महालक्ष्मी विकास बैंकद्वारा कर्मचारीको कोरोना बिमा

अर्थ/वाणिज्य प्रमुख प्रशासन राेजगार वाग्मती प्रदेश

काठमाडौं । महालक्ष्मी विकास बैंकले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट कर्मचारीहरुको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै सम्पूर्ण कर्मचारीको कोभिड–१९ बिमा गरेको छ । यस प्रतिकूल समयमा कार्यरत कर्मचारीहरुको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण कर्मचारीको कोभिड–१९ बिमा गरेको छ । बैंकले कोभिड–१९ बाट भविष्यमा आइपर्न सक्ने समस्याबाट बच्न उच्च सतर्कता अपनाउँदै १ वर्षको लागि प्रत्येक कर्मचारीको कोभिड–१९ बिमा गरेको हो ।
देश पूर्णतया लकडाउनमा रहेको अवस्थामा पनि ग्राहकवर्गको बैंकिङ आवश्यकता परिपूर्ति गर्नका लागि महालक्ष्मी विकास बैंकले आफ्ना शाखाहरु सञ्चालनमा ल्याउँदै बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *