समस्याग्रस्त घोषित सहकारीका ऋणीलाई भदौ मसान्तभित्र ऋण तिर्न समय

कर्पोरेट विविध समाचार

काठमाडौं । समस्याग्रस्त घोषित सहकारी संस्थाका सम्पूर्ण ऋणीलाई भदौ मसान्तभित्र ऋण तिर्न भन्दै सूचना जारी गरिएको छ ।

बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयले शुक्रबार सूचना प्रकाशित गर्दै भदौ मसान्तसम्म ऋण चुक्ता गर्न सयम दिदै अन्यथा ऋण असुलीका लागि कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने बताइएको छ ।

बागमती सरकारको सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले प्रदेश सहकारी ऐन, २०७६ को दफा ८१ बमोजिम समस्याग्रस्त घोषित सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकारी संस्था, नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था, लालीगुराँस बचत तथा ऋण सहकारी संस्था र सुमेरु बचत तथा ऋण सहकारी संस्थाका ऋणीलाई कर्जा रकमको साँवा तथा ब्याज भदौ ३१ भित्र उक्त समितिको बैंक खातामा बुझाउन भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *