बुबाको भाग घुस लिन जाने वडा सदस्यको छोरा अख्तियारको फन्दामा

प्रमुख प्रशासन मधेस प्रदेश स्थानीय तह

विकास निर्माणको काममा बुवाले मागेको कमिसन रकम लिन आएका वडा सदस्यका छोरा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ८ का वडा सदस्य कारी साहका छोरा मुकेश साह रहेका छन् । जनप्रतिनिधिका छोरालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग वर्दिवासको टोलीले जनकपुरधाममा घुससहित रङ्गेहात पक्राउ गरेको छ ।

सो वडाका वडा सदस्य कारी साहले आफ्नो छोरामार्फत डेढ लाख भन्दा बढी रकम उपभोक्ता समितिमार्फत कुम्ल्याउन खोजेपछी अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले रङ्गेहात उनलाई नियन्त्रणमा लिएको हो ।

अख्तियारको टोलीले भंगहा नपा वडा नम्बर ८ मा भैरहेको पिसिसी सडक ढलानको लागि छुट्याइएको करिब २० लाख रुपैयाँमध्ये वडा सदस्य साहका छोरा मुकेशले १ लाख ६० हजार रुपैया हिनामिना गरेको पाइएपछि सो रकमसहित उनलाई नियनत्रणमा लिइएको हो ।

जनकपुरको पिडारी चोकस्थित राष्ट्रिय वाणिज्य बैंकको गेटबाटै मुकेशलाई नियन्त्रणमा लिइएको हो। सो रकम वाडध्यक्ष रफिक आलम र वडा सदस्य कारी साहले आन्तरिक सहमति गरी मुकेशलाई लिन पठाएको बुझिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *