहाँ हुँदैन । कांग्रेसकी डा.आरजुले प्रत्येक सरुवा बढुवामा चासो राख्दा वृत्ति विकास छेकिने अवस्था सिर्जना भएको छ । प्रहरी शक्ति सरकारको प्रतिनिधि भएर पनि निष्पक्ष बन्न पाएको छैन । सत्ता पक्षका नेता कार्यकर्ताको अपराध क्षम्य भएका छन् । पछिल्लो चरणमा कांग्रेस उपसभापति हुन् वा प्रदेश सरकारको कानुन मन्त्री भएर मानव तस्करीमा सहभागी लिला बल्लभ अधिकारीमाथि कारबाही नहुनुमा सरकारको निष्पक्षता छैन ।
सार्वजनिक लेखा समितिमा क्रियाशीलता छैन । सभापति पनि सत्ता पक्षकै छन् । ऋषिकेश पत्नी अन्जला कोइराला प्रहरीको रेकर्डमा भगौडा बनिन् । तर १० लाख धरौटीमा छुट्नु पनि अरुलाई देख्दा लज्जाकै विषय भएको छ । एमाले र कांग्रेसले चलाएको सरकार ६ महिना भइसक्दा पनि जनता सरकारको पक्षमा भएनन् भन्ने कुरा छर्लङ्ग भयो । विपक्षको कुरा सरकार सुन्दैन्, जनताको समस्यामा राजनीतिभन्दा व्यवहारिक हुन्छन् ।