ananta gurung

अन्योलताको चपेटामा बालेन सरकारको भरोषा

राजनीति लेख

अनन्त बहादुर गुरुङ

२०८३ साल भाद्र३१ गते बुधवारको तामाकोशी सन्देश राष्ट्रिय सप्ताहिकमा प्रकाशित
पुरानो दलहरुले नेपालमा निर्माण गरेका अन्योलता र अनिस्चितताको वातावरण अहिले पनि कायम नै रहेकोछ । बालेन सरकारलाई हटाउनपुरानो दलहरुले जोडबल नलगाएको होइन तर बालेन सरकारको जरा नेपाली समाजको भित्रै सम्म फैलीएर गएको हुँदा कसैको पनि केही चलेन । बालेन सरकारको इमान्दार कोसिसलाई त्रिशुलीको महाजलप्रलयले बिथोलेको छ । नेपाल राष्ट्र र नेपाली जनतालाई पर्दा साह्रा संसारले सहायता गर्दछन भन्ने कुरा अहिले प्रष्ट देखीएकोछ ।

खासगरी दुई ठुला क्षिमेकी राष्ट्रहरुबाट पाएको सहायताले पनि संकटको घडीमा नेपाल राष्ट्र र नेपाली जनता कहिले एक्लो पर्दैन भन्ने कुराको पुष्टी भएकोछ । बालेन सरकार कुनै राजनीतिक दलले मात्र बनाएको सरकार नभएर यो सरकार नेपाली जनताले नै बनाएको हो भन्ने कुरा प्रष्ट नै छ । राष्ट्रिय स्वतंत्र पार्टीलाई नेपाली जनताले दिएको दुईतिहाई बहुमतले नै यो कुराको पुष्टी गरेकोछ । त्यसैले बालेन सरकारलाई नेपाली जनताले दुईतिहाई बहुमत दिएर बलियो बनाएको भए पनि यसको जग भने उहि पुरानो नै रहेकोछ । उहि पुरानो दलहरुबाट बिरासतमा पाप्त अड्डा अदालत प्रहरी प्रशासन र नेपालको संबिधान २०७२ को सेरोफेरोमा बालेन सरकारको सुशासन तिरको यात्रा टिकेको छ ।

पुरानो दलहरुले चुनाव हारेको र चुनाव जित्न नसक्ने आफ्नाराजनीतिक नेताहरु र कार्यकर्ताहरुलाई जागिर खुवाउनको लागि निर्माण गरेको राष्ट्रिय सभाले पनि बालेन सरकारको सुशासन तिरको यात्रालाई पटक पटक बाधित बनाएर हैरान पार्ने गरेकोछ । पुराना दलहरुले बनाएको नेपालको संबिधान २०७२ नेताहरु र दलहरु मैत्री भएपनि यो नेपाल राष्ट्र र नेपाली जनता मैत्री छैन । यहि संबिधानको जगमा पुरानो दलहरुले बनाएको शासकिय स्वरुप कै कारण नेपाली जनता धेरै पीडित भएकाछन । पुरानो दलहरुले नेपालको शासकिय स्वरुप यस्तो बनाएकाछन कि त्यसबाट नेपाल राष्ट्र र नेपाली जनता धेरै पीडित बनीरहेकाछन भने पुरानो दलका नेताहरु र राजनीतिक कार्यकर्ताहरुले त्यसबाट फाईदा लुटेका लुटेकै छन । तिनीहरुले नै बालेन सरकारलाई नेपालको शासकिय स्वरुप बदल्नको लागि बाँधा हालेकाछन ।

पुरानो दलहरुको राजमा खाईपाई आएको सुबिधा त्याग्न कोही तयार छैनन् । आन्दोलनको धम्की दिन्छन र भित्रभित्रै अन्योलता र अनिस्चितताको वातावारण निर्माण गरी निजी लाभ उठाउने प्रयासमालिन रहेकाछन । नेपालमा अहिले सक्रिय चोर चकार बिचौलियाहरु कोही पनि बाहिरबाट आएकाहोइनन् । तिनीहरु सबै नेपाली नै हुन र नेपाली नै बनेर नेपाल राष्ट्र र नेपाली जनतालाई ठग्ने र लुट्ने प्रयासमा जुटीरहेकाछन । खाना पकाउने ग्याँस उद्योगीहरुले नै बजारमा कृतिम अभावको श्रृजना गरी नेपाल राष्ट्र र नेपाली जनतालाई कालोबजारबाट महंगो मुल्यमा खाना पकाउने ग्याँस किन्न बाध्य तुल्याएकाछन । आखिरमा खाना पकाउने ग्याँस उद्योगीहरु भनेको व्यापारी जस्ता मात्रै हुन । भारतबाट आयात गरिएको खाना पकाउने ग्यासलाई सिलिण्डरमा रिफिल गरी नेपाली उपभोक्ता सम्म पुराउने काम मात्रै उनीहरुले गर्दै आएकाछन ।

धमिलो पानीमा माछा मार्न पल्केका ग्याँस उद्योगी भनाउँदाहरुले त्रिशुलीमा आएको महाजलप्रलयलाई अवसरको रुपमा दुरुपयोग गरेकाछन । नेपाली जनताले सुशासन कार्यान्वयन गर्नको लागि राष्ट्रिय स्वतंत्र पार्टीको युगल नेतृत्व रबि र बालेन माथि ठुलो भरोषा गरी बालेन सरकारको चयन गरेको हो । तसर्थ बालेन सरकार नै नेपाली जनताको लागि ठुलो आड भरोषा हो । यहि कुरा पुरानो दलहरु र तिनका शीर्ष नेताहरुले पनि बुझीसकेको हुँदा बालेन सरकारलाई जसरी पनि घेराबन्दी गरी असफल बनाउने तिर तिनीहरुको ध्यान केन्द्रित छन । सत्य कुरा के हो भने नेपालमा सुशासन कार्यान्वयन भएमा भ्रष्टाचारीहरु र आर्थिक अपराधीहरुले उहाँहरुको बाँकी जीवन जेलमा बिताउनु पर्ने हुन्छ । त्यसकारण बालेन सरकारलाई नेपाली जनताले चाहेको जस्तो सुशासन कार्यान्वयन गर्न पुरानो दलहरुले जसरी पनि रोक्नको लागि नेपालमा अन्योलता र अनिस्चितताको वातावारणलाई कहिले पनि समाप्त हुन नदिने र टिकाई राख्ने अभ्यासलाई निरन्तर जारी राखीरहेकाछन ।नेपाली जनतालाई बालेन सरकारको ठुलो आड भरोषा छ ।

जसरी पनि बालेन सरकारले पुरानो दलहरुले नेपालमा फैलाएको अन्योलता र अनिस्चितालाई चिरी छाड्छन भन्ने कुरामा कुनै दुबिधा र शंका मनमा छैन । बालेन सरकार आज नै ढल्ने भोली नै ढल्ने सडकमा पुर्याएर घिसार्ने जस्ता पुरानो दलका शीर्ष नेताहरु र अन्य नेताहरुको अभिव्यक्ति नेपालमा अन्योलता र अनिस्चितता निर्माण गर्न गराउनको लागि नै हो । यसरी बालेन सरकारको ध्यान केही समयको लागि बिषय वस्तुबाट भड्काउन सकिएपनि लामोकाल सम्म त्यसको कुप्रभाव टिक्दैन । अहिले पुरानो दलहरु आफ्नै अस्तित्व बचाउने संधर्षमा जेलिएकाछन त्यसैले बालेन सरकार माथि उनीहरुबाट निरन्तर भईरहेको आक्रमण आफ्नै दल भित्र चलीरहेको शक्ति संघर्षको प्रतिविम्ब पनि हो ।

जे होस दलहरु आफै नसुध्रिए सम्म तिनीहरुलाई नेपाली जनताले बिश्वास गर्नेवाला छैनन् । उक्त पुराना दलहरुको राजनीतिक नेतृत्वमा नयाँ युवाहरु नआए सम्म नेपाली जनताले निरन्तर वेवास्ता गरी नै राख्नेछन । सुधार र राजनीतिक परिवर्तन भएको पुरानो दलहरुमा देखिनु पर्यो तब मात्र नेपाली जनताको पनि सोच बदलिने संभावना रहन्छ । पुरानो दलहरुले पुरानै नेतृत्वको बलमा आफ्नो पुरानो राजनीतिक हैषियत कदापि प्राप्त गर्ने सक्ने छैनन् । अहिले बालेन सरकारको रुपमा जेन जी सरकार नेपालमा कायम रहेकोछ । त्यसैले नेपालको राजनीति अब फर्किएर पुरानो दलहरुको पोल्टामा जान सक्ने अवस्था कदापि नेपालमा छैन । नेपालमा नेपाली जनताले राजतंत्र र वैदिक सनातनी हिन्दूधर्मको आवश्यकता महसुस गरीरहेकाछन । पुरानो दलहरुले हौशियर नेपाली जनताको जनमतलाई वेवास्ता गर्दै हटाएको राजतंत्र र वैदिक सनातनी हिन्दूधर्म नै अबको ताजा राजनीतिक एजेण्डा हो ।

भगवान श्रीपशुपतिनाथलाई वेवास्ता गर्ने पुराना दलका शीर्ष नेताहरु र अन्य नेताहरुलाई नेपाली जनताले कहिले पनि आफ्नो नेता मान्न सक्दैन । त्यो उहाँहरुले गरेको जिवनको सबै भन्दा ठुलो भुल थियो । तत्कालिन अवस्थामा नेपाली जनताले त्यसको बिरोध गर्न उचित ठानेनन् तर अहिले नेपाली जनताको लागि बेला, मौका र अवसर पनि भएको हुँदा यस बिषयमा अवाज नउठाई चुप लगेर बस्न मिल्दैन । पुरानो दलहरुले वेवास्ता गरेको यो बिषयले परिवर्तित राजनितिक परिवेशमा अवश्य महत्व पाउने छ भन्ने कुरामा अब कुनै दुबिधा नेपाली जनताको मनमा छैन । नेपाल राष्ट्र नै नरहेको अवस्थामा नेपाली जनता पनि नेपाली रहने छैनन् । तसर्थ नेपाली राजनीतिकको पहिलो सर्त भनेको नेपाल राष्ट्रलाई जोगाउनु नै हो । नेपाली जनाताले ईजरायल र प्यालेस्टाईनको निरन्तर युद्धहरु देखी भोगीरहेकाछन । राष्ट्रको महत्व कति हुन्छ भन्ने कुरा ईजरायली र प्यालेस्टाईनी जनतालाई सोध्नु पर्छ ।

नेपाली जनताले नेपाल राष्ट्रको लागि ईजरायली र प्यालेस्टाईनी जनताले जस्तो संघर्ष गर्नु परेको नै छैन । बनी बनाई नेपाल राष्ट्र नेपाली जनताले पाएकाछन जसको लागि नेपालको शाहबंशिय राजतंत्रलाई धन्यवाद दिएर कृतज्ञता व्यक्त गर्नु नै पर्ने हुन्छ । वैदिक सनतानी हिन्दुधर्म नेपाल राष्ट्र र नेपाली जनताको लागि रक्षाकवच हो । त्यसकै सहारा र राजतंत्रको नेतृत्वमा नेपाल राष्ट्र र नेपाली जनताको अस्तित्व युगौ युग देखि कायम रहेकोछ । त्यसकारण पुरानो दलहरुको पछाडि नेपाली जनता लाग्नु पर्दैन । पुरानो दलहरुको ३६ बर्ष लामो शासनकाल नेपालको इतिहासमा कलो धव्वाको रुपमा मानी त्यसलाई नेपाली जनताले भुल्ने भुलाउने प्रयास गर्नुपर्छ ।सुशासनको निशानामा भ्रष्टाचारीहरु र आर्थिक अपराधीहरु छन । तिनीहरु भनेको पुरानो दलहरु र नाफाखोर दलाल व्यापारीहरु र व्यवसायीहरु नै हुन । सुशासन कडाईको साथ कार्यान्वयन भएमा वा गरिएमा त्यसको प्रत्येक्ष प्रभाव पुरानो दलका शीर्ष नेताहरु र अन्य नेताहरु माथि पर्नेछ ।

साथै कालोबजारी, तस्करी र मनोमानी दरभाउ राखेर सरकारी कर छली गरी कमाउन पल्केका व्यापारीहरु माथि सुशासनको प्रत्येक्ष असर पर्ने भएकाले तत्कालिन राजनीतिक नेतृत्व र व्यापारीहरु र व्यवसायीहरुको नेतृत्व मिलेर नै सुशासन कार्यान्वयन रोक्नको लागिआन्दोलनको धम्की र आर्थिक संकटको चारा फाली रहेकाछन ।बालेन सरकारले पुरानो दलहरु बिरुद्ध कुनै पनि भ्रष्टाचार र आर्थिक अपराधको कार्यबाही चलाउन जरुरी छैन । सुशासनको कार्यान्वयनमा मात्रै जोड लगाएमा पुराना दलहरु स्वतस् समाप्त हुँदै जानेछन किनकि उनीहरुको गुजारा गर्ने आर्थिक स्रोत भनेको भ्रष्टाचार र आर्थिक अपराध नै हुन । त्यो नभएपछि त्यसैको आधारमा चलीरहेको पुरानो दलहरुको जीबनयापन आफै समाप्त हुनेछन जसरी पानी बिना माछाको जीवन समाप्त हुन्छ । ठुला भनिएका व्यापारिक घरानाहरुको जीवनयापन चक्र पनि त्यसरी नै चलीरहेको हुन्छ ।

राजनीतिक नेतृत्व र व्यापारिक नेतृत्वको बिचमा पाकीरहेको खिचडी भनेको भ्रष्टाचार र आर्थिक अपराध नै हो जसलाई सवै भन्दा बढी डर बालेन सरकारको सुशासन कार्यान्वायनबाट नै भईरहेकोछ । नेपालमा व्यापारीहरुले कमाउने भनेको अनुचित नाफा खाने र सरकारी कर छलीबाट नै हो । यस्तो अनुचित कार्य नेपालमा सरकारी अधिकारीहरु र व्यापारीहरुको मिलोमतो हुँदै आएकोछ । त्यसैलाई रोक्नको निमिक्त बालेन सरकारले खासगरी भन्नुपर्दा जेन जीले अघि सारेको पेचिलो सुशासन कार्यान्वयनको मूद्दा हुन । नेपाली जनताले सुशासनको कार्यान्वयनको लागि बालेन सरकारको भरोषा गरेकोछ तर बिचबिचमा भईपरी आउने गरेको राष्ट्रिय संकटहरु र पुराना दलका शीर्ष नेताहरुको चुनौतीहरुको कारण अन्योलता र अनिस्चितता बढीरहेको जस्तो महसुस हुन्छ तैपनि बालेन सरकारले दिएको भरोषाले नेपाली जनताको आत्मबल टुटेको छैन । पुरानो दलहरुले नेपाली समाजमा फैलाएको बिषको काट बालेन सरकारले आफ्नो ५ बर्षे कार्यकाल भित्र नै निकालेर सुशासन कार्यान्वयनलाई पूर्णता दिनेछन । भ्रष्टाचार र आर्थिक अपराधको एण्टिडट भनेको सुशासन नै हो त्यसैले नेपाली समाजका सबैले सुशासनको खोप ग्रहण गरी आफैलाई सुरक्षित बनाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *