युट्युबमा हेर्न लायक नेपाली चलचित्र प्रेमपिण्ड (भिडियोसहित)

मनोरञ्जन

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण धेरै जसो देशहरुले संक्रमणबाट बच्न आफ्नो देशमा लकडाउन गरेका छन् ।

विश्वको आधा भन्दा बढि जनसंख्या कोरोना भाइरस र लकडाउनका कारण घरमा बसिरहेका छन् । जसमा नेपाल पनि अछुतो छैन । कार्यालयदेखि स्कुल कलेज सबै बन्द छन् । यस्तो अवस्थामा हप्तौंदेखि नेपालीहरु पनि आफ्नो घरमा बसिरहेका छन् । उनीहरु इन्टरनेटमा बढि समय बिताइरहेका छन् । इन्टरनेटमा पनि अझ बढि युट्युबमा फिल्म हेरेर समय बिताइरहेका छन् । आजको हाम्रो रिपोर्टिङ युट्युबमा हेर्न लायक प्रेमपिण्ड रहेको छ ।

ऐतिहासिक घटनामा आधारित चलचित्र प्रेमपिण्ड बि.सं. २०५२ सालमा बनेको थियो । करिब १ सय वर्ष पुरानो घटना जुनबेला नेपालमा राणाहरुको दबदबा र शासन थियो । त्यसै बेलाको एक जर्नेलको दरबारको कथामा आधारित यस चलचित्र यादव खरेलको निर्देशनमा बनेको हो ।

चलचित्रमा निर शाह, सरोज खनाल, सनी रौनियार, सुशिला रायमाझी, मेलिना मानन्धर, हरिहर शर्मा साथै अन्य दर्जनौ कलाकारहरुको अभिनय देख्न सकिन्छ । नेपाली दर्शकले अत्याधिक रुचाएको यस चलचित्रका रिमेक पनि बनाइएको छ । चलचित्रमा भारतीय गायिका आशा भोस्लेको स्वरले सजिएको काल झै गीतहरु गैरीखेतको शिरै हान्यो, बर्खा यामको करौटीले, चैत मास खडेरीमा डढेलोले वनै खायो, के भनु म कसो गरीपरी मोहनीको माया जालैमा अझै पनि चर्चित छन् । यो चलचित्र पनि युट्युबमा हेर्न लायक चलचित्र मध्ये एक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *