आरोप बारे केन्द्रीय समितिमा जवाफ दिन रेशम चौधरीको रञ्जितालाई सन्देश

राजनीति समाचार

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रञ्जिता चौधरीले आफूमाथि लागेका आरोप केन्द्रीय समितिको बैठकमा आएर दिनुपर्ने बताएका छन् ।

चौधरीले भिडियो सन्देश जारी गर्दै रञ्जितालाई तपाइँ भाग्न नपाउने र आफूमाथि लागेको आरोपबारे बैठकमा स्पष्ट जवाफ दिनुपर्ने बताएका हुन् । रञ्जिता कास्कीको लिचीबारी जग्गा प्रकरणमा बिचौलिया बनेर मन्त्रीलाई घुस खुवाएको पाइएपछि हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परेकी छन् ।

चौधरीले,‘अध्यक्षले बैठक बैधानिक छैन भनेको सुनेको छु, यसो भनेर अध्यक्ष जी पन्छिन पाउनु हुन्न । साथीहरुले बैठक बोलाउनु भएछ, के कारणले बैठक बोलाउनु भएछ, उहाँले सोधीखोजी गर्नुपर्छ । उहाँ अध्यक्ष भइसके पछाडि हरेक सदस्य उहाँको परिवार हो । उहाँसँग प्रतिशोधको भावना राख्नु गलत कुरा हो ।’भनि उल्लेख गरेका छन् ।

चौधरीले अहिलेको परिस्थिति अध्यक्षको कारणले भएको भन्दै केन्द्रिय सदस्यमा आएर जवाफ दिनुपर्छ र पार्टीलाई बन्धक बनाउन नपाइने बताएका छन् ।

उनले केन्द्रीय समितिको बैठक आफुले सुझाव दिएर बोलाइएको भन्दै आफु निकासको बाधक नभएको बताए । उनले आफुलाई संरक्षक बनाइएको र पार्टीमा भूमिका विहिन बनेको गुनासो समेत गरेका छन् । उनले पार्टीमा समस्या भए पार्टीमा छलफल गर्न सबैलाई आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *