काठमाडौं । सेयर बजारमा साताको पहिलो दिन आइतबार १०.४१ अंकले गिरावट आएको छ ।
आजको गिरावटपछि नेप्से २ हजार ६ सय ४३ अंकमा कायम भएको हो । बजारको परिसूचक घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ७ अर्ब ८५ करोड हुँदा आइतबार भने ९ अर्ब १२ करोडले कारोबार भएको छ ।
एक सय १६ कम्पनीको मूल्य बढ्दा एक सय २१ वटामा गिरावट आएको छ, भने ६ वटाकोे मूल्य स्थिर नै रहेको छ । उपकार लघुवित्त र माथिल्लो मैलुङखोला जलविद्युत्को मूल्य १० प्रतिशतले बढेको छ ।
बोटलर्स नेपाल बालाजु, दोल्ती पावर, जानाकी फाइनान्स र धौलागिरि लघुवित्तको मूल्य १० प्रतिशतले घट्दा कारोबार रकमका आधारमा सप्तकोशी विकास बैंक, नेपाल पुनर्बीमा कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर, सिन्धु विकास बैंक र सीएचडीसी क्रमशः अगाडि रहेको छ ।