चिनीमा माफिया जाग्दै

समाचार

काठमाडौं । जब चाडबाड आउँछ, अनि त्यो बेला सरकार बेपत्ता हुन्छ । खाद्यान्न माफियाले सीमा तस्कारी बढाउँछन् । व्यापार जहाँ जे चम्कन्छ त्यहाँ कालोबजारी मौलाउँन कालोबजारको नियन्त्रण गर्ने आँट सरकारले गर्दैन । जसले अपराध गर्छ राजस्व छल्छ, त्यही वा फर्मलाई सरकारले पुरस्कार दिन्छ । भ्रष्टाचार गर्दा कारबाही हुने डर कर्मचारीलाई छैन । व्यापारी, उद्योगपतिले विद्युत्को महशुल तिर्दैनन । सरकारलाई उनीहरुले प्रयोग गरेर विद्युत् लाइन काट्न सक्दैन । सरकार र प्रतिपक्षलाई चुनावमा दिएको चन्दा उठाउने मौका भनेको चाडबाडको बेला हो । यसपटक चिनी उद्योगहरुले किसानलाई पनि रुवाए । तत्कालिन प्रम केपी ओलीको हातबाट अविर लगाएर खादा भिरेकाहरुले एमालेको सदस्य लिए । चन्दा दिनेले गरेको अपराधमा सरकार मूकदर्शक भयो ।
आपूर्ति मन्त्री छैनन् । सचिवका कुरा प्रधानमन्त्रीलाई सुन्ने फुर्सद छैन । प्रम पत्नी डा.आरजु राणा १७ वटा मन्त्रालयका प्रोजेक्ट नयाँ आयोजनको प्रमुख बनाउन खोज्दै छिन् । नेपाललाई दश महिना पुग्ने चिनी उत्पादन हुन्छ । किसानलाई उखुको पैसा नतिर्ने व्यापारी साहुजीहरु कांग्रेसको टिकट लिन हतारिँदै छन् । मोती दुगड नाउँको राजस्व मारालाई नेकपाका प्रधानमन्त्रीले अपराध माफिया गराएका थिए । दुगड, गोल्छा, खेतान, केडिया, अग्रवाल थर भएका बिचौलियाहरुलाई आफैँ धनी हुने राजस्व डुबाउने प्रतिस्पर्धाले समय गुमाउँदै छ । जब चाडबाड आउँछ तब बजारबाट चिनी हराउनु भनेको राजस्व निक्रिय छ । त्यो राज्य जनप्रिय छैन भन्नु हो । सरकारमा कांग्रेस हुँदा कालो बजार नियन्त्रण भएको रेकर्ड थिएन । एमालेका केपी ओलीले बनाएको संरचनाबाट देउवा सरकार मुक्ति हुन चाहेकै छ्रैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *