नाथमले शैक्षिक र व्यवसायको सम्बन्धबारे छलफल

Uncategorized पर्यटन

 

नेपाल टुरिज्म तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले शैक्षिक तथा व्यावसायबीचको अन्तर्सम्बन्धबारे छलफल गरेको छ । प्रतिष्ठानले उत्पादन गरेको जनशक्ति कहाँ गए ? उनीहरु अहिले कहाँ कहाँ रोजगारमा आबद्ध छन् ? भन्ने कुराका बारेमा छलफल भएको थियो । सो कार्यक्रममा प्रतिष्ठानले पु¥याएको योगदान र यसले अवलम्बन गरेका कामहरुका बारेमा कार्यक्रममा छलफल भयो ।
कार्यक्रममा प्रतिष्ठानका निर्देशक डा.दुर्गादत्त पन्तले आगन्तुकलाई स्वागत गरेका थिए । कार्यक्रममा उनले नाथमले पु¥याएको योगदानका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा सूर्यकिरण श्रेष्ठले नेपालमा स्वागत सत्कार शिक्षाको बारेमा बोलेका थिए । कार्यक्रमको लक्ष्य र यसले पु¥याउने योगदानका बारेमा नाटाका अध्यक्ष अच्यूत गुरागाइँले विस्तृत रुपमा बोलेका थिए । त्यस्तै, त्यस्तै शिक्षा र प्रतिष्ठानबीचको सम्बन्धका बारेमा प्रा.डा.रामेश्वर राज कुँवरले बताएका थिए । त्यस्तै होटल एसोसियसनका अध्यक्ष सिर्जना राणाले नाथमले पु¥याएको योगदा र यसको महत्वका बारेमा स्पष्ट रुपमा बोलेका थिए ।
त्यस्तै, कार्यक्रममा त्रिवि व्यवस्थापन संकायका विभागीय प्रमुख प्रा.डा.रामजी गौतमले पनि शैक्षिक अवस्था र नेपालमा यस्तो आवश्यकताका बारेमा बोले । त्यस्तै, टानका अध्यक्ष खुमबहादुर सुवेदीले पनि नाथमका बारेमा चर्चा गरेका थिए भने संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले पनि नाथम र यसको महत्वका बारेमा बोलेका थिए ।
कार्यक्रममा नाथमका अजयकुमार ढकालले पनि कार्यक्रमको छलफलमा भाग लिएका थिए । अन्त्यमा नाथमका प्रिन्सिपल रामकैलाश बिचाले उपस्थित सबैलाई मायाको चिनो प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *