स्थानीय तहमा जनप्रतिनिधि र उपभोक्ताको रजाईँ
काठमाडौं । स्थानीय तह जनप्रतिनिधिको कमाउधन्दासँगै राजनीतिक कार्यकर्ता थन्क्याउने थलो बनिरहेको छ । स्थानीय तहमा राजनीतिक दलका कार्यकार्यको उपभोक्ता समिति खडा गरेर विकास निर्माणको ठेक्का पट्टाको काम तिनै उपभोक्ता समितिमार्फत गरिन्छ । त्यसले गर्दा स्थान...

