ई. अनन्तबहादुर गुरुङ
राष्ट्रिय स्वतंत्र पार्टीको सरकार अर्थात बालेन सरकारलाई पुरानो दलका शीर्ष नेताहरु र अन्य नेताहरुले सर्वसत्तावादी तानाशाही भएको आरोप लगाईरहेकाछन । बालेन सरकार भने नेपाली जनताको सुशासनको मागलाई पुरा गर्न दिलोज्यानले लागीपरेको देखिन्छ । पुरानो दलहरुले बनाएका सरकारहरुलाई अहिले सम्म दलाल बिचौलियाहरुले नै चलाई राखेको कुरा बोचौलिया ईमन सापकोटा पक्राउ परेपछि खुल्दै गईरहेकोछ । जताततै सेटिङमा सरकारी निर्णयहरु हुने गरेको भेद् खुलेको छ । साथै सर्बोच्च अदालतको फैसलहरु समेत पनि सेटिङमा नै हुने गरेको कुरा अहिले ऐनामा हेरेको जस्तै छर्लङ्ग भईसकेकोछ । अनेक हतकण्डा रच्दा र गर्दा पनि बालेन सरकारको भुत्ला सम्म पनि झार्न नसकेपछि पुराना दलका शीर्ष नेताहरुले सेटिङमा सर्बोच्च अदालतबाटै फैसला गराएर बालेन सरकालाई ढाल्ने योजना अगाडि बढाएका थिए ।
यो कामको लागि सर्बोच्चका पूर्व प्रधानन्यायाधिश चोलेन्द्र स्वयम नै बिचौलिय भएका थिए भने उहाँलाई सोकार्य पुरा गर्नको लागि बैकअप बिचौलिया ईमन सापकोटाले गरी राखेको थियो । घत लाग्दो कुरा के छ भने जनआन्दोलन ताका ईमन सापकोटाको जन्म नै भएको थिएन । पुराना दलहरुले सत्तामा हालीमुहाली गर्न थालेको लगभग ५ बर्ष पछाडि ईमन सापकोटाको जन्म भएको हो । अहिले ईमन सापकोटाको उमेर ३० बर्षको छ । जेन जी उमेरका ईमन सापकोटाले किन पुच्छरले कुकुरलाई नै घुमाएको झै पुरानो दलका शीर्ष नेताहरु, सर्बोच्चका वर्तमान र पूर्व प्रधानन्यायाधिशहरु लगायत अन्य श्रीमानहरु, नेपाल प्रहरीका टाउकेहरु, सशस्त्र प्रहरीका टाउकेहरु, नेपाल सरकारको वर्तमान र पूर्व सचिवहरु, अड्डा अदालत, प्रहरी प्रशासन, निजामती प्रशासन, व्यापारीहरु र व्यवसायीहरु सबैलाई रिङ्गाई राखेकाछन । यसको मूलकारण ईमन सापकोटाको राष्ट्रिय र अन्तर्राष्ट्रय कनेक्सनले गर्दा नै हो ।
नेपाल भित्र छिरेर सबै सित भेटघाट गरी लेनदेनको समन्वय गर्ने र सेवा प्राप्त भए वापत पारिश्रमिक बिदेशी मुद्रामा बिदेशमा नै भुक्तानी गर्ने व्यवस्था मिलाउनमा ईनम सापकोटा सित सबै साधन स्रोतहरु उपलव्ध छन । यसरी भुक्तानी पाउँदा नेपालमा मनी लाउण्डरिङको झमेला पनि व्यहोर्नु नपर्ने भएको हुँदा दलाल बिचौलिया र सेटिङ पक्षधरहरु कसैलाई पनि कानुनी झमेला नहुने भएको हुँदा ईमन सापकोटा माथि सबैले भरोषा गर्दै आएका हुन । बिदेशमा अध्यन वा कामको लागि गएका आफ्नै सन्तानहरु वा नातेदारहरुको सहयोगमा भुक्तानीको व्यवस्थापन मिलाउने जिम्मा ईमान सापकोटाले नै लिएका थिए । यहाँ दिलचस्पी कुरा के छ भने सर्बोच्च अदालतको प्रोडक्ट वा उत्पादन भनेको फैसलाहरु नै हुन ।
सोही फैसलाहरुको किन बेच गर्ने गराउने व्यवस्थापन ईमान सापकोटा जस्ता दलाल बिचौलियाबाट हुँदै आएको छ । बालेन सरकारलाई ढाल्नको निमिक्त सर्बोच्चबाट परमादेश फैसला गराउने जिम्म पूर्व प्रन्या चोलेन्द्रले लिएका थिए भने त्यसको लागि लेनदेनको व्यवस्थापन गर्ने जिम्मा ईमन सापकोटाको थियो । बिदेश भागेको पूर्व प्रमं देउवालाई समेत नेपाल फर्काएर सर्बोचबाटै फैसला परमादेश जारी गरी नेपाली काँग्रेसको अध्यक्ष पुनः बनाउने र पुरानो तीन दलको शासन सत्तालाई पहिले कै अवस्थामा पुर्याउने सहमती भएको थियो ।
प्रधानमंत्री बालेन शाह संयुक्त राष्ट्र संघको साधारण सभामा गएका बखत बालेन सरकारलाई ढाल्ने सहमती कार्यान्वयन गर्ने भनिएकोमा त्यसो गर्ने परिस्थिति अनुकूल नबने पछि स्थगित गरिएको थियो । प्रमं बालेनले यो सबै षडयंत्रको जानकारी पाउने बित्तिकै पूर्व प्रन्या चोलेन्द्रलाई पक्राउ गर्ने देखि लिएर उहाँलाई सहयोग गर्नेहरुको खोजतलासी जोडतोडले सुरु भयो । फलस्वरुप सशस्त्र प्रहरीको एआईजी देखि लिएर दलाल बिचौलिय ईमन सापकोटा समेत भाग्न खोज्दा खोज्दै पक्राउ परी जेल चलान भएकाछन । सशस्त्र प्रहरीका एआईजी दाहाल निलम्वनमा हुँदाहुँदै नै अवकासमा परेकाछन । बिदेश भाग्नलाई त्रिभुवन ईन्टरनेश्नल विमानस्थल पुगेका दलाल बिचौलिया ईमन सापकोटालाई अध्यागमन भित्रैबाट पक्राउ गरी प्रहरी नियंत्रणमा लिईएको थियो । ईमन सापकोटा भाग्न सफल भएको भए आज जेजति कुराहरु प्रकाशमा आएकाछन सबैको जानकारी नेपाल सरकारले पाउन सक्ने थिएन । सहकारी ठग जिबी राई जस्तै ईमन सापकोटा पनि भूमिगत भएर लामोकाल गायब बस्ने संभावना थियो । अहिले ईमन सापकोटा पक्राउ परेको हुनाले सबै सूचना जानकारीहरु एकपछि अर्को गरी बालेन सरकारले प्राप्त गर्ने सफलता पाएकोछ । जानकारी अनुसार सर्बोच्चबाट हुने सबै महत्वपूर्ण फैसलाहरुको किन बेच सुरुमा हुने गर्दै आएको थियो ।
दलाल बिचौलियाहरुले त्यसलाई आफनो धन्दा बनाएको कुरा अहिले प्रकाशित भएकाछन । व्यापारीहरु र व्यवसायीहरु मुछिएकको मुद्दाहरुको फैसला आफ्नो पक्षमा गर्न गराउनको लागि व्यापारीहरु र व्यवसायीहरुले ईमन सापकोटा जस्ता दलाल बिचौलियाको नै सहायता लिने गरेको पाईएकोछ । ईमन सापकोटाले नै जेलमा परेका बिचौलिय दीपक भट्टलाई जेल मूक्त गर्नको निमिक्त पूर्व प्रन्या चोलेन्द्रलाई सर्बोच्चमा सेटिङ मिलाउनको लागि परिचालन गरेका थिए । दीपक भट्ट संगै जेल परेका दुई व्यापारी व्यवसायीलाई धरौटीमा रिहा गर्न गराउनको लागि ईमन सापकोटा सफल भएको पनि देखिएकोछ । सरकारी कर भ्याट छली र ललितानिवास बालुवाटारको सरकारी जग्गा अपचलन काण्डमा परेका व्यापारी व्यवसायी मीन बहादुर गुरुङ्गलाई सर्बोच्च अदालतबाट मुद्दा जिताउने वा तल्लो अदालतहरुबाट तोकिएको जरिवाना र जेल सजायलाई कम गर्ने सम्मको सेटिङ पनि ईमान सापकोटाले मिलाई सकेको कुरा सरकारी वकिल सामु आफुले दिएको बयानमा खुलाएकाछन । ईमन सापकोटा यस्तो कम उमेरको भएर पनि सर्बौच्चका लोभी श्रीमानहरुलाई कमिसनको लोभमा पारी सर्बोच्चको फैसला किन बेच गर्ने सम्मको धन्दालाई निरन्तर चलाउँदै आएका थिए । सुशासन कार्यान्वयनको अभियानमा गम्भिर भएर लागेका प्रधानमंत्री बालेनले यस्ता धेरै दलाल बिचौलियाहरुको पोल खोली सक्नु भएकोछ ।
पुरानो दलहरुले दलाल बिचौलिया नाफाखोर तस्करहरुलाई पुँजीवादी अर्थतंत्रको अभिन्न अंग मानेको भएपनि बालेन सरकारले भने त्यसलाई राष्ट्रघाती जमात मानेर सजायको भागीदार बनाउने जोडदार प्रयास थालेकाछन । बालेन सरकारलाई दशै अगाडि वा दशै सम्म ढाली सक्ने उद्घोष गर्दै बसेका पुरानो दलका शीर्ष नेताहरु अहिले प्रधानमंत्री बालेनको चतुर्याई देखेपछि जिल खाएकाछन । पुराना दलका शीर्ष नेताहरुको सिटीबिटी गुम भएको हुँदा अब आन्दोलबाटै बालेन सरकारलाई ढाल्ने भन्दै कोठे तयारीमा लागेकाछन । नेपाली जनता भने प्रधानमंत्री बालेनको पराक्रम देखि छक्क पर्दै सेटिङवाजहरुको कुण्डली छानबिन गर्न तिर व्यस्त भएकाछन । पुरानो दलका सरकारहरुले बिकासको लक्ष समृद्ध नेपाल र सुखी नेपाली भन्ने नारा राम्रो दिएको थियो । तर त्यो हात्तीको देखाउने दाँत जस्तो मात्रै थियो किनकि उहाँहरुले कहिले पनि योजना बनाएर नै उक्त बिकास लक्ष सम्म पुग्ने गम्भिर प्रयास कहिले गरेनन् ।
हचुवाको भुँईफुटुवा वा दाताहरुले नमुनाको रुपमा बनाई दिने पूर्वाधारलाई नै आफुले गरेको बिकास बन्दै देखाउने प्रयास उहाँहरु सबैले गर्दै आएका थिए । निर्जन हिमाल पाहाडको टाकुरामा कंक्रिटको टावरहरु बनाएर त्यसलाई नै बिकास भन्दै तत्कालिन प्रधानमंत्री ओलीले संसारलाई हँसाएको समय धेरे बितेको छैन । अझ पनि त्यहि नै बिकास हो र त्यसैबाट नेपाल राष्ट्रलाई समृद्ध र नेपाली जनतालाई सुखी बनाउन सकिन्छ भन्न उहाँहरुले छाडेका छैनन् । राष्ट्रिय स्वतंत्र पार्टीको सरकार अर्थात बालेन सरकार त्यस्तो हचुवाका बिकासमा लगानी गरी नेपाल राष्ट्र र नेपाली जनतालाई ऋणमा डुबाउन वा महंगी बढाउन आएको सरकार होइन । नेपालमा सुशासन कायम गर्नको लागि जेन जी आन्दोलनबाट बनेको राष्ट्रिय स्वतंत्र पार्टीको सरकार भएकाले यसको प्राथमिक लक्ष बनेको सुशासन कायम गर्नु नै हो । त्यसो गरी सकिए पछि मात्रै बालेन सरकारले समृद्ध नेपाल र सुखी नेपालीको बिकास लक्ष पुरा गर्नको लागि योजना बनाएर नै अगाडि बढ्नेछ । अहिले पुरानो दलहरुबाट बिरासतमा प्राप्त भ्रष्टाचार र आर्थिक अपराधको माहोललाई चिरचार गरीसके पछि मात्रै बालेन सरकार योजनाबद्ध बिकास बनाएर नै नेपाल राष्ट्रलाई अल्पबिकसित मुलुकबाट बिकासशील मुलुक बनाउनको लागि गम्भिर प्रयास सुरु गर्नेछ ।
अहिलेको अवस्था भनेको पानी छिर्ने प्वाल परेको पानीजहाज चलाएको जस्तो नेपाल राष्ट्रको छ । यसलाई टालटुल मर्मत सम्हार नगरी अगाडि बढ्ने कोसिस गरिएमा पानीजहाज रुपी नेपाल पानी पसेर नै स्वतः डुव्ने छ । यसरी गम्भिर रुपले सुशासन कायम गरी योजनाबद्ध बिकास गर्न तयारी गर्दै गरेको बालेन सरकारलाई पुरानो दलहरुले चारैतिरबाट आक्रमण थालेकाछन । बालेन सरकारको सुशासनको प्रयासलाई सर्व सत्तावादी तानाशाही भन्दैछन । आफ्ना नियंत्रणमा भएको पत्रकारहरुलाई उचालेर बालेन सरकारको सुशासनको मार्गमा बिशाल अवरोध खडा गर्ने षडयंत्रहरु भईरहेकाछन । बालेन सरकारलाई घेराबन्दीमा पारी चौतर्फी मोर्चा खोल्न बाध्य पारिएको देखिन्छ ।
नेपाली जनताको बिशाल साथ सहयोग पाएको बालेन सरकार पिठ देखाएर भाग्नेवालामा पर्दैन त्यसैले युद्धको मैदानमा आफ्नो प्रतिरक्षाको लागि हतियार उठाउन बाध्य भएकोछ । सुशासनको लक्ष भनेको पुराना दलका शीर्ष नेताहरुले बिभिन्न समयमा राज्य सत्ता र शक्तिको दुरुपयोग गरी गरेका भ्रष्टाचार र आर्थिक अपराधको लागि जबाफदेही बनाउनु नै हो । सोही लक्ष पुरा गर्नको लागि बालेन सरकार तदारुकताको साथ अगाडि बढीरहेको हुँदा पुराना दलका शीर्ष नेताहरु त्रसित भएर बालेन सरकारलाई तानाशाही र सर्वसत्तावादी भन्दैछन जुन कुरा आरोप मात्रै हो र सत्य होइन । ३६ बर्ष सम्म सत्तामा अनेक प्रकारले टाँसिएर बसेका पुराना दलहरु नै सर्वसत्तावादी र तानाशाही हुन । उहाँहरुले कहिले पनि नाम अनुसारको काम वा योजना अनुसारको काम गरेको भेटिएको वा देखीएको छैन । अर्काको आङमा जुम्रा हिडेको देख्ने पुरानो दलहरुले आफ्नो आङमा भैंसी हिडेको सम्म पनि देख्न सकीरहेको छैन । आफैलाई लोकतांत्रिक र गणतंत्रवादी भन्ने तर सोअनुसार आचरण नगर्ने पुरानो दलका शीर्ष नेताहरुलाई नेपाली जनताले राम्रै सित चिनीसकेकाछन ।
राजतंत्रलाई फाल्दा र धर्मनिरपेक्षतालाई थोपर्दा तिमीहरुले कुन लोकतांत्रिक अभ्यास गरेका थियौ र अहिले आफैलाई लोकतंत्रवादी भन्दै छौ ? पुरानो दलका शीर्ष नेताहरुको सर्वसत्तावादी र तानाशाही सोचको प्रतिउत्तर नेपाली जनताले रास्वपा दाललाई लगभग दुईतिहाई बहुमत दिएर जबाफ दिने काम गरीसकेकाछन । अब थप त्यस्तै हर्कत गर्दैरहेमा नेपाली जनताले आउँदो स्थानिय तहको चुनावमा पनि पुरानो दलहरुको बिजोग बनाउन सक्छन । पुरानो दलहरुले आफैलाई सच्याउने प्रयास गर्दा राम्रो हुन्छ । रास्वपाको सरकारलाई तथानाम गलीगलोच गरी बसेमा उहाँहरुको कल्याण हुने देखिन्न बरु बालेन सरकारले झै चुपचाप आफ्नो काममा मात्रै ध्यान दिएर अगाडि बढेमा सबैको कल्याण हुन्छ ।

