काठमाडौं । भारतको मणिपुरमा राष्ट्रपति शासन ६ महिनाको लागि बढाउने निर्णय गरिएको छ ।
यो आदेश अगस्ट १३, २०२५ देखि लागू हुनेछ । यस सम्बन्धमा राज्यसभाले सूचना जारी गरेको छ । सूचनामा भनिएको छ‘,यो सदनले संविधानको धारा ३५६ अन्तर्गत मणिपुरको सम्बन्धमा फेब्रुअरी १३, २०२५ मा राष्ट्रपतिद्वारा जारी गरिएको घोषणालाई अगस्ट १३, २०२५ देखि छ महिनाको अवधिको लागि निरन्तरता दिन स्वीकृत गर्दछ ।’
एन बिरेन सिंहले फेब्रुअरी १३ मा मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि मणिपुरमा राष्ट्रपति शासन लागू गरिएको थियो । मे २०२३ देखि राज्यमा चलिरहेको जातीय द्वन्द्व अहिले पनि जारी रहेको छ ।

