काठमाडौं । पैसा नै सबैथोक ठान्ने दरिद्र सोच र लोभीपापी चरित्र दलीय संस्कृति बन्न पुगेको छ । पुरानाले बिगारे, हामी सपार्छौं भन्ने रास्वपाको खरानेटोलीलाई जेनजी दिवसकै दिन एकास्सी मेरो आँखा गयो सिंहदरबार संसद् भवन तिम्रै डिजाइनमा पोलियो,ं दिन्छु भनेको पैसा दिएको छैन मेरो उपचार त गर्नुप¥यो नि भनेकै सुनियो । टीओवी समूहले जेनजी आन्दोलन हाइज्याक गरेजस्तै कांग्रेसमा विशेष महाधिवेशनको नाउँमा पार्टी हाइज्याक गरेका गगन थापाले घरजग्गा दलाल तारामान गुरुङ्गलाई पार्टी अनुशासन समितिको संयोजक बनाएर गौरव गरेका छन् ।
उसो त रातो पासपोर्ट काण्डका नायक धनराज गुरुङलाई आदर्शवादी कांग्रेस नेता डा. शेखर कोइरालाको टीमबाट पार्टी उपसभापति बनाइएकै हो । एमालेलाई एकल्याएर २०७९ को चुनावमा माओवादी, नेकपा, समाजवादी र कांग्रेसको गठबन्धनमा स्याङ्जा २ बाट सांसद जिताएका धनराज गुरुङले मितेरी सहकार ठगेको रहस्यपछि उदाङ भइकै हो । कम्युनिस्टका नाउका चोरमाथि चकारहरु नेताकै कृपाले पद पाएकै छन् ।
विपक्षले भन्दैछन्, महिला कार्यकर्तामाथि यौन शोषण गर्नु एमालेका लागि सामान्य हो । बालिका खड्का, शोभा पाठक, रस्मीला धामी र मुना खत्रीहरु शक्तिशाली नेताको शक्तिमा चम्के पनि मुगु जिल्लाको सुकुम्वासी आयोगका अध्यक्ष कर्ण मल्ललाई मुना खत्रीले जेल पठाउँदा माइतीघरमा अनसन बस्नुप¥यो । प्रहरीले मल्ललाई मुगुबाट प्रक्राउ गरेर ल्यायो । प्रयास त शोभा पाठकको पनि चर्को हो । पुरानो चलाखीले हच्किएकी हुन् ।
कांग्रेस अनुशासन समितिका तारामान गुरुङले घर मिलाई दिने भन्दै दलालीको काम गर्दा रु. १० लाख ५० हजार झ्याम पार्दा आठ दिन प्रहरी हिरासतमा बिताएका थिए । कांग्रेस सभापति गगन कुमार थापाको प्रधानमन्त्री बालेन शाहसँगको सम्बन्धले गुरुङ छुटे । ७१ लाख ५० हजारमा काण्ड झिसमिस भएको छ । यी गुरुङ कुनै बेलाका मन्त्री पनि थिए । प्रहरी लगाएर थुनाएका तीनजना पैसा डुबेर पूपुरोमा हात लगाउन वाध्य भएका छन् ।
उता, एमाले कार्यकर्ता ध्वजमान मोक्तानले सर्लाहीका टीका कडरियाको मृत्यु भएको नक्कली कागजात बनाएर २ कठ्ठा जग्गा कालिका उपे्रतीलाई बेचेको काण्ड अभियान्ता दुर्गा प्रसाईँसम्म पुगेपछि उनै प्रसाईँले गृहमन्त्री गुहारेका छन् । कडरियालाई उप्रेतीले ज्यान लिने धम्की दिँदै जग्गा कब्जा गर्न खोजेपछि रहस्य खुलेको हो ।

